Skip to main content

Posts

Showing posts from 2015

स्वर्गदुतहरु रमाहटले एकसाथ गाएको रात !

धन्य होस् त्यो रात ! एउटा बालकको जन्म भयो भनी भनिएको रात ! गाईको गोठमा–  एउटा बालक प्रथम आवाजमा रोएको रात ! इश्वरले मानिसको चोला लिएर धर्तीमा पाइला टेकेको रात ! परमेश्वरसँग एउटा सपना थियो, तर सपना टुटेको थियो– अदनको बगैँचामा । त्यसैले, उनी जन्मिनैपथ्र्यो, त्यो टुक्रिएको सपनालाई जोड्न । आफ्नो हातको उत्तम सीपलाई– परमेश्वर यत्तिकै नष्ट हुन किन दिनुहुन्थ्यो र !

येशूले बोलाएको आवाजलाई सुनिदेऊ...

(गीत) हो....हो....हो.................. येशूले बोलाएको आवाजलाई सुनिदेऊ येशूमा मुक्ति छ है येशूमा जीवन छ है बाटो हुन् है स्वर्ग जानलाई । क्षणभरको लागि होइन अनन्तलाई बनाउनु’भो, हामीलाइै नै मुक्ति दिन येशू क्रुसमा चढ्नुभयो ।

गार्जाबारी

(कविता) काकुक् आली तातुम् । मस्याङ्ग न्वा चार्जाङ्ग पुम्सुर द्वाल्ल्वाम आली साकाब्राका दुम्मे । इम्बोलौ क्लेतालो मुकुम प्वाचो उपो चिफ्र्वाक पातुम् । इल्वाङ्ग धावा–धावा पुसिमाक आली चिर्सुम् । भानाल आम्नाल कोउलो कुरिमबारिम् जोसिम् रै । खेतल्वा काकुख्वाई द्वाक्तुम्, उपो या, क्राम्पाचे अम्बक क्र्याक्सै गाठ्ठो ल्अिम्मे ।

‘आइएनजीओ’का हाकिम सा’पको रोमाञ्चक फिल्ड भिजिट

एकजना आईएनजीओका ठूलै कर्मचारी (हाकिम) फिल्ड भिजिट गर्न गाऊँतिर गए । कच्ची बाटो भए पनि धान पाकेर पहेँलपुर खेतको बीचबाट भएर जाँदा उनलाई निकै रमाइलो अनुभूति भयो । मन–मनमा बोल्योः ‘खासमा बस्नुपर्ने त गाऊँतिरै हो । स्वच्छ हावा, अर्गानिक सब्जीहरु, शान्त वातावरण.... वाह !’ लामो सास फे¥यो । ‘वास्तवमा म कस्तो परिबन्धमा छु । विकट गाऊँको लागि आएको पैसाबाट पाएको तलबले नै घरमा चुलो बल्छ । ग्रामिण विकासकै लागि भनेर विकासे कार्यक्रममा हिँड्न थालेको १० वर्ष भइसक्यो । म आफैँ चाँहि सहरमा बस्छु । चिया खान जान पनि अफिसकै पजेरोमा...। कहिलेकाँही त ग्लानी भएर आउँछ’ उसले अझै मनमा कुराहरु गुन्दै गयो । ‘तर म मात्रै हो र ! यस्ता एनजिओ–आईएनजीओमा काम गर्ने कति हुन्छन् कति ? प्रोजेक्ट सकेपछि फेरि आफू कहाँ पुगिने कुनै ठेगान छैन, आफ्नै भविष्य अनिश्चित । आखिर पेन्सन पाक्ने होइन क्या रे ! सकिन्जेल राम्रो गर्ने न हो’ उसले मन बुझायो ।

‘बुवाको प्रेम के हो ? कस्तो हुन्छ ? मैले महशुस गर्न पाइँन ।’

(एक प्रेरणादायी जीवन गवाही) केही दिन अघि सियोन मेथोडिष्ट चर्च धरानको वार्षिक युवा सम्मेलनमा सहभागी हुने मौका पाएको थिएँ । जहाँ मैले सुनेको वक्ताज्युकोे गवाहीको सार संक्षेप यस्तो छः हाम्रो परिवार हेटौँडाबाट काठमाडौँ बसाइँ सरेको थियो । बुवाको जागिर राम्रै थियो । सबै हाँसी–खुशी बाँचिरहेका थियौँ । म कक्षा ३ मा पढ्दाको कुरा हो; एक दिन बिहानै कसैले ढोका ढकढकायो । बुवा हप्ता दिनदेखि घर फर्कनुभएको थिएन । हामीलाई थाहै थिएन उहाँले कान्छी आमा ल्याइसक्नुभएको रहेछ । कान्छी आमा र उहाँ मिलेर हामी बसेको घर जग्गा र घरका सम्पूर्ण सामानहरु बेचिसक्नुभएको रहेछ । ढोका खोल्दा थुप्रै मान्छेहरु बाहिर जम्मा भइसकेका रहेछन्; उनीहरुले हामीलाई घरबाट निकालिदिए । हामीमाथि कल्पना नै नगरिएको बज्रपात प¥यो । म, आमा अनि एक भाई र बहिनीलाई लिएर बाहिर निस्कियौँ । हामीसँग सानो लुगाको पोको बाहेक साथमा केही पनि थिएन । पछि कान्छी आमा आफ्नो माइतीघर फर्कनुभयो र बुवा पनि उतै; बुवाले हामीलाई खोज्ने झन्झट कहिल्यै गर्नुभएन । बुवा हुनुको जिम्मेवारी उहाँलाई कहिल्यै महशुस भएन ।

फेसबुकमा अटोमेटिक प्ले हुने भिडियोलाई कसरी रोक्ने ?

फेसबुकमा अटोमेटिक भिडियो प्ले हुनुको आफ्नै फाइदा र बेफाइदाहरु छन् । बेफाइदाहरु तिनै हुन् कि तपाईंले हेर्न नचाहेको भिडियो पनि बफरिङ्ग हुन सुरु भएर इन्टरनेट स्लो हुन जान्छ र धेरै डाटाको अनावश्यक खर्च हुन्छ । यो फिचर अन हुँदा साउन्ड बिना भिडियोहरु चल्न थाल्छन् जसबाट उक्त भिडियोलाई हामी कास्टिङ्गको रुपमा देख्न सक्छौँ ।  यदि यो अटोमेटिक भिडियो प्ले हुने फिचर तपाईंको लागि बाधाको कारण भएको छ भने यहाँ केही स्टेप्सहरु दिइएको छ । जसलाई फ्लो गरेर यो फिचर अफ गर्न र इन्टरनेटको अनावश्यक खर्च घटाउन सक्नुहुन्छ । यो फिचर अफ गरेपछि तपाईले हेर्न चाहेको भिडियोमा क्लिक गरेपछि मात्र बफरिङ्ग सुरु हुन्छ । तरीकाहरु यस्ता छन्ः

हामी भेटी कसरी चढाउछौँ ? प्रशस्तताबाट कि दरिद्रताबाट ?

हामी भेटी कसरी चढाउछौँ ? प्रशस्तताबाट कि दरिद्रताबाट ? धर्मकर्मको लागि, नामको लागि, पूण्य कमाउनको लागि वा भनौँ पापहरणको लागि हाम्रा थुप्रै दाजुभाईहरुले मठ–मन्दिरमा भेटी (पैसा) चढाउनुभएको छ । हुनसक्छ; कुनै–कुनैले त ‘म कति धनी रहेछु’ भन्ने रवाफ देखाउनको लागि पनि लाखौँ भेटी अर्पण गर्नुभएको छ । यो कुरा मण्डलीमा पनि लागु भएको हुनसक्छ । हामी मण्डली निर्माणको लागि, प्रचारकहरुको लागि, असहायमा परेकाहरुको लागि साथै अन्य विभिन्न वहानामा चर्चमा भेटी उठाउछौँ; भेटी दिन्छौँ । यसरी जम्मा   भएको भेटी वा अनुदान पनि भनौँ; धेरै रकम दिनेहरुको सम्मान र हौसला स्वरुप पुरस्कारको व्यवस्था गरिएको हुन्छ । उनीहरुलाई प्रमाण–पत्र दिइन्छ; ताम्रपत्र दिइन्छ; भवन निर्माण भएका ठाऊँहरुको शिलालेखमा उनीहरुको नाम कोपिन्छ ।

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

सुन्दरताको बारेमा केहि कुरा...

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

व्यर्थ बलिदान

कविता: बतास चलिरहेछ हावाको एक झोँक्का कानमा आएर ठोकिन्छ भयभित हुन्छु, त्यो धुनलाई सुनेर बन्दुकको आवाज अनि मानिसहरुको चित्कार ! बतास चलिरहेछ धुँवाले भरिएको छ देश त्यो धुँवामा जलिरहेका झुपडीहरु अनि जलिरहेका मानिसहरुको गन्ध छ ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।

सम्झनामा के.पी. देवकोटा

Rev. KP Devkota, Coordinator: IFES Past: General Secretory of  NBCBS ...कारणवश उक्त शनिबारको दिन म इटहरी शालोम एजी चर्चको आराधना सँगतिमा बस्ने मौका जुरेको थियो । वचनको समय अघि वक्ताको बारेमा पाष्टर मुकुन्द रिजालले केही शब्द भन्नुभयोः ‘आज हाम्रा माझमा के.पी. दाजु आउनुभा’छ; उहाँ ख्रीष्टियान विद्यार्थीहरुका लागि यो उमेरमा पनि नेपालको हिमाल, पहाड, मधेश गर्दैहुनुहुन्छ । आउनुस, उहाँलाई स्वागत गरौँ ।’ पहिलोपटक मैले उहाँलाई त्यहिँ देखेको थिएँ । साँच्चै एनविसिविएसको लागि उहाँले गनुभएको मेहनत र दिनुभएको समयको तारिफ गर्नेहरु आज हाम्रो माझ प्रभुका जनहरु प्रशस्तै छन् । उनै केपी देवकोटा अब हाम्रो माझ हुनुहुन्न; उहाँ प्रभुमा सुत्नुभएको छ ।

भुकम्पका धक्काहरु...

 (एक अनुभव) मैले जीन्दगीमा महशुस गरेका भुकम्पका धक्काहरुको केही सँस्मरण यहाँ लेखेको छु । फुर्सद हुने र रुची हुनेले मात्र पढ्नुहोला । मनको खसखस थाम्न नसकेर मात्र शेयर गर्न खोजेको हुँ । १. पहिलो धक्काः म सानै थिएँ, करिब ११–१२ वर्षको । दिउँसोको समयमा म घरको बुइगलमा उत्तानो परेर खरको छानो हेर्दै टोलाइरहेको थिएँ । अचानक छाना ‘क्र्याच्यक्क’ गर्दै यता–यता उता स¥यो । म तर्सिएँ । यत्तिकैमा मास्तिर घरमा फुपु ‘भुइँचालो आयो है’ भन्दै चिच्याउनुभयो । तर अरु केही भएन । सायद अरु गाउँभरिकै मान्छेले पनि थाहा पाएनन् । कतै रेडियोमा पनि समाचार सुनिएन ।

भुकम्प र हेलिकप्टर

(कविता) भत्केको घरसँगै मन खंग्रिएको छ । यहि घरको चिर्पटमुनि किचिएर प्रियसी छोरीलाई दुध चुसाउँदैछिन् । तीन दिन भयो– भुकम्प आएर गएको । घरि–घरि ढुङ्गाको थुप्रोमाथि उक्लेर प्रियसी र छोरीलाई बोलाउँछु– तर उनीहरु मलाई ‘हजुर बाबा !’ भन्दैनन् । सुखी रै‘छन् उनीहरु........ हाय ! यी श्रापित दिनहरु ! उनीहरुले देख्नै पाएनन् ।

संसारिक सुखको कुहिरोमा हराएको प्रेम

www.merokalam-suman.blogspot.com संसार प्रेमले बाँधिएको छ । सबै मानिसहरु प्रेमको मालामा उनिएका छन् । प्रेमले जीवन बदल्छ । प्रेम एउटा जिउने शक्ति हो; बाँच्ने आधार हो । प्रेमको अवश्य धेरै रुपहरु छन् । इश्वरीय प्रेमले हामी एकअर्कालाई कहिल्यै प्रेम गर्न सक्दैनौँ । तर मानवीयताको नाताले त अवश्य सक्छौँ । तर यसो भन्दै गर्दा विगतमा जुन प्रेमको आदर्श थियो हाम्रो परिवारमा अनि समाजमा; त्यस्तो आजभोली पटक्कै छैन । यहाँ उठाउन खोजिएको एउटा विषय चाँहि प्रेमी–प्रेमिकाबिचको प्रेम र त्यहीँ प्रेम झाँगिदै गएपछि श्रीमान–श्रीमतिबिचको प्रेममा हुने खटपटको विषयमा हो ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–३

कार्तिक–१९, २०६८ (स्थानः दमक, झापा) म प्रायः हप्ताको एकदिन उपवास बस्छु । आज पनि विहानै उठेँ, बाइबल पढेँ, प्रार्थना गरेँ । ‘म अब दमकको बसाई अवधिभर कुन चर्चमा सँगति गर्न जाने’ भनेर प्रार्थना गर्दै आइरहेको थिएँ । पाष्टर रुबेनज्यूको सल्लाहमा म दमकको ज्योति चर्चको खोजीमा बेलैमा निस्केँ । एकजना दिदी (अइसाई)ले बाटो देखाउनुभयो, अनि म बाटो पहिल्याउँदै गएँ । फेरि पर रोडसम्म पुगेपछि एकजना अधबैँसे मान्छेलाई सोधेँ; उसले सिधै चर्च भवन नै देखाइदिए । म उसलाई धन्यवाद दिँदै सिधै चर्चमा गएँ । सेवा सुरु हुन एकघण्टा अगावै पुगेकोले गर्दा के गर्ने, के नगर्ने भनेर द्विविधामा परिरहेको थिएँ ।

वर्ष २०७१ का प्रमुख चार आशिषहरु

१. ‘वल्र्डभिजन इन्टरनेशनल नेपाल’मा इन्टर्नशिपः ‘वल्र्डभिजन इन्टरनेशनल नेपाल’को इन्टर्नशिप कार्यक्रम अन्तर्गत बाल स्पोन्सरशिप अफिसरको छत्रछाँयामा रहि बाल स्पोन्सरशिपको बारेमा एकवर्ष सिक्ने मौका पाएँ । वर्षभरिमा नेपालका विभिन्न ठाऊँका अन्य इन्टर्न साथीहरुसँगको छोटो समयका भेटघाटहरु अत्यन्तै रोमाञ्चक रह्यो । यो अवधिभर थुप्रै मानवीय व्यवहारहरुको बारेमा परिचत हुने मौका पाएँ । अग्रजहरुबाट पाएको माया साथै सहानुभूतिको लागि एकदमै ऋणी छु; उहाँहरुले मलाई सँधै सकरात्मक प्रभाव पार्नुभयो र मेरो जीवनमा केही न केही मूल्य थप्ने प्रयास गर्नुभयो । यो सिकाईको अवधिभर मैले सम्झनुपर्ने तथा धन्यवाद दिनुपर्ने अग्रजहरु थुप्रै हुनुहुन्छ । सबैलाई धेरै–धेरै धन्यवादको साथमा आभार प्रकट गर्न चाहन्छु । केही व्यक्तिहरुलाई यहाँ सम्झन चाहन्छुः

माया पिरतीका कुरा

माया पिरतीको हुरी कम्तिमा एकपटक हरेकको जीवनमा चल्छ । कतिजना टुङ्गोमा पुग्छन् । कतिजना हिँडदै जाँदा दोबाटोमा पुग्छन् । सम्झिल्याउने हो भने; यस्ता कुराहरुमा एकअर्कालाई दोष्याउने ठाऊँ कतै हुँदैन । तर पनि मायामा बिछोडिएकाहरु एकअर्कालाई दोष्याएर मनको पीर शान्त पार्छन् । यो राम्रो आइडिया हो । यसलाई सकारात्मक रुपमा लिँदा सायद राम्रै हुन्छ । पंखामा झुण्डिएर दुःख बिसाउनुभन्दा त यो आइडिया कहाँ हो कता राम्रो हो । एकपटक म एउटा युवा सम्मेलनमा सहभागी भएको थिएँ । ‘प्रेम र विवाह’को बारेमा सिकाउँदै गर्नुभएका वक्ताज्यूले ‘ख्रीष्टियन युवा–युवतीहरुले गैह्र ख्रीष्टियन मानिसहरुसँग प्रेममा फस्नु गलत हो’ भन्दै गर्दा सहभागी थुप्रै जवानहरुको मुहार खिन्नताले भरियो । आत्मग्लानीले भनौँ वा हीनताबोधले; उनीहरुले शिर निहुराए ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–२

कार्तिक–१७, २०६८ छिटो चिया पकाउने विद्युतीय भाँडो हुँदाहुँदै पनि र चिया मसला ल्याईसक्दा पनि करिब दमकमा बस्न थालेको १५ दिनपछि आज चिया–चिनीको व्यवस्था भयो । बेलुका ४ बजेको समयमा चिया पकाएँ; लगभल दुईकपको अनुमानमा । चियाको प्याकेट खोलेँ र चिया भाँडोमा हालेँ । चिया पाक्यो । गिलासमा सारेँ । पिएँ । रँग बढी भएर होकि, चिनी कम भएर हो; चिया तितो न तितो भएको थियो । अब मलाई थाहा भयो, कति कप पानीमा कति चियाको धुलो हाल्नुपर्छ भनेर ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–१

२७–भदौ, २०६८ मध्यरातको ११ः४८ बज्दैछ........पंखा एकतौरले घुम्दैछ । केही समय अघि फोनमा आएको कल रिसिभ गरिँन, किनकी म हिन्दी ‘बडिगार्ड’ फिल्म हेर्नमा मस्त थिएँ । समग्रमा फिल्म एकदम राम्रो लाग्यो । वर्ष २०११ मा सलमानको क्रेज वास्तवमै स्मरणीय छ । तर यो मुभी हेर्दै गर्दा एउटा नयाँ पाठ थाहा पाएँ मैले । त्यो के हो भने यस फिल्मको केही थोरै दृश्य अर्कै फिल्मको दृश्यसँग मिल्दोजुल्दो थियो । नेपाली फिल्म अन्य फिल्महरुबाट कपी गरिन्छ भनिन्छ, त्यो वास्तवमै हो पनि । तर नेपाली मात्र होइन हिन्दी फिल्म पनि त्यस्तै हुँदोरहेछ ।

आफ्नै भाईसँग एक पल

Suman Rai (Right) with Bishop Dr. Narayan Sharma (एक सँस्मरण) मैले उहाँलाई भाई भन्न त पक्कै नमिल्ने हो कि जस्तो लाग्छ; उमेरको हिसाबले मात्र नभएर धेरै कुराको तुलनामा म त उहाँको नाति सरहको मान्छे । तर, हरेकपटक जब ‘आत्मिक यात्रा’ रेडियो कार्यक्रम सुन्छु उहाँ ‘म तपाईहरुको आफ्नै भाई.....’ भन्दै कुरा सुरु गर्नुहुन्छ । अनि त ‘भाई’ भन्नै प¥यो; कि कसो ? खै ! भाईले त मलाई चिन्छन् कि चिन्दैनन्, तर उहाँलाई म धेर–थोर चिन्दछु । चिनजान हुनु नै ठूलो कुरो त पक्कै होइन तर ‘आत्मिक यात्रा’ कार्यक्रमकै कारणले किन–किन भाईलाई साह्रै नजिकको मान्छे लाग्छ ।

‘खेलौना’ र ‘स्मिता थापा’

(२०६९ साल, माघ २९ गतेको ‘पूर्वसन्दश दैनिक’मा प्रकाशित)  राजेन्द्र थापाद्वारा लिखित उपन्यास ‘खेलौना’ पढियो । हाम्रो समाजले ‘सेक्स’प्रति राखेको संकुचित विचारको पर्दा च्यात्ने साहस गरेकै हुन् लेखकले । पढ्दै जाँदा प्रकाशनमा धेरै हतार गरिएको आभाष भयो, यद्यपि पुस्तकको अन्त्य राम्ररी भएको छ । ३० दिनमा लेखिएको रहेछ, कतै लेखकले एकरातमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्ने महाकविसँग आफूलाई तुलना गर्न खोजेका हुन् कि ! अहिले यो पुस्तक अधिक विक्री हुनुमा कारण यो पनि छ कि यो पुस्तक लेखिँदै गर्दा नै विभिन्न तरिकाबाट विज्ञापन गरिएको हो । जब कि प्रायः पुस्तकहरु प्रकाशनपछि मात्र बाहिर प्रकाशमा आउँछन् । 

स्वर्गदूतसँग भेट

(कविता) एउटा स्वर्गदुतले मलाई पछ्याईरहेछ मेरो वरिपरी घुम्दै, मलाई घुरेर हेरिरहेछ । कहिले– मलाई अगाडि जान दिन्छ अनि ऊ पछाडि छोडिन्छ फेरि उडेर गई अगाडि मलाई पर्खिबस्छ । विशेष रमिता हुँदैछ– मेरो आँखाको लागि; उसको त्यो स्वर्गीय सुन्दरता, उसका ती मनमोहक पखेटा ।

संगतिको तिर्सना

Tweet म एकपटक एउटा पोखरीमा पुगेँ ।  पानी सफा थियो । तर, त्यहाँ केवल तीनवटा माछा थिए । ती तीन माछा यताबाट उता पौडिन्थे, उताबाट यता पौडिन्थे । पोखरीको चारकुनामा ठोक्किन्थे । उनीहरु छटपटाइरहेका जस्ता, डराएर लुक्न खोजेजस्ता, केही खोज्दा केहीपनि भेट्न नसकेकाजस्ता देखिन्थे ।  कुन्नी खै ! उनीहरु के खोजिरहेछन् मैले केही पत्तो पाउन सकिँन । कुनैदिन फेरि म अर्को पोखरीमा पुगेँ । पोखरीको साइज पहिलाको जस्तै लगभग उस्ता–उस्तै थियो । तर फरक के थियो भने यस पोखरीमा थुप्रै अनगिन्ति माछाहरु रहेछन् ।

हामी भेडाहरु

Tweet हामी भेडाहरु– हरियो खर्कमा चराइएका, शान्त पानीको छेऊमा डो¥याइएका । अझ भनौँ– येशूको रगतले किनिएका हामी येशूका भेडाहरु । हामी भेडाहरु अन्जान छौँ, हामी भेडाहरु अबोध छौँ, गोठालोले भनेको सुन्नु हाम्रो कर्तव्य होइन र ! यसैले हाम्रो के दोष ? दोष त तिनै नेता भेडाहरुको छ, जो भेडाहरुको भेषमा ब्वाँसो बनेर आएकाछन् ।

के हामीले हाम्रो मुक्ति कहिल्यै गुमाउनेछैनौँ ?

Tweet येशूमा पाइने पापक्षमा (मुक्ति–उद्धार)मा विश्वास गरेर मृत्युबाट पार भएर अनन्त जीवनमा तपाईं–हामी सरिसकेकाछौँ । जँगली जैतुनको हाँगा भएर पनि असल दाखको बोटमा कलमी बाँधिएकाछौँ । अब हामी खाएपनि, हिँडेपनि, बाँचेपनि, मरेपनि येशूको लागि गर्छौँ । अब हामीले प्रस्तुत गर्ने हरेक क्रियाकलाप कुनै न कुनै रुपमा येशूसँग सम्बन्धित हुने नै भयो । हामी त आफ्नै होइनौँ, बरु मोल तिरेर किनिएका येशूका दासहरु पो हौँ त । यसरी येशूको नाऊँमा विश्वास गर्दा उद्धार पाइसकेको भन्दैमा हामी पुनः हाम्रो पुरानो स्वभावका खराब कामहरु दोहो¥याउनु मिल्छ ? अब अविश्वासी हुँदा पनि नगरेको काम विश्वासी भइसकेपछि गर्भपतन (गर्ने–गराउने) वा आत्महत्या गर्ने जस्ता पापहरु गर्दापनि के हाम्रो मुक्ति सुरक्षित छ त ? वा के यति सजिलै स्वर्ग छिर्न पाउँनेछौँ ?

इक ख्वाम्ल्वाःल्वाम साइँला

Tweet आम्से काम आबालो चिक्बुन्चो–ठ्वामुन्चो योर ¥याउमेङ् तिम् । आम परे पासाक आरान्चो ट्वाम–ब्अीम्ता पासि आड्अुचो बामै है थापुतिचो । आम् निख्वा नुम्भोम् योर तिम् । ख्वाम्ल्वाल साइँला लाई उङ्गु हिब्बेङ् दा आबा; आसतिवाँइ आम्सेख्वाल योर आङ्ग बारेल ठोम्याङ् बाम् । ‘स्याल या आँ उमेरल्वा घ्वार्ले पातुम् द्यान्साक दा सप्पैख्वा चिक्बुन्चेस तिम् । ख्वाम्वाल साइँला या आँ जमानालो साह्रो रान्चो मुयो द्याम् । आन्तिच्वाँ हुरीलो राइसेम आँ क्वाफू बाक्च्वा, स्वाफू बाक्च्वा आङ्गुस बामेङ् द्याम् । इम्सेम् मुयोलाई साल्बेख्वा आदाक्चाम दाः योर से आबा आत्तिक्याः ! कि आसेकेऊ ? आँज्यास् निकै रिबेतिच्वाङ् ट्वाम्ल्वा बामेङ् ह्वाला द्यान्साख उङ् मुई विचार पाइसिम् । भाना भाताल हाल्चाल, भोज–भतेर, जातुर ल्वा आँ योर पाचाल निख्वा रिबे तिच्वाङ् कुलि इम्सेस् झासिम् थिः द्याम् । आम्सेः ब्अीम्चाल दाँमा याः आङ्गु सेङ् ह्याण्डसम दुम्सिवाँइ हुन्या द्यान्साक मुई आरिस के पाइसिमेऊ !

चलाख पत्रुसको कथा

Tweet पत्रुस प्रभु येशूका एक चेला थिए । भनिन्छः उनी चञ्चले थिए; उनमा आत्मसंयमको कमी थियो; उनी हतारमा बोल्थे; अरु यस्तै त्यस्तै । एकपटक उनले बालकले जस्तै तर्क गरे; जतिखेर एउटा पहाडमा येशूको रुप चम्किलो भयो, त्यतिखेर मोशा र एलिया प्रभु येशूसँग बाचचित गरिरहेका पत्रुसले देख्यो । उसले भन्योः ‘.....म यहाँ तीनवटा वासस्थान बनाउनेछु, तपाईहरु तीनजनाको लागि’ (मत्ती १७ः४) । येशूले आफ्नो मृत्युको विषयमा बोल्नुहुँदा उनै पत्रुसले भनेका थिएः ‘मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईलाई इन्कार गर्नेछैन’ (मत्ती २६ः३५)। तर, येशू पक्राऊ पर्नुभएकै रात भाले बास्न अघि पत्रुसले प्रभुलाई तीनपल्ट इन्कार गरे । उसको विचारै नगरी बोल्ने बानीको कारणले प्रभु येशूले उनलाई ‘शैतान’को उपनाम दिएर पनि हप्काउनुपरेको थियो (मत्ती १६ः२३)।

गाऊँघरको रिपोर्ट

Tweet स्थानः ऊँबू गा.वि.स (ओखल्ढुङ्गा) आसपास बगले डांडाबाट देखिएको सुर्योदयको दृश्य !  करिब तीन वर्षपछि गाऊँ फर्केँ । गाऊँबाट म धेरै टाढा परदेश पुगेको त पक्कै थिइँन; तरैपनि देशभित्रै बसेर पनि आफ्नो गाऊँ फर्किन यत्रो समय लाग्यो । अरुको नजरमा जतिसुकै कुरुप किन नहोस्, आफुलाई जन्म दिने आमा सँधै प्यारो अनि आदरणीय हुन्छिन् आफ्ना सन्ततिहरुका लागि । त्यस्तै जस्तोसुकै गरिबी वा असुविधाले किन नझेलिएको होस्; आफू जन्मेको–हुर्केको गाऊँ आफूलाई सँधै प्यारो नै हुँदोरहेछ । आफू त झन् त्यसै पनि भावुक मान्छे; आँखाको डिलमा आँसु बोकेको मान्छे; बेला–बेला गाऊँ सम्झेर गहभरि आँसु नपार्ने कुरै भएन । यसपटकको गाउँ–घरतिरको यात्राको व्यक्तिगत रिपोर्ट यसरी यहाँहरुमाझ राख्दैछुः

मैले आज सुनेको वचन

Tweet With David Pradhan #Dicon, Isai Pravuko Mandali, Itahari मितिः २०७१।०९।२४ शनिबार, इसाई प्रभुको मण्डली, इटहरी । हाम्रो चर्चमा एकजना डिकन हुनुहुन्छ, उहाँको नाम दाऊद प्रधान हो । पेशाले उहाँ रिक्सा चलाउनुहुन्छ । झट्ट हेर्दा सबैलाई अपत्यारिलो हुनसक्छ कि उहाँ कति धेरै परमेश्वरको ज्ञानले भरिएको मान्छे भनेर । उहाँको आँखा हाम्रो भन्दा धेरै कमजोर छ तापनि बडो मेहनतसाथ खुब बाइबल अध्ययन गर्नुहुन्छ भन्ने कुरा उहाँको प्रवचनहरुबाट प्रष्टै बुझिन्छ । उहाँ प्रायः मण्डलीमा ख्रीष्टियान जीवनमा हुनुपर्ने असल चरित्र र अनुशासनको बारेमा बोल्नुहुन्छ । उहाँद्वारा भएर परमेश्वर बोल्नुहुँदा म हरेक पल्ट केही न केही मेरो जीवनमा केही मूल्य थपिएको महशुस गर्छु । यसपटक उहाँले दिनुभएको प्रवचनको सारसंक्षेप सम्पादन गरेर मैले यसरी यहाँहरुमाझ राख्दैछु :

उनु आचु ?

Tweet मध्यरात ल्वाः पनेरल्वा म्वार्च्वा ब्अीच्वा उनु आचु ? ब्अीर्म्वा आङ्ग स्वान्ढ्वाम् पासै राति मुइ ब्आफु हाल्च्वा उनु आचु ? उनु आचुई न्वाः आड्अुइनु ईः बिबस्ता क्वाचाल ईः जासिवा–बाक्सिवा हिप्चाल मुयो स्याँः याः आपुइनु ।

जुवामा नारिएको गोरु

Tweet गोरु किसानहरुका लागि प्यारो हुन्छ । पहाडतिर प्रायः खेतबारी जोत्नलाई गोरु नै प्रयोग गरिन्छ । गोरु हिँड्न नै नमिल्ने गराहरुमा मात्र मानिस आफैँले खन्नुपर्छ । खेतबारी जोतिसकेपछि बल्ल हामी बीऊ छर्ने काम गर्छौँ; आखिर जुनसुकै बीऊ किन नहोस् । तिनै खेतबारीबाट उब्जाऊ भएको अन्नले वर्षदिनसम्म खानेकुराको जोहो गर्ने हरेक किसानको चेष्टा हुन्छ । यसर्थ, जोत्ने गोरुको देन अति महान् छ, कृषिप्रधान देश नेपालका पहाडी कृषकहरुका लागि । गोरुको बारेमा बाइबलमा पनि यस्तो पद छः ‘जहाँ गोरुहरु हुँदैनन् त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरुहरुको बलले नै प्रशस्त अन्न उब्जिन्छ’ (हितोपदेश १४ः४) ।

राजालाई बोकेर हिँड्दा

Tweet त्यहीँ त्यो एक पुरानो ठाऊँमा मेरो मालिकले मलाई बाँधिराखेको, कस्तो–कस्तो अनौठो मौसममा मेरो अगाडिको पराल पनि सिद्धिराखेको म हुन्थेँ त्यहीँ, ऋतुहरु बदलिन्थे कहिले हुन्थ्यो गर्मी, कहिले जाडो, मेरी आमासँगै लुटपुटिँदै हुर्केको पुल्पुलिएको चञ्चले म एक बछेडो ।

परमेश्वरबाट आएको प्रेम–पत्र

Tweet मेरो प्यारो छोरा–छोरी, तिमी मलाई चिन्दैनौ तर म तिम्रो बारेमा सब जान्दछु (भजन १३९ः१)। म तिम्रोे बसाई र उठाई जान्दछु (भजन १९३ः२)। म तिम्रो हरेक बाटो जान्दछु (भजन १३९ः४)। तिम्रो शिरको कपाल गन्ती गरिएको छ (मत्ती १०ः२९)। किनभने तिमी मेरो स्वरुपमा बनाइएको थियौ (उत्पत्ति १ः२७)। तिमी ममा जिउँछौ र चहलपहल गर्छौ, ममा तिमीहरुको अस्तित्व छ (प्रेरित १७ः२८)। तिमी निश्चय मेरो सन्तान हौ (प्रेरित १७ः२८)। मैले तिमीलाई गर्भमा रच्नुभन्दा अघि नै चिनिसकेको थिंए (यर्मिया १ः४५)। जब मैले सृष्टिको योजना बनाएं त्यस समय तिम्रो चुनाउ गरेँ (एफिसी १ः११,१२)।

इमान्दार जनावरहरु

Tweet के हामी घरमा पशुहरु पालेका छौँ वा तिनीहरुको इमान्दारीतालाई जाँचेका छौँ ? हामी मानिसहरुलाई उसको बेहीसीपनमा फेला पार्दा पशुको उपनाम दिन्छौँ । ‘तँ त कस्तो कुकुरजस्तो रै’छस्’ भनेर गाली गर्छौँ । तर, स्वीकार गर्नुपर्ने कुरा यो छ कि, कतिपय हामी कुनै पशु वा कुकुर जति पनि विश्वासनीय र भरपर्दा पटक्कै छैनौँ । गाउँतिर उहिले मेरो फूपाजुको एक हल गोरु थियो । तर जोत्दा साह्रै खुट्टा चलाउने; बेइमानी हल गोरुजस्तो लाग्थ्यो ।

मैले भेटेको १० रुपैँया

Tweet पैसा कसरी फेला प¥यो ? भाइलाई भेट्न पोखरा जाँदैथिएँ । जब मुग्लिङ्गबाट गाडी चेन्ज गरेर पोखरातिर हान्निएँ; आबुखैरेनी पुगेपछि एकजना दिदी ओर्लिइन् र आफ्नो सामान झार्न अनुरोध गरिन् । तर उहाँको सामान गाडीमा थिएन । हामी पनि आ–आफ्नो सिटबाट उठेर खोज्न सहयोग ग¥यौँ । पछि थाहा भयो, गाडीका कर्मचारीहरुको लापार्बाहीले उहाँको सामान अर्कै गाडीमा छुटेछ । उक्त सामानको भर्पाइस्वरुप दिदीले रु. ३५०० –। त्यहीँ नै प्राप्त गरिन् । हामी पुनः आ–आफ्नो सिटमा बस्दै गर्दा सिटमा छोडिएको रु. १० फेला पारेँ । उक्त रकम त्यो ओर्लिजाने दिदीको पनि थिएन किनकी उनी अघिल्लो सिटमा बसेकी थिइन् ।