२७–भदौ, २०६८
मध्यरातको ११ः४८ बज्दैछ........पंखा एकतौरले घुम्दैछ । केही समय अघि फोनमा आएको कल रिसिभ गरिँन, किनकी म हिन्दी ‘बडिगार्ड’ फिल्म हेर्नमा मस्त थिएँ । समग्रमा फिल्म एकदम राम्रो लाग्यो । वर्ष २०११ मा सलमानको क्रेज वास्तवमै स्मरणीय छ । तर यो मुभी हेर्दै गर्दा एउटा नयाँ पाठ थाहा पाएँ मैले । त्यो के हो भने यस फिल्मको केही थोरै दृश्य अर्कै फिल्मको दृश्यसँग मिल्दोजुल्दो थियो । नेपाली फिल्म अन्य फिल्महरुबाट कपी गरिन्छ भनिन्छ, त्यो वास्तवमै हो पनि । तर नेपाली मात्र होइन हिन्दी फिल्म पनि त्यस्तै हुँदोरहेछ ।
आज मैले Singing STAR को लागि प्रनिश लिम्बू र रितु लामाको लागि भोट गरेँ । प्रनिशलाई अगाडि पनि भोट गरेको थिएँ, तर आज रितुलाई पनि गरेँ । किनकी यी दुईमध्ये जो कोही पनि Singing STAR
बनेमा नेपाली सँगीतको लागि गौरवको विषय हुनेछ भन्ने कुरामा म विश्वस्त छु, यद्यपी म कुनै प्रोफेश्नल म्युजिसियन जज त पक्कै होइन ।
कक्षा १२ को परीक्षाफल प्रकाशित हुनै आँटेको छ । तर म परमेश्वरमा पूर्ण आशा र भरोसा राखेको छु, जुन आशाले कहिल्यै निराशा गराउनेछैन । मैले परमेश्वरको स्वरलाई सुनेको छु, किनकी उहाँ मसँग बोल्नुभएको छ । उहाँले त्यो खुशीको मिठो शुभ–समाचार सुनाउनलाई तयारी गर्दै हुनुहुन्छ ।