Skip to main content

वर्ष २०७१ का प्रमुख चार आशिषहरु


१. ‘वल्र्डभिजन इन्टरनेशनल नेपाल’मा इन्टर्नशिपः

‘वल्र्डभिजन इन्टरनेशनल नेपाल’को इन्टर्नशिप कार्यक्रम अन्तर्गत बाल स्पोन्सरशिप अफिसरको छत्रछाँयामा रहि बाल स्पोन्सरशिपको बारेमा एकवर्ष सिक्ने मौका पाएँ । वर्षभरिमा नेपालका विभिन्न ठाऊँका अन्य इन्टर्न साथीहरुसँगको छोटो समयका भेटघाटहरु अत्यन्तै रोमाञ्चक रह्यो । यो अवधिभर थुप्रै मानवीय व्यवहारहरुको बारेमा परिचत हुने मौका पाएँ । अग्रजहरुबाट पाएको माया साथै सहानुभूतिको लागि एकदमै ऋणी छु; उहाँहरुले मलाई सँधै सकरात्मक प्रभाव पार्नुभयो र मेरो जीवनमा केही न केही मूल्य थप्ने प्रयास गर्नुभयो ।

यो सिकाईको अवधिभर मैले सम्झनुपर्ने तथा धन्यवाद दिनुपर्ने अग्रजहरु थुप्रै हुनुहुन्छ । सबैलाई धेरै–धेरै धन्यवादको साथमा आभार प्रकट गर्न चाहन्छु । केही व्यक्तिहरुलाई यहाँ सम्झन चाहन्छुः


सुदिप श्रेष्ठः उहाँ मेरो सुपरभाइजर हुनुहुन्थ्यो । उहाँको छत्रछाँयामा रहेर एक वर्ष मैले वल्र्डभिजनको बाल स्पोन्सरशिप सम्बन्धि विभिन्न विषयमा सिक्ने मौका पाएँ । त्यो भन्दा बढि उहाँ मेरो लागि एक अभिभावक जस्तै र साथी जस्तै भएर प्रस्तुत हुनुभयो । उहाँ जहाँ जानुभयो; मलाई त्यहिँ लानुभयो । अफिसियल कुरामात्र नभएर व्यक्तिगत भावनाका कुराहरु पनि हामी बाँडचुँड गथ्र्यौँ । अफिसमा गर्नुपर्ने कामहरु जति सिकाउनुभयो त्यो सबै भुल्न सक्छु तर म उहाँलाई भुल्न नमिल्ने र नसक्ने एउटै कारण के छ भने उहाँले मलाई सँधै आफ्नो परिवारको एक सदस्य झैँ व्यहार गर्नुभयो । आत्मीयता दर्शाउनुभयो ।



लक्ष्मेश्वर महतोः ती समयमा उहाँ वल्र्डभिजन सुनसरी एडीपीमा म्यानेजरको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ अत्यन्तै जोशिलो मान्छे र कुनैपनि हालतमा विजय प्राप्त गर्नुपर्छ भन्ने धारणाको मान्छे । यद्यपि मैले अनुरोध गरेका कामहरुमा उहाँले कहिल्यै रोक्नुभएन । उहाँ बाइबलीय ज्ञानमा र आत्मिक रुपमा एकदमै बलियो मान्छे
। उहाँले आफूमुनिका अन्य स्टाफहरुसँग सँधै राम्रो सम्बन्ध स्थापित गर्नुभयो । सबै स्टाफहरुले उहाँलाई सँधै एक हाकिमभन्दा पनि माथि एक अभिभावकको रुपमा हेरे । पछिल्ला दिनहरु; वल्र्डभिजनबाट बिदाई हुनु अगाडिका समयहरुमा उहाँ केही तनावमा हुनुहुन्थ्यो । सायद उहाँले त भुल्नुभयो होला ! एकपटक हामी दुईमात्र हुँदा उहाँको मुखबाट केही गुनासो फुत्किरहेका थिए । उहाँ भन्दै हुनुहुन्थ्योः ‘म परमेश्वरसँग यति धेरै प्रार्थना गरिरहेछु, तर पनि किन ममाथि यो सब भइराखेको छ ?’ त्यतिखेर मैले उहाँको लागि गर्नसक्ने कुरा केही पनि थिएन । ती दिनमा हामी चितवनमा थियौँ; केवल उहाँसँगै प्रार्थनामा सहभागी भएँ । तर अहिले परमेश्वरले उहाँलाई अझ उत्तम ठाऊँहरुमा उत्तम जिम्मेवारीहरु दिनुभएको छ ।



हरिप्रकाश चन्द (अग्निपुञ्ज)ः उहाँले छोटो समयमा ममाथि ठूलो प्रभाव पार्नुभयो; मभित्र एउटा गहिरो छाप छोड्नुभयो । विस्तृत कुरा पछि लेखुँला । वल्र्डभिजनमा इन्टर्नशिपको छनौटको लागि मेरो अन्तर्वार्ता लिने दुई
व्यक्तिमध्ये उहाँ एकजना हुनुहुन्थ्यो । उहाँको बिदाइको बेला थुप्रै भोलन्टियर भाईबहिनीहरुको गला अवरुद्ध थियो । उहाँ जुन गा.वि.स हरुमा काम गर्नुभयो; त्यहाँका मानिसहरुले उहाँको बारेमा एउटा साक्षी दिएः ‘अग्नि सर, तपाई प्रायः मुस्कुराइरहनुहुन्छ । तपाईं रिसाउनुभएको हामीले कहिल्यै देखेनौँ ।’ उहाँ अहिले आफ्नो सपनालाई खेद्दै जीन्दगीको उकालोमा दगुर्दैहुनुहुन्छ ।




रविन तामाङः उहाँ वल्र्डभिजनमा इन्टर्नशिप कोर्डिनेटरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँगको सुरुवाती वार्तालापहरु र उहाँलाई मैले हेर्ने दृष्टिकोण एकदमै रोचक छ । इमान्दारसाथ लेख्ने हो भने उहाँलाई भेट्नु अघि
उहाँप्रति मेरो नकारात्मक धारणा थियो । तर पछि सबै कुराहरु राम्रो हुँदै आयो । भेटपछि उहाँ घिऊजस्तै मान्छे रै’छ भन्ने कुरा जान्न पाएँ । उहाँसँगको सवालमा पछिल्लो समय उहाँसँग चितवनको राप्ती किनारमा बेलुकाको समयमा गफिँदै हिँडेको पलहरुलाई म सबभन्दा बढी ‘मिस’ गर्छु ।




तारा तावा लिम्बुः सुनसरी एडीपीका इन्टर्नहरुले आयोजना गर्नुपर्ने कार्यक्रममा उहाँले विशेष सहयोग गर्नुभयो । उहाँ अत्यन्तै सक्रिय मान्छे । कुनैपनि कार्यक्रम आयोजना गर्दा कार्यक्रमको गुणस्तरको लागि मरिमेट्ने उहाँको बानी छ । कसैले गरेको कामकुराप्रति तुरुन्त प्रतिक्रिया दिने उहाँको बानी साह्रै मनपर्छ । सामाजिक कामप्रति उहाँ देखाउनुभएको तत्परता र लगनशीलता एकदमै प्रेरणादायी छ ।






गोविन्द पौडेलः उहाँ वल्र्डभिजनको नेशनल अफिसको CB (Capacity Building) स्पेशलिस्ट । मेरो हेराईमा उहाँ साँच्चै सहजकर्ता हुनकै लागि जन्मेको मान्छे । उहाँ मनमा काँडा बिझ्ने गरि बोलिसकेपछि फेरि
त्यसलाई कसरी मलमपट्टी लगाउनुपर्छ भनेर जान्ने एकदमै सिपालु चतुर मान्छे । उहाँले दिनुहुने थुप्रै प्रशिक्षणहरुमा सहभागी भएको छु । पछिल्लो समय ‘नेपान’ले आयोजना गरेको Community Facilitation & Resource Mobilization Training मा उहाँले दिनुभएको  प्रशिक्षणमा सहभागी भएको थिएँ । थुप्रै सहजकर्ता तथा प्रशिक्षकको कक्षामा बसेको छु; तर सिकाउने कला र प्रस्तुतीमा मलाई सबभन्दा बढी प्रभाव पार्ने व्यक्ति उनै गोविन्द पौडेल हुन् ।



२. स्नातक लेभलको आफ्नो अध्ययन पूरा गरेँः

सिक्किम मनिपाल युनिभर्सिटीबाट BCA (Bachelor in Computer Application) सकाएँ र अहिले स्तातकोत्तरको लागि बाटो हेर्दैछु । यस अध्ययन पूरा गर्नको लागि परिवारप्रति एकदमै आभारी छु; खानु–बस्नु बाहेक मात्र पनि कलेज र युनिभर्सिटीलाई बुझाउनुपर्ने २ लाख २० हजार भन्दा बढी रकम मेरो लागि जुटाइदिनुभएको लागि । यो पाठ्यक्रम सबै इन्डियाको भएपनि नेपालमै बसेर पढ्न मिल्ने एकप्रकारको डिस्ट्यान्स एजुकेशन हो । यो अध्ययन पूरा गर्न सहयोग गर्नुहुने सबै शिक्षक, सल्लाहकार तथा साथीहरुप्रति एकदमै धन्यवादी छु र विशेष आभार प्रकट गर्न चाहन्छु । यो कोर्स पढ्न चाहनेलाई मेरो व्यक्तिगत सुझाव यहि छ कि यदि तपाई सिक्किम मनिपाल युनिभर्सिटीबाट कुनैपनि स्नातक गर्न चाहनुहुन्छ भने कि सिक्कम नै जानुस वा काठमाडौँको L.B.E.F कलेजमा पुग्नुस् । किनकी मैले सिमित स्रोत र साधनको कारणले थुप्रै अनावश्यक बाधा अड्चनहरुको सामना गर्नुप¥यो ।

स्नातक लेभलको पढाइको कुरा गर्दै गर्दा मैले भुल्नै नसक्ने व्यक्ति हुनुहुन्छः निरोज पौडेल । उहाँ कम्प्युटर प्रोग्रामिङ्ग शिक्षकको रुपमा कलेजमा आउनुभएको थियो । यो मेरो पढाइलाई अर्थपूर्ण बनाउन उहाँको ठूलो
योगदान छ । आजभोली पनि उहाँसँग थुप्रै सल्लाहहरु लिने गरेको छु । दमक बसाइको पछिल्लो लगभग ६ महिनाजति हामी एउटै घरमा डेरा बसेका थियौँ । कतिपय हामी सँगै खान्थ्यौँ; सँग दगुर्न जान्थ्यौँ; गफ भन्ने कुरो कति भए; उहाँको बारेमा सबै मलाई थाहा थियो अनि मेरो बारेमा उहाँलाई । विशेष गरि रोमान्टिक गफहरु धेरै भए ।

उहाँ कम्प्युटर प्रोग्रामिङ्गको सबै क्षेत्रमा दक्ष हुनुहुन्छ; जस्तैः सी, सी सार्फ, भीभी डट नेट, पीएचपी आदि, इत्यादि । उहाँमा लुकेको अर्को कला भनेको फुर्सदमा पेन्टिङ्ग हो । उहाँ मानिसहरुको फोटोको स्केच जस्ताको तस्तै उतार्ने क्षमता राख्नुहुन्छ ।


३. भाईको ब्रिटिश आर्मीमा भर्तीः
भाई माइला ब्रिटिश आर्मीको छनोटमा सफल भए । अहिले उनी युकेमा चौँथो महिनामा तालिम गर्दैछन् । सेन्ट्रल सेलेक्सनको लागि पोखरामा छिरेपछि केही खबर पाउन गाह्रो हुने । अन्तिम फाइनलको दिन सिँगापुर पुलिसमा कार्यरत दाजु मोहनसँग फेसबुकमा च्याट हुँदैथियो । कमल लाहुरे पास गरेको खबर सबभन्दा सुरुमा उनैले सुनाए । यो खबरले हामी परिवार एकदमै हर्षले विभोर भयौँ । उनी लाहुरे हुन कति आवश्यक थियो भन्ने कुरा सबै यहाँ भन्न त सक्दिन; तर उक्त दिन हामी परमेश्वरलाई धन्यवादको प्रार्थना चढाउँदै धेरैबेर खुशीले रोयौँ ।


उनी यसको अघिल्लो पटक इन्डिया आर्मीको लागि भिडेका थिए । छनोट प्रक्रिया सजिलो थिएन । इन्डिया आर्मीमा भिड्दा रनिङ्ग पास गर्नु चमत्कार जस्तै हो । उनी सबै कुरामा पास हुँदै गए । सबै प्रक्रिया पूरा भयो । अनि अन्तिम फाइनल रिजल्ट कुर्न महिनौँ लाग्यो । अन्त्यमा रिजल्ट आयो । भाई रिजल्ट हेर्न धरान पुगे । तर बिडम्बना ! लिस्टमा उसको नाम त थियो तर माता–पिता र ठाऊँको नाम अर्कैको थियो । पछि सुन्नमा के आयो भने; इन्डियामा भर्ती हुनेहरुको लागि जिल्लाले सिफारिस दिनुपर्छ । जिल्लाबाट भर्ती हुनेहरुको सिफारिस गरेको नाममा भाइको नाम त थियो रे, तर धरानको रिजल्टमा परिणाम तितो भयो ।

तर आखिरमा उनलाई परमेश्वरले अझ उत्तम ठाऊँमा लानुभयो ।

अब लाहुरेमा रुचि भएकाहरुलाई एउटा सल्लाह यो छ कि ब्रिटिश आर्मी हुनलाई भिड्न अघि तालिममा हुने खर्च बाहेक अरु पैसा पेल्नुपर्दैन । जो सक्षम छ, योग्य छ, उनी ब्रिटिश आर्मीको छनौटमा पर्ने सम्भावना हुन्छ । पोखरामा सेन्ट्रल सेलेक्सनमा छिरेपछि पैसा तिरेर कोही पनि लाहुरे भएका छैनन् । लाहुरे हुनेले जसले अगाडि पैसा कसैलाई घुस स्वरुप ख्वाएको छ भने सत्य कुरा यही हो कि ऊ पैसा बुझाएको कारणले लाहुरे भएको होइन । तर यो नियम सिँगापुर पुलिस र इन्डिया आर्मीमा भि
ड्दा लागु नहुने कुरा पनि यहि साल थाहा पाइयो ।


४. आफ्नै ब्लगको सुरुवातः
म थोरै रुपमा अन्तर्मुखी स्वभावको मानिस भएकोले मनमा उकुसमुकुस भएको कुरा लेखेर व्यक्त गर्न सजिलो लाग्छ । हुनसक्छ कुनै माध्यमद्वारा; कहिले कविताको रुपमा, सँस्मरणको रुपमा, लेखको रुपमा वा अन्य रुपहरुमा पनि । उकुस–मुकुस के सम्म हुन्छ भने राति देखेको सपना पनि बिहान कसैलाई भन्न पाइँन भने डायरीमा लेख्न थालिहाल्छु । थुप्रै सपनाहरु लेखेको भए पनि पोष्ट केही मात्र गरेको छु । कहिलेकाँही मानवीय कमजोरीहरुको वृत्तान्त लेख्नुप¥यो भने कथा वा दन्त्य कथाको रुपमा उतार्छु । ताकि दोषीलाई समेत चोट नपुगोस् तर उसले गरेको गल्तीको दृष्टान्तबाट अरुले केही पाठ सिकुन्, फाइदा लिऊन् । यिनै सामग्रीहरुले पाठकहरुलाई सँधै परमेश्वरको आशिष अनि अनुग्रहको अनुभूति होस् भन्ने मेरो प्रार्थना छ ।

यही उदेश्यस्वरुप ब्लग सुरु गरेको छु । ब्लगको लिंक http://merokalam-suman.blogspot.com/ । र  ब्लगको Fan Page: https://www.facebook.com/merokalam.suman/ हो ।

लेख्नुको उदेश्य मनका भावनाहरु शब्दमा व्यक्त गरेर मन हल्का पार्नुमात्र नभएर पढ्नेहरुको जीवनमा केही न केही मूल्य थप्नु पनि हो, ताकि उसले बाँच्ने कला सिकोस् । मानवीय व्यवहारहरुको बारेमा जानोस् । यहाँ पोष्ट हुने सामग्रीहरु कुनै न कुनै रुपमा बाइबल र प्रभु येशूसँग सम्बन्धित हुनेछन् । यो एउटा ख्रीष्टियान जीवन बाँच्दै गर्दाको तीता–मिठा क्षणहरुको सँगालो हो । मलाई रुवाउनेहरुको बारेमा कम लेखिनेछ, हसाउँने र मैले पनि हँसाएकाहरुको बारेमा धेरै लेखिनेछन् ।

अरु पनि थुप्रै आशिषहरु परमेश्वरले मलाई दिनुभएको छ । यति थोरै आशिषहरु मात्र यहाँ बाँडेको छु । धन्यवाद ।





Leave Your Comments Here!


Popular Posts

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि,  कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।

गाऊँ घरतिरको एकहप्ते बसाइ (संस्मरण)

धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् । घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ । भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।

सुन्दरताको बारेमा केहि कुरा...

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।