Skip to main content

Posts

Showing posts from 2014

छानबिन गरौँ

Tweet बाइबलमा झट्ट हेर्दा त्रुटी जस्तै देखिने दुई सवालहरु यहाँ प्रस्तुत गर्दैछु; तपाईंहरुबाट सकरात्मक प्रतिकृयाको अपेक्षा छ । पहिलोः यहुदा इस्करियोतले येशू प्रभूलाई धोका दिएपछि आफैँलाई दोषी महशुस गरे । फलस्वरुप उसले लिएको चाँदीको तीस टुक्रा मन्दिरमा फ्याँकेर गयो र झुण्डिएर आत्महत्या ग¥यो । अनि मुख्य पूजाहारीहरुले उक्त रकम ढुकुटीमा राख्न अनुचित ठाने र आपसमा सल्लाह गरेर परेदशीहरुलाई दफन गर्न एक कुमालेको जमिन किने । यो घटना मत्ती २७ः३–८ मा उल्लेख छ । यही घटनाको भविष्यवाणी लगभग इसापूर्व ५०० तिर जकरिया अगमवक्ताले गरेका थिए (–जकरिया ११ः१२, १३) । तर मत्ती २७ः९ पदमा यो भविष्यवाणी यर्मियाले गरेका थिए भनेर लेखिएको छ; उनी इसापूर्व ६२६ तिरका एक अगमवक्ता थिए । यो एउटा शाब्दिक त्रुटि हुनसक्छ । मलाई जहाँसम्म लाग्छ; यर्मियाले यहुदा इस्करियोतको बारेमा केहि पनि बोलेका छैनन् । यद्यपि रिफरेन्समा जकरिया ११ः१२, १३ नै देखाइएको छ ।

लौ आयो क्रिसमस !

Tweet विगतका वर्षहरुमा झैं फेरि क्रिसमस फर्केर आएको छ । क्रिसमसको वहारले पृथ्वीको पल्लो कुना देखि अर्को कुनासम्म विश्वासीहरु लगायत अन्य मानिसहरुमा नयां उमङ्ग र उत्साह फैलिएको छ, जोहरु क्रिसमस संग परिचित छन् । तर,केही वर्षदेखि यता क्रिसमस सम्बन्धी नकरात्मक धारणाहरु र भ्रमहरुले पनि मानिसहरुलाई उत्तिकै भ्रमित पार्दै र बहकाउंदै लगेको छ । कतिपय ठाउंहरुमा क्रिसमसको नाममा अनावश्यक मोजमज्जा, अनैतिकता र उच्छृङखलताका खवरहररुले पनि उत्तिकै प्रश्रय पाइरहेका छन् । तीन वर्ष अघि एकजना मेरो नवपरिचित साथीले क्रिसमस मनाउन नहुने विचारहरु ममा व्यक्त गरेपछि क्रिसमस सम्बन्धी मेरो धारणामा ठूलो क्रान्ति आयो । तर जब क्रिसमस कार्यक्रमहरुमा सहभागी भएर म आफैंलाई प्रभुको महिमा गरिरहेको पाउंछु, क्रिसमस मनाएकोमा प्रभुले मलाई कहिल्यै दोषी नठह¥याउनुहुने कुरामा म ढुक्क हुन्छु । नत्रता म प्रभुका जनहरुसंग परमेश्वरको आराधना गर्दा गर्दै पनि म नर्कमा जानेछु ।

क्रिसमससँग जोडिएको हाम्रो कर्तव्य

Tweet हाम्रा गाउँ सहरहरु क्रिसमसको रौनकताले तातिएका छन् । घर–घरमा बत्तीहरु साँझमा चम्किरहेकाछन् । बाँस गाडेर टुप्पोमा झुण्ड्याइएको स्टारले येशू कतै यही नै पो जन्मिनुभएको हो कि भनेर झस्काइदिनसक्छ । क्रिसमस–ट्री सजाउने बेला पनि यतिखेर नै हो । साथीहरुलाई गिफ्ट र क्रिसमस कार्ड किन्दा–किन्दै हाम्रो खल्ती चिसो हुनसक्छ । चर्चहरुमा विशेषगरि युवाहरु बढी व्यस्त छन् । उनीहरुलाई चर्च झकिझकाऊ बनाउन र विभिन्न प्रतिभाहरुको प्रस्तुतीको तयारी गर्न ठूलो जिम्मेवारी छ । अगुवाहरुलाई पनि विभिन्न सुसमाचारीय कार्यक्रमको आयोजना गर्न अनि प्रचार गर्न भ्याईनभ्याई छ । क्रिसमसको अवसरमा आयोजना गरिने कार्यक्रहरु अनि ¥यालीहरुको नेतृत्व गर्नु सोचेजस्तो सजिलो पटक्कै छैन ।

क्यारोलका ती दिनहरु.....

Tweet क्रिसमस र मेरो ख्रीष्टियान जीवनबीच एक गहिरो अन्तर्सम्बन्ध छ । कुरा आज भन्दा एककम दश वर्ष अघिको हो । हाम्रो परिवार भर्खरै विश्वासी परिवार भएको थियो । म एकप्रकारले संगीतको साह्रै सौखिन थिएँ सानैदेखि । अरुले गिटार बजाउँदा र गिटार देख्दा मात्रै पनि मन हुरुक्क भएर आउँथ्यो । प्रभूलाई ग्रहण गरि जब म चर्च जान थालेको थिएँ, त्यति बेला क्रिसमस नजिकिँदै थियो । अगुवाहरु क्यारोल खेल्ने तालिका र कुन दिन, कुन ठाऊँमा खेल्ने जस्ता सूचनाहरु बाँड्न थाल्नुभएको थियो ।

प्रभुसँग–सँगै

Tweet हे प्रभु म के सोच्छु ? तपाईं के सोच्नुहुन्छ ? प्रभु म के गर्छु ? तपाईं के गर्नुहुन्छ ? म केही सोच्छु, म केही गर्छु । तपाईं धेरै सोच्नुहुन्छ, तपाईं धेरै गर्नुहुन्छ । म धेरै सोच्छु, म धेरै गर्न खोज्छु । तपाई केही सोच्नुहुन्छ, अनि थोरै गर्नुहुन्छ । यसैले, मता तपाईंमै भर पर्छु; अन्तिम साससम्मै । Leave Your Comments Here!

वाम्बूले भाषाको भेऊ– भागः १ (चिकाब आख््रवाम्सिचो योर)

Tweet १. म्वाल कुर्चामः क्वाटखेप ‘रिबे कान्छी’न्वा मुई चौताराल भ्mयाम्मै रवाम्सिम्; उङ्गुई चेल पाऊम्ः ‘ड्वाम्वा ड्वाम्वा रिबे, आचुङ्ग म्वाल कुर्नुम्याङ् ?’ रिबे ख्रिःख्रि ¥याण्डा ¥यासै ‘राम्पाठेपल्वाम् साइँलाङ्ग म्वाल कुरुम्याँसे’ वाँआप । ‘ए ! लु क्वाट्छिन् नाइँनुक वाखा ल्वास्ता है रिबे’ वाअुमाक आः ल्आम् ख्वाअुम् । आम् योरल्वा आमाई आरान्चे योर थिएन, आस्याङ्गभने ‘रिबे’ म्वाल भारीन्वा चौतारालो नाइसिमेङ् थियो । मकै फुच्चाम समय थियो । आः ट्वाम्–ट्वाम्ल्वा आमः चै निकै काजु ‘रिबे’ रै वायुँम् । तर, ६ महिना नउठाँ सप्पै द्याल बुम्माक कछरिक बाम्मे । खाचिल ‘रिबे’ निक्बिमाक् चेलपाब्बेः ‘लु द्याम् सोट, आचुङ्ग म्वाल कुर्नुम्याँङ उनुखो ?’ सिस्कोको ‘रिबे’ ख्राम्सै सोऊः ‘आचुइँ आँ आत्तिसे; ह्योयाम् राम्पाठेपल्वाम साइँलाङ् ।’ आम योरल्वा चैँ निकै आपत् थियो......... आस्याङ्गभने ‘रिबे’ आँ म्वाल निकै उटु पिमेङ्ग रै’छाना । ६ महिनाम गर्भ रै म्वालःलो ।

टुटेको हृदय लिएर....

Tweet टुटेको हृदय लिएर म क्रुसको फेदीमा आउँछु भीडभित्रको शुन्यतामा म साथ येशूको पाउँछु । जानेँ कि मैले तिमी नै रै’छौ साँचो गोठाला पोखेर जान्छ भरिएर अनि; खुशीको यो प्याला । अनुग्रहको झरी वर्षाइदेऊ प्रभु यो रुखो भूमिमा तपाईंलाई प्रेम गरुँ; सारा हृदयले यो मेरो जीवनमा । Leave Your Comments Here!

काँडाको बाटोमा

Tweet काँडाको बाटोमा हिँड्थे पाइलाहरु येशूमा सत्य बाटो थाह नपाउँदा, अन्धकारमा बितेथे सारा दिनहरु उज्यालोमा डो¥याइदिने कोही नहुँदा । खुशीको मूल चारैतिर खोज्दै जाँदा सँगैका साथीहरु बिरानो भइदिँदा, हात मैले पक्रेँ येशूको हरपल आए उनी जीवनमा साथ दिन सदा । मरिसकेँ म यो संसारको लागि मभित्र अब येशु जिउनुहुन्छ , मृत्युको अन्धकारमय गोरेटोमा पनि गोठालो भई प्रभु डो¥याउनुहुन्छ । -------------0------------ Leave Your Comments Here!

देशको माया कति ?

Tweet          भनिन्छ, माया जति टाढा भयो उति धेरै बढ्छ । मायाको महत्व सामिप्यतामा रहँदा जनि महत्वपूर्ण हुन्छ, टाढिँदै जाँदा अझ यसको महत्व बढेर जान्छ, त्यो साँचो माया हो भने । हुन त माया प्रेमको बारेमा घोरिन थाल्यौं भने जीन्दगी बितेर जाला तर यसको असली स्वरुप र गहिराईको बारेमा हामी छर्लङ्ग हुन सक्छौं भन्ने कुरामा मलाई पटक्कै विश्वास लाग्दैन । वास्तवमा हामी हाम्रा वरपरका  हरेक सजीव–निर्जिव वस्तुहरुलाई माया गरेका हुन्छौं । हामी हाम्रो टल्केको जुत्ताको टुप्पो कतै ठोकिएर नकुच्चियोस् भनेर हिँड्दा बडो सावधानी अपनाउँछौं । हाम्रो मोबाइलको स्क्रिन नकोरियोस् भन्ने चाहना राख्छौं । हाम्रा सामानहरुमाथि हामीले गर्ने माया–प्रेमको केवल यो सुक्ष्म उदाहरण मात्र हो । यी बाहेक मयााकै कारणले हाम्रा मानिसहरु साथी, संगी, इष्टमित्रहरु लगायत अन्य व्यक्तिहरुको बारेमा सोचेको अनि चाहेको भलाईको महानताको बारेमा यहाँ शब्दमा उल्लेख गर्न खोज्नु एउटा दुस्साहस मात्र हुनेछ । मैले जोड्न खोजेको प्रसङ्ग चाँही देशप्रतिको मायाको बारेमा हो । हामीले गर्ने मायाको अनगिन्ति प्रकारह...

एउटा आशा

Tweet छोडिएका ती प्राणहरु सुतेका ती आत्माहरु, बौरी उठ्लान् स्वर्ग जान ख्रीष्टको आगमनमा । संसारको रित यही नै सम्झेर आफैँ नि एकदिन मर्नु छ भनेर, दुःखित नहुनु त्यो दिनलाई सम्झेर । खुशीको छाल उर्लिन्छ होला प्रभूको आगमनमा विश्वासीहरुको, बद्लिनेछौँ हामी एकै निमेषमा महिमित शरीरमा । Leave Your Comments!

जीवन मेरो

Tweet जीवन मेरो संसारमा बगिजाने खोला जस्तो, नफर्किने समयजस्तै अनि उडिजाने बादलजस्तो । रमझम संसारमा चारैतिर तर येशूको प्रेम मनभित्र, बोकेर मुटुमा हरपल कलवरीको बलिदानको चित्र । आफ्नो कम्मर सत्यले कसेर सु–समाचारको जुत्ता पहिरेर, आऊँ बाँचौ, अरुलाई बचाऔं ख्रीष्टको सन्देश प्रचार गरेर । Leave Your Comments Here!

आह्वान

Tweet हे युवा साथी हो बढौँ अब एकतामा, आशाको दियो बाल्दै पुगौँ हरेक झुपडीमा । आँसु त्यसै झर्दैन आज मूल्यहीन बनेको छ, रगत यसै बग्दैन आज पानीसरि बग्दैछ । तिम्रा कोमल हातहरु बढाऊ अब सेवाको मार्गमा, ज्योति बालि अन्धकारमा चम्किँदै जाऊ संसारमा । Leave Your Comments Here!

रगतले लेखेको प्रेम

Tweet हामीलाई फूल मनपर्छ, पूर्णिमाको जून मनपर्छ । सुन्दर चीजहरु प्रायः सबैलाई राम्रै लाग्छन् । सुकिलो बालकलाई देख्दा सुम्सुम्याउन मन लाग्छ, गालामा विस्तारै चिमोटिदिन मन लाग्छ । राम्री केटीसँग बाटोमा हामी साटियौँ भने तपाई हामी कोही–कोहीले त फर्की–फर्की हेर्छौँ पनि होला; केटीहरु पनि त्यसै गर्लान् । हेर्नमा सुन्दर लाग्ने कुराहरुप्रति हामी कति सजिलै आकर्षित हुनसक्छौँ; मोहित हुनसक्छौँ । यो पनि प्रेमको कुनै एउटा रुप त अवश्य हो । Photo is taken from movie #Passion_of_the_Christ. प्रेमले प्राप्ति गर्नैपर्ने मानसिकतातिर डो¥याएपछि मान्छेहरु लगभग पागल बन्छन् । यसका आफ्नै सकरात्मक पक्षहरु पनि होलान् तर तपाई हामी जस्ता थुप्रै जवान मित्रहरुले एकअर्कालाई जीवनसाथीको रुपमा प्राप्त गर्नलाई रगतको धारा बगाएकाछन् अनि नपाउँदा ज्यानको आहुति पनि दिइसकेका छन् । प्रेम–पीडामा पर्दा हात काटेर रगत बगाउनु चलचित्रमा मात्र होइन; रियल लाईफमा पनि देखेको छु । सायद तपाईहरुले पनि देख्नुभएकै हुनुपर्छ; कतिपय तपाई आफैँले पनि हात काटिसकेको हुनुपर्छ । ‘म तिमीलाई माया गर्छु’ मात्र भन्दा नटेर्ने तरुणीलाई ...

बारब्बासँग साटेको प्राण

Tweet (२०६२ साल, ओखल्ढुंगा) बारब्बासँग साटेको प्राणले यो मेरो जीवन बाँचिनै रहेछ संसारको आशा, हाम्रो भरोसा ख्रीष्ट येशू प्रभूमा छ । रक्ताम्मे कलवरी, रगतको धारा क्रुसबाट बहेको शास्त्रको वचन पूरा गर्न त्यो रगत बहेको ।

मेरो अठोट

Tweet (२०६२ साल, ओखल्ढुंगा) आफ्नै जीवन यात्रामा रमाइरहन्छु मेरो येशू ख्रीष्टलाई छातिमा सजाउँछु । यो मन कहिले कुन संसारमा पुग्छ रात दिन सँधैभरि कल्पनामा डुब्छ

म बाँच्नुको अर्थ

Tweet आजभोली म धेरै टोलाउन थालेको छु । सपनाको संसारमा हराउँदै जाँदा कतै हाँस्ने क्षणहरु भेटिन्छन् । अनि म, एक्लै–एक्लै पनि हाँस्ने गर्छु । मलाई इन्द्रेणी मन पर्छ । र इच्छा गर्छु– उल्टो देखिने इन्द्रेणीको पनि रंगको चमक अझै चम्के हुन्थ्यो । मलाई फूल मन पर्छ । रातो लालुपाते देख्दा, चिसो सिरेटोको मलाई वास्तै हुन्न । एकाबिहानै पारिजातको बोटमुनि सुगन्ध बटुल्न पनि पुग्छु । कौसीमा गुँड बटुल्दै गरेको परेवाको जोडीले कता–कता गिज्याएझैं लाग्छ मलाई ।

साङ्गितिक कुर्सी खेल र खेलाडीहरु

Tweet यो साँझमा म केही चञ्चल छु । किनकी, केही नेताहरुलाई मेरो घरको भोजमा निम्त्याएको छु, र, घमण्डले मेरो नाक केही चुच्चो भएको छ, किनकी, अब उसो मलाई मानिसहरुले मन्त्रीको नजिकको मान्छे भनेर चिन्नेछन् । तर, रणभूल्लमा पर्छु म, जतिखेर डाइनिङ्ग टेबलमा मासुको ताउलोलाई नेताहरुले पर सारे । ‘कतै मासु मिठो पकाइनौ कि !’ गुनासो पोखेँ श्रीमतिसँग । तिनले जवाफ दिइन् – ‘जिउँदो मान्छे खानेहरु, कहाँ यस्तो खान्छन् र !’

परिवर्तन

Tweet सर्पले काँचुली फे¥यो नयाँ कोमल छाला पायो अनि भ्यागुता खोज्न धानबारीमा पस्यो के ऊ परिवर्तन भयो ? ओठ चलमलाउनु र जिब्रोले केही शब्दहरु फट्कार्नु ठूलो कुरो पटक्कै होइन । हृदय सफा भएका मानिसहरु बहानामा कहिल्यै जिउँदैनन् ।

म इश्वरले झैं सबै सहन सक्दिन

Tweet झट्ट हेर्दा अचानो झैं देखिँदो रहेछु म । त्यसैले, सबैको कुरा सुन्नुपर्ने । सबैलाई हेर्नुपर्ने । सबैको कुरा बुझ्नुपर्ने । ज्ञानी भइदिनुपर्ने । खराबीको हिसाब मैले राखेकै छैन । माफी दिनु कन्जुस गर्दिन म । जुन बाटोमा तिम्रो पाइलाहरु बग्दै गर्दा..... ती दृश्यहरुले मलाई घोच्छन् । तिमी सायद सोच्छौ होला–

एउटा बालक

Tweet ( ०६४।१२।0५) गोधुली साँझमा चराहरु आफ्नो गुँडमा फर्कन अघि , समग्रमा भनौँ– सारा प्राणीहरु आ–आफ्नो बासस्थानमा फर्कन अघि, प्रकृतिको एउटा सौन्दर्य मेरो अगाडि नाचिरहेको छ । एउटा बालक......

सिगाला

Tweet डुब्लो लो खाउमो सित्ली प्वाचोँ प्य्राक्सिवाखो धुलो वालः । उचोँ सित्ली रुम्माखोई ब्आीच्वाँ आरुम रै क्वालछिन मानिमाँ भ्mयाम्–झ्याम ल्वा मासिम्या तिचो टुन्चिक–टुन्चिक पुम्मे । नाक्सो ब्वारिम्माक प्वाब्बुन्चो पाः न्वा राङ्घोँ रामभोरी सेरा ब्रासै झ्वा:झ्वा–झ्वाऊ देम्मे । वाब्लाचो चैँ ब्लोःलिख्खी–गुर्था मुसिमाक जुम्सिम् । पाः क्वाट्खेप ल्वास् येबः । वाब्लाचोँ ड्अुसुम् उटुहिम् । राङ्घो लाई याः ब्लो ख्वा वाप्तुम् ब्लोः आम्स्यालाङ्ग भानालपट ब्वार्सिम् । राङ्घो ट्वामाचिन्ची फिँःयाल्च्वा झस्को वाब्लाचोँ ल्आः लो ब्लाः । उसु चुरुचुरु; आसतिवाइँ राङ्घो आयेः । ब्लोःलिख्खी सबै रुम्मे इस्तिवाइँ राङ्घो आयेः । वाब्लाचो खाखाःयुयु जोसिम् । झ्वाम्पाल आँ पिन्याम खोः राङ्घोँ फुटिर टुबिम् । राङ्घोँ ल्याप्सु रुप्ची–रुप्ची दुम्मे इम्ब्वाल्वाई राङ्घो आयेः । इल बाक्चो रुच्चो मुयोतिचो खो सिगाला थार्सिम्याँ योर पाम्मे । पिण्डीलो नाइचो उमोः ‘त्याँ सिचाम पात्ला आःब्याम् रै’ द्यान्सै ग्व्राःक्वा–क्वा ख्राम्मे । (समाप्त) Leave Your Comments Here!

छड्के बाटो र चुरोटको धुँवाहरु

Tweet बाइबलमा ‘चुरोट’ शब्द सायद कहीँ पनि उल्लेख छैन । यसको सेवनले व्यक्तिलाई असर गर्छ । सूर्ती सेवनले मुख तथा श्वासप्रश्वास प्रणालीमा केही न केही नोक्सानी अवश्य ल्याउँछ । यो कुरा तपाईँ हामी सुर्ती सेवन गर्ने नगर्ने सबैलाई थाहा छ । यसो हुँदाहुँदै चुरोट पिएर पनि असी वर्षसम्म बाँचिन्छ भने किन चुरोट छाड्ने भन्नेको जमात पनि उत्तिकै छ । यो चाँहि चुरोट पिउने एउटा राम्रो बहाना हो । चुरोटकै बट्टामा पनि लेखिएको हुन्छ ‘सुर्ती सेवन स्वास्थ्यको लागि हानिकारक छ’; अझ हेर्दै आङ्ग जिरिङ्ग हुने तस्वीर समेत खोलहरुमा छपाइएको हुन्छ । यसरी परमेश्वरको मन्दिरलाई दुषित पार्ने वा हानि गर्ने कुरादेखि इसाईहरु टाढा रहनुपर्ने होइन र ? चुरोटको तलतल कहाँ लाग्छ ? यो भोकाएको जस्तो हो कि वा तिर्खाएको जस्तो हो वा कतै निन्द्रा नपुगे जस्तो हो; मलाई केही थाहा छैन र थाहा पाउनु पनि नपरोस् । तपाई हाम्रा मण्डलीका सदस्यहरुलाई चुरोट पिउनु वर्जित छ । हुन त बाटोमा हिँड्दा थुप्रैले चुरोट पिइरहेका हुन्छन्; तर हाम्रा इसाई दाजुभाईहरु पनि कहिलेकाँही फेला पर्छन् । विश्वासीको हातमा चुरोट अति अशोभनीय देखिन्छ साथै यस्तो बेलामा क...

सपना–२: ‘हूलदङ्गामा मलाई पनि गोली लाग्यो’

Tweet ( मितिः २०६३ भदौ १९ गते । ) म आफ्नै घरमा थिएँ, जहाँबाट मैले मेरो क्याम्पसको क्लास धाउने निर्णय गरेँ । म ड्रेस लगाएर तयार भएँ । मेरो लागि सर्ट एकदमै छोटो भइराखेको थियो । म मेरो बुवासँगै यो यात्रा थाल्छु । कसरी धरान पुगँे, पत्तो छैन । त्यसबेला मैले एकजना साथीको मागेर बजाउँदै गरेको गिटारको तार चुँडिएको सम्झेँ अनि हामी त्यहाँको एउटा पुस्तक पसलमा तार किन्न गयौँ । उक्त पसलमा थुप्रै कालो गिटारहरु पनि झुण्ड्याइएका थिए, जसले पहाडमा छोडिएको आफ्नै कालो गिटारको याद पनि दिलाइरहेको थियो । दुर्भाग्यवश हामीले तार नपाएपछि मेरो नौलो यात्रा सुरु हुन्छ भने बुवासँगको यात्रा यहि समाप्त हुन्छ । वास्तबमा म क्याम्पसतिर गइरहेको हुन्छु तर मैले बाटो बिराएँ कि भनेर कता–कता डराइराखेको थिएँ ।  बाटोमा हुलदंगा थियो, जहाँ जुलुस भइराखेको थियो । म पनि कसैको पक्ष लिएर नारा लगाउन थालेँ । अकस्मात् त्यहाँ फायरिङ चल्न थाल्यो । थुप्रै मान्छेहरु ढल्न थाले, मलाई पनि मेरो देब्रे काँधमा गोली लाग्यो; अनि म पनि ढलेँ । त्यहाँ डर–त्रासले मानिसहरु तितरबितर हुन थाले र म सँगै घाइतेहरुको चित्कार सुनियो । हामीलाई ...

सपना–१: ‘पेकुको रात्री क्यारोल’

Tweet ( मितिः २०६३ साउन १९ गते ) म कहाँबाट घरमा पुगेँ, त्यो मलाई थाहा छैन; तर यो प्रष्ट छ कि म कतै टाढादेखि भर्खर मात्र घरमा आईपुगेको छु । अनि मैले सम्झेँ पेकुमा क्यारोल भइरहेको कुरा । अनि म त्यहाँ जानको लागि तयार भएँ । हिँडेको मलाई याद छैन, एकैचोटि म आहालेमा समुयलको घरमा पुग्छु, त्यहाँका मान्छेहरु आ–आफ्नै काम गरिरहेका हुन्छन् । मैले सोधेँ–‘तपाईंहरु जानुहुन्न ?’ यस प्रश्नको उत्तर म पाउँदिन । ‘जानुहुन्छ भने जाउँ है !’ भन्दै म त्यहाँबाट हिँडे । झमक्क साँझ परेको छ, तर म जोशसाथ त्यो नौलो यात्रा थाल्दैछु.... । जब म हिँडिरहेको थिएँ..............बाटोमा मभन्दा माथितिर डिलहरुमा थुप्रै मान्छेहरु बसिरहेका थिए, मैले सोचेँ–‘यिनीहरु कतै खाउमो (भोज)मा गएका होलान् ।’ जसहरुका माझमा मेरो साथी मोहनलाई पनि देखेँ । आखिरमा थाहा भयो, कि उनीहरु कुनै मेलामा गइरहेका रहेछन् । हामी हुलमुल भएर हिँड्न थाल्यौँ । मैले विचार गरेँ, सायद अहिले पेकुको घनेशको घरमा क्यारोल भइरहेको होला ! तर............जब हामी खुला ठाऊँमा आइपुग्यौँ, मैले देखेँ कि पेकु गाऊँ मैले सोचेजस्तो थिएन । क्यारोल अबिराजको घरमा भइरह...

उपत्यका

Tweet धरहराबाट धुलो र धुँवाको तुँवालोले छोपिएको सहरलाई हेरें । अनि सोचें– के यो सिमेन्टको घारीमा फूल फुल्न सक्छ ? के कतै फूल रोप्ने फूलबारी होलान् ? यो उपत्यका डाँकु र हत्याराको शरणास्थान भएको छ । चोरहरु यो सहरमा छिरेपछि लामो सास फेर्छन् । भीडहरुमाझ हिँड्दै जाँदा कति पल, ठोक्किएका छौं तिनीहरुसँग । तर कसले भन्न सक्छ– कि तिनीहरु हत्यारा थिए ? कसको निधारमा डाँकुको मोहोर लगाइएको छ र ? रक्तपातपूर्ण हात लिएर, अन्तरे दाई यही कतै विलिन भएकाछन् । उनले खुकुरीले छप्काएकाहरुको आत्मा खोलाहरु हुँदो अझै भड्किराख्दो हो । भेटियो भने, उसको दौराको फेरबाट, रगतको टाटा र गन्ध अझै हराएको छैन होला । हाय उपत्यका ! तिमी विष गर्भधारण गरिरहेछ्यौ । हुर्किरहेछन् साँप तिम्रो गर्भमा । तिम्रो घोर अन्धकार छत्रछाँयामा महिषासुर र गोल्यत खित्का छाडी हाँसिरहेछन् । (समाप्त) Leave your comments here!

मेरो पहिलो प्रेम

Tweet हरेक दिन मसँग रमाउने एउटा कारण छ सम्झन्छु तिम्रो अगापे प्रेम, मन मेरो रमाउँछ ।  मैले प्रेम गर्न अघि मलाई प्रेम गर्ने मेरो पहिलो प्रेमी येशू, बाटो हराएको म यात्रीलाई खोजी भेट्टाउने मेरो पहिलो प्रेमी येशू । मरुभूमीमा काँडाहरुले विझाउँदै आफैँलाई प्रेमको छहारी पाउने आशामा डुलिहिँडेछु, क्षणिक संसारको हराइजाने अभिलाषासँगै बनावटी हाँसोमा रमाउने कस्तो गल्ती गरेछु . विगतलाई भूलेर आज म आनन्दित छु, खुशी छु ख्रीष्टको असीम न्यानो प्रेमको अंगालोमा छुँदैनन् आज मलाई कुनै चोटले, दुःख–पीडाले विश्राम पाउँछु म, निको हुन्छु म क्रुसको फेदीमा । -----------------0---------------- Leave your comments here!

मेरो देशमा फूल फुलोस्

Tweet मेरो देश सदोम र गमोरा जस्तै  स्वर्गबाट आगो वर्षिएर भष्म पारिन योग्यको देश । जहाँ, खरानीको बादल सँधै मास्तिर गइरहन्छ । यहाँ,  फूल फुल्न गाह्रो छ । कोपिला फक्रिन नपाउँदै आफ्नो कुमारित्व गुमाउन बाध्य पारिन्छन् । यहाँ, सत्य सगरमाथाबाट डुल्दै–डुल्दै मधेशी फाँटमा आइपुग्दा पनि खुट्टा राख्ने ठाऊँ नपाएर फेरि आफ्नै ठाऊँमा फर्किन्छ । यहाँ, रुख ढालिन्छन् तर विरुवा रोपिँदैनन् । भित्ता र छानो भत्काइन्छन्, र फेरि जग बसालिँदैनन् । यहाँ, बग्ने पसिना विश्वभरिमा नै सबभन्दा सस्तो छ । हामीलाई हाम्रो आयु लामो र कठीन लाग्छ, किनकी, हाम्रो समय सस्तो छ । यहाँ, घाइते मान्छे छटपटाएको हेर्न हजारौं मानिस एकैछिनमा भेला हुन्छन्,  तर, घाइतेलाई उठाउने कोही हुँदैनन् । यहीँ नै हो मेरा देश जहाँ, ट्रकलाई ब्याक गरेर मान्छे मारिन्छ । यहाँ, बालबालिकाहरुको आशा टुटाइन्छ । वृद्ध–वृद्धाको लठ्ठी भँचाइन्छ । उनीहरुको वेदनाको करुण रुवाई कसै–कसैलाई मधुमासमा बज्ने प्रेमगीत जत्तिकै प्यारो छ । यहाँ, सुँगु...

फेसबुकको सदुपयोग गरौं

Tweet                   मार्क जुकरबर्गद्वारा सञ्चालित सामाजिक सञ्जाल फेसबुक अब मानिसहरुकालागि अनिवार्य जस्तै हुन थालेको छ । किशोर किशोरीदेखि लिएर वयस्क–वृद्धवस्था सम्मका मानिसहरुले फेसबुक चलाउँछन् । टाढा रहेका परिवार, साथी–भाई तथा आफन्तसँग नजिक रहन सक्ने एउटा राम्रो माध्यम फेसबुक बनेको छ । कम्प्यूटर, ल्यापटप वा मोबाइल पक्रेर कोठाको एउटा कुनामा बसेर विश्वको कुनै कुनामा फेसबुक चलाइराखेका मित्रहरुसँग एकैपटक भलाकुसारी गर्न पाउनु आफैंमा अत्यन्तै रोचक छ । प्रविधिको यस्तो विकासले गर्दा मानवजीवनकालागि सञ्चार सहज भएको छ, यस्तो ज्ञान दिनुहुने परमेश्वरलाई सदैव महिमा होस् ।                 फेसबुककै माध्यमबाट हामी आफ्ना साथीहरुको वा कुनै व्यक्तिको बारेमा अझ बढी जानकारी हासिल गर्न सक्छौँ, उनीहरुले अपलोड गरेका तस्बीरहरुबाट, भिडियोहरुबाट, स्ट्याटस्बाट अनि नोटहरुबाट । एउटा अर्थमा यसो पनि भन्न सक्छौं कि फेसबुकले गर्दा अब कोही पनि साधारण मानिस र...

आखिरी युद्ध

Tweet दुश्मनले धावा बोल्यो युद्धको । अनि दुश्मनहरुले आफ्नो तरवार उध्याउन थाले, भाला चम्काउन लागे । आधुनिक देखि आणविक सम्मको हातहतियार भिरे । उनीहरुले हाम्रो नाम समेत सुन्न चाहँदैन थिए । हामीलाई मेटाउन चाहन्थे सदाको लागि । किनकी, उनीहरुलाई महिषासुर र रावणको हाँसो प्यारो थियो । उनीहरु हिटलरका साझेदार थिए । ठूलै रकम खर्चेर गोल्यतलाई आफ्नो पक्षमा पारे । उनीहरु अन्धकारमै रहन उचित ठाने । ज्योतिमा आउँदा– उनीहरुको नग्नता भंग हुने डर थियो । निर्दोषहरुको रक्तपात गरेको पोल खुल्न सक्थ्यो । उनीहरुलाई– हत्यारा, बलात्कारी, शोषकी भनेर टाढैबाट सबैले औँल्याउन सक्थे । यसैले– उनीहरुले हामीलाई घृणा गरे, र हामीलाई निभाउन चाहे । ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकी उनीहरुका काम दुष्ट थिए । यता हामी भने– प्रार्थनामा लागिरह्यौँ । आफ्नो कम्मर सत्यले कस्यौँ । धार्मिकताको छातीपाता भि¥यौँ । सु–समाचारको जुत्ता लायौँ । विश्वासको ढाल उठायौँ । मुक्तिको टोप लगायौँ । पवित्र आत्माको तरवार भि¥यौँ । रणभूमीमा हामीलाई रित्तै देखेर दुश्मनहरुको ...

येशूको-सवाल-जवाफ

Tweet         बाइबलले प्रष्ट बताउंछ कि येशू किशोर अवस्थादेखि नैै वाकपटुतामा प्रखर ठहरिनुभएको थियो (लूका २:४६) । वर्तमान समयमा विश्वासीहरु माझ टड्कारो देखिएको आवस्यकता यो पनि हो कि हरेक प्रश्नको सवाल जवाफ उचित तरिकाले दिन सक्नु । जसका लागि सयौं ठाउंमा आयोजना गरिने विभिन्न लिडरशीपको तालिम तथा क्याम्पहरुमा सहभागी भएर मात्र पर्याप्त हुंदैन, सही खुराक त येशूबाटै लिनुपर्छ ।         चालिस दिने उजाडस्थानको उपवासको भोकले विक्षिप्त बनेका येशूलाई सजिलै आफ्नो आज्ञामा झुकाउन सकिने ठहर शैतानले गर्यो । अझ परमेश्वरको वचनलाई नै प्रयोग गरेर येशूलाई परीक्षामा पार्ने रणनीति उसले लियो । शैतानले प्रस्तुत गरेको तीनवटा प्रश्नहरु मामूली चुनौतीपूर्ण थिएनन् । पहिलो, शैतानले येशूलाई भन्यो – ’यदि तपाई परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरुलाई रोटी बन्ने आज्ञा दिनुहोस् ।’ अब यो आज्ञा नमानेमा वा गर्न नसकेमा येशू परमेश्वरको पुत्र नहुन सक्ने खतरा स्पष्ट थियो ।...

एकदिनको दैनिकी: ‘हाम्रो यहाँ रहिरहने शहर छैन’

Tweet असार ३, २०७१ । एकाविहानै बाटोमा एउटा महिला रिक्सामा आफ्नो नानीसँग रुँदै मेडिकलतिर दौडिइन् । बच्चालाई के भएको हो थाहा भएन । तरै पनि बच्चा बेहोस थियो । आमा भने–‘छोरा तँलाई के भयो ? तँलाई केही नहोस् है !’ भन्दै रुँदै, बर्बराउँदै थिइन् । केही प रसम्मबाट पनि त्यो करुण क्रन्दन सुन्न सकेँ । अर्को घुम्तीमा मोडिएर ओझेल नभएसम्म मैले त्यो रिक्सा हेरिँरहेँ । एकप्रकारले भनौँ ती आमाको वेदनामिश्रित स्वरले मेरो हृदय तोडियो । अफिसमा पुगेर इमेल चेक गर्दा इनबक्समा दुःखद खबर आइसकेछ । खोलेर हेर्नैपर्यो, हेरेँ । सँस्थाकै एकजना चिरपरिचित स्टाफले झण्डै मेरो आफ्नै उमेरको कल्कलाउँदो छोरालाई दुर्घटनामा गुमाउनुभएछ । यो सोच्न पनि नसिकने एउटा भयावह अवस्था थियो । उहाँहरुको शोकित परिवारको सान्त्वनाको लागि प्रार्थनाको आह्वान भएको रहेछ । दिउँसोको समय ढल्किनै लाग्दा म आफ्नो सुपरभाइजर सरसँग सुनसरीको झुम्कातिर हान्निएँ । सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासी–हुकुमबासी सबैको उठिबास लाउँदै रै’छ सरकारले । रमितेहरुको ठूलो भीड थियो, हामी प...