( ०६४।१२।0५)
गोधुली साँझमा
चराहरु आफ्नो गुँडमा फर्कन अघि ,
समग्रमा भनौँ–
सारा प्राणीहरु आ–आफ्नो
बासस्थानमा फर्कन अघि,
प्रकृतिको एउटा सौन्दर्य
मेरो अगाडि नाचिरहेको छ ।
एउटा बालक......
म बसेको छेऊ आएर
मलाई चारैतिर क्वारक्वार्ती हेरेर
ममा केही खोजेझैँ ग¥यो ।
उसका ती घुम्रिएका कपाल
अनि मैलो कमिज र सुरुवाल...
उसमा अबोधपनाको एउटा सुन्दरता देखिरहेँथेँ ।
मैले केही बोलिन
र उसले पनि केही बोलेन ।
केवल मलाई हेरेर टोलाइरह्यो
भावहीन अवस्थामा......मन्द ढुकढुकीसँगै ।
उसका ती बाटुला आँखाहरुमा
मेरो झूटो छाँया प्रतिविम्बित भएझैँ लाग्यो ।
मैले पनि घुरेर हेर्न थालेँ
उसले हे¥यो जसरी ।
त्यसैबेला कोही आयो....
सायद ऊ कोही प्रतिष्ठित मानिस हुनुपर्छ ।
अनि बालकलाई तथानाम गाली गर्दै
नेपथ्यमा बिलायो ।
तर बालकले ऊप्रति ध्यानै दिएन ।
म जान्दछु,
मायाको सानो ओत खोज्दै
केही पाउने आशामा.......
अदनको बगैँचाको मालिकको प्रतिरुपले
मलाई हेर्दै टोलाइरहेछ ।
मसँग पनि के नै थियो र ?
अनायसै मुसुक्क मुस्कुराइदिँए ।
अनि भनेँ–
‘तिमी सुन्दर छौ र संसारको लागि महत्वपूर्ण छौ ।’
ऊ पनि मुस्कुरायो ।
अनि शिर झुकाउँदै आफ्नो बाटो लाग्यो ।
हेर्दा केहि देखिएन ।
कसैले केही देखेन ।
तर
उसले केहि पायो ।
मैले पनि केहि दिएँ ।
अस्ताउँदो घामसँगै
संसारले एउटा नयाँ पाठ सिकेरै छाड्यो ।
(समाप्त)
गोधुली साँझमा
चराहरु आफ्नो गुँडमा फर्कन अघि ,
समग्रमा भनौँ–
सारा प्राणीहरु आ–आफ्नो
बासस्थानमा फर्कन अघि,
प्रकृतिको एउटा सौन्दर्य
मेरो अगाडि नाचिरहेको छ ।
एउटा बालक......
म बसेको छेऊ आएर
मलाई चारैतिर क्वारक्वार्ती हेरेर
ममा केही खोजेझैँ ग¥यो ।
उसका ती घुम्रिएका कपाल
अनि मैलो कमिज र सुरुवाल...
उसमा अबोधपनाको एउटा सुन्दरता देखिरहेँथेँ ।
मैले केही बोलिन
र उसले पनि केही बोलेन ।
केवल मलाई हेरेर टोलाइरह्यो
भावहीन अवस्थामा......मन्द ढुकढुकीसँगै ।
उसका ती बाटुला आँखाहरुमा
मेरो झूटो छाँया प्रतिविम्बित भएझैँ लाग्यो ।
मैले पनि घुरेर हेर्न थालेँ
उसले हे¥यो जसरी ।
त्यसैबेला कोही आयो....
सायद ऊ कोही प्रतिष्ठित मानिस हुनुपर्छ ।
अनि बालकलाई तथानाम गाली गर्दै
नेपथ्यमा बिलायो ।
तर बालकले ऊप्रति ध्यानै दिएन ।
म जान्दछु,
मायाको सानो ओत खोज्दै
केही पाउने आशामा.......
अदनको बगैँचाको मालिकको प्रतिरुपले
मलाई हेर्दै टोलाइरहेछ ।
मसँग पनि के नै थियो र ?
अनायसै मुसुक्क मुस्कुराइदिँए ।
अनि भनेँ–
‘तिमी सुन्दर छौ र संसारको लागि महत्वपूर्ण छौ ।’
ऊ पनि मुस्कुरायो ।
अनि शिर झुकाउँदै आफ्नो बाटो लाग्यो ।
हेर्दा केहि देखिएन ।
कसैले केही देखेन ।
तर
उसले केहि पायो ।
मैले पनि केहि दिएँ ।
अस्ताउँदो घामसँगै
संसारले एउटा नयाँ पाठ सिकेरै छाड्यो ।
(समाप्त)