सर्पले काँचुली फे¥यो
नयाँ कोमल छाला पायो
अनि भ्यागुता खोज्न धानबारीमा पस्यो
के ऊ परिवर्तन भयो ?
ओठ चलमलाउनु
र जिब्रोले केही शब्दहरु फट्कार्नु
ठूलो कुरो पटक्कै होइन ।
हृदय सफा भएका मानिसहरु
बहानामा कहिल्यै जिउँदैनन् ।
स्वास्थ्य किताब पढाउने शिक्षकले
अफिसको पर्खालको सुरमा अढेस लाएर
हाफ् छुट्टीमा चुरोट पिउँदा
हामी धेरैचोटी अलमलमा परेका छौँ ।
कुकुर आफ्नै बान्तामा फर्किजाँदो रै’छ
नुहाइएको सुँगुर हिलोमा फर्किजाँदो रै’छ
गाऊँमा बस्दा तीनपाने, अमेरिकामा पुग्दा वाइन्
त्यसोभए खोइ त परिवर्तन ?
एउटा झुसिलकिरा पात खान्थ्यो
जीऊभरि काँडैकाँडा भएको
जसलाई देखेर तरुणीहरु तर्सिन्थे ।
जब बेला आयो–
त्यहीँ झुसिलकिरा एक रंगीन पुतली भयो ।
आफ्नो पूरानो खोक्रोलाई छोडेर
हावामा उड्यो
फूलको रस चुस्दै–चुस्दै उड्यो
बाँकी बाँचुञ्जेलसम्मै यस्तै भयो ।
अझ अर्को महान परिवर्तन
गाडिएको तीनदिन–तीनरात पछि
एउटा आवाजले भन्यो–
‘उहाँ यहाँ हुनुहुन्न,
तर जिवित भइ उठ्नुभएको छ ।’
पत्रुस दगुर्दै–दगुर्दै आयो
र चिहानभित्रै पस्यो ।
अनि उसले त्यहाँ
येशूको लासलाई बेहरिएको कात्रो मात्रै देख्यो ।
अहो कस्तो महान् परिवर्तन !
(समाप्त)
नयाँ कोमल छाला पायो
अनि भ्यागुता खोज्न धानबारीमा पस्यो
के ऊ परिवर्तन भयो ?
ओठ चलमलाउनु
र जिब्रोले केही शब्दहरु फट्कार्नु
ठूलो कुरो पटक्कै होइन ।
हृदय सफा भएका मानिसहरु
बहानामा कहिल्यै जिउँदैनन् ।
स्वास्थ्य किताब पढाउने शिक्षकले
अफिसको पर्खालको सुरमा अढेस लाएर
हाफ् छुट्टीमा चुरोट पिउँदा
हामी धेरैचोटी अलमलमा परेका छौँ ।
कुकुर आफ्नै बान्तामा फर्किजाँदो रै’छ
नुहाइएको सुँगुर हिलोमा फर्किजाँदो रै’छ
गाऊँमा बस्दा तीनपाने, अमेरिकामा पुग्दा वाइन्
त्यसोभए खोइ त परिवर्तन ?
एउटा झुसिलकिरा पात खान्थ्यो
जीऊभरि काँडैकाँडा भएको
जसलाई देखेर तरुणीहरु तर्सिन्थे ।
जब बेला आयो–
त्यहीँ झुसिलकिरा एक रंगीन पुतली भयो ।
आफ्नो पूरानो खोक्रोलाई छोडेर
हावामा उड्यो
फूलको रस चुस्दै–चुस्दै उड्यो
बाँकी बाँचुञ्जेलसम्मै यस्तै भयो ।
अझ अर्को महान परिवर्तन
गाडिएको तीनदिन–तीनरात पछि
एउटा आवाजले भन्यो–
‘उहाँ यहाँ हुनुहुन्न,
तर जिवित भइ उठ्नुभएको छ ।’
पत्रुस दगुर्दै–दगुर्दै आयो
र चिहानभित्रै पस्यो ।
अनि उसले त्यहाँ
येशूको लासलाई बेहरिएको कात्रो मात्रै देख्यो ।
अहो कस्तो महान् परिवर्तन !
(समाप्त)