Skip to main content

Posts

Showing posts with the label Blog

गाऊँ घरतिरको एकहप्ते बसाइ (संस्मरण)

धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् । घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ । भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि,  कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।

नानीहरुको तोतेबोली सुनेर को झर्किन्छ र !

भनिन्छ, परिवारमा खुशी छाइरहनको लागि बाल–बालिकाहरुको ठूलो भूमिका हुन्छ । नानीहरु हुँदा श्रीमान्–श्रीमतीको झगडा पनि कम हुन्छ, भएको झगडा पनि नानीको कारण सबै आफै ठीक हुन्छ रे भन्ने सुनेको छु । सबभन्दा ठूलो खुशी बाजे–बोजुहरुलाई नै हुन्छ जस्तो लाग्छ । हरेकको सपना हुन्छ रे ! आफ्ना नाति–नातिनाहरुसँग खेल्ने । नाति–नातिनाहरुसँग वृद्ध–वृद्धाहरु हाँस्दै खेल्दै गरेका दृश्य बडो करुण हुन्छ । उखानै छः ‘सावाँ भन्दा बढी ब्याजको माया’, होइन त ? कुनै समय मैले काम गरेको अफिसका हाकिम, जस्तोसुकै तनावमा काम गरिरहेको वा केही सोचिरहेको किन नहोस् । जब उहाँकी २ वर्षे छोरी सेतो जामा लगाएर मुस्कुराउँदै टुकुर–टुकुर अगाडि आउँथिन्, मेरो सर जुरुक्क उठेर छोरीलाई बोक्नुहुन्थ्यो, मायाले चुम्नुहुन्थ्यो । छोरीसँग तोतेबोलीमा कुरा गर्दै यता–उता डुल्दै गर्दा म उहाँको मुहारमा तनावको एउटा धर्सोसम्म देख्दिनथेँ । घरि–घरि म तिर फर्केर भन्नुहुन्थ्योः ‘तपाईँलाई छोरा–छोरीको माया कस्तो हुन्छ भनेर केही थाहा छैन ।’ म दँग पर्थें, अविवाहित मान्छेले कसरी थाहा छ भनुँ ? तर, ती दृश्यहरु देख्दा म भित्रभित्रै रमाइरहेको हुन्थेँ ।

जे छ, त्यहीँबाटै प्रभुको महिमा

प्रभु येशूको अघिपछि प्रायः भीड हुन्थ्यो । निको हुनलाई मात्र भीडले उहाँलाई पछ्यायो वा परमेश्वरको योजनामा मानिसहरु भेला हुन्थे, त्यो कुरा १२ प्रेरितहरुले नै जानुन् । एकपटक येशूले भीडलाई परमेश्वरको राज्यको बारेमा सुनाउँदा–सुनाउँदै दिन ढल्कन लाग्यो । न त सुनाउनेको, न त सुन्नेहरुको धीत म¥यो, व्यवस्थापनमा खटेका चेलाहरुलाई उकुस–मुकुस पर्न थाल्यो । किनकी, उनीहरु निर्जन ठाउँमा थिए र करिब ५ जना पुरुषहरु (कतिपय उनीहरु आफ्नो परिवार सहित पनि आएका हुनसक्छन्) को निम्ति भोजनको खासै उपाय थिएन । अन्त्यमा चेलाहरुले येशूलाई ‘भीडलाई अब बिदा दिनु’ भनी सुझाए । तर येशूले ‘तिमीहरुले नै तिनीहरुलाई खान देओ’ भन्नुभएपछि चेलाहरुले अब बजारमा गएर भोजन किनेर ल्याउनुपर्ने बोझको महशुस गरे । तर येशूले उनीहरुसँग उपलब्ध ५ रोटी र २ माछाबाट नै ५ हजार जनालाई तृप्त पार्ने उपाय निकाल्नुभयो । आखिरमा सबै तृप्त भइसकेपछि पनि उबे्रका टुक्राहरु बटुल्दा उल्टै १२ डाला जति भयो । (लुका ९ः१०–१७) । यो एउटा चमत्कार थियो, वा भनुँ यहोवा यिरेको एउटा काम गर्ने स्टाइल । एक विवाह भोजमा सोमरस (दाखमद्य) सकिएपछि येशूले घ्याम्पाहरु भरि पानी भर्न ल...

ए वैद्य, आफैँलाई निको पार !

कुनै समय कुष्ठरोग एक घृणित रोग थियो । यसको उपचार थिएन । कुष्ठरोगलाई मानिसहरु पूर्वजन्मको पापको परिणाम भन्थे । यो रोग लागेकाहरुलाई परिवार, समाजबाट अलग गरिन्थ्यो, उनीहरु छुट्टै ठाऊँमा बस्थे । कुनै एउटा बस्ती थियो, जहाँ ४० जना कुष्ठरोगीहरु बस्थे । संसारले कुष्ठरोगको निदानको उपाय पत्ता लगाइसकेपछि एकजना डाक्टर दयाले भरिएर ती ४० जना कुष्ठरोगीहरुको उपचारको निम्ति उक्त बस्तीमा डेरा सारे । अनि दैनिक ती ४० जना कुष्ठरोगीहरुको उपचारमा तल्लीन हुन लागे ।

‘आइएनजीओ’का हाकिम सा’पको रोमाञ्चक फिल्ड भिजिट

एकजना आईएनजीओका ठूलै कर्मचारी (हाकिम) फिल्ड भिजिट गर्न गाऊँतिर गए । कच्ची बाटो भए पनि धान पाकेर पहेँलपुर खेतको बीचबाट भएर जाँदा उनलाई निकै रमाइलो अनुभूति भयो । मन–मनमा बोल्योः ‘खासमा बस्नुपर्ने त गाऊँतिरै हो । स्वच्छ हावा, अर्गानिक सब्जीहरु, शान्त वातावरण.... वाह !’ लामो सास फे¥यो । ‘वास्तवमा म कस्तो परिबन्धमा छु । विकट गाऊँको लागि आएको पैसाबाट पाएको तलबले नै घरमा चुलो बल्छ । ग्रामिण विकासकै लागि भनेर विकासे कार्यक्रममा हिँड्न थालेको १० वर्ष भइसक्यो । म आफैँ चाँहि सहरमा बस्छु । चिया खान जान पनि अफिसकै पजेरोमा...। कहिलेकाँही त ग्लानी भएर आउँछ’ उसले अझै मनमा कुराहरु गुन्दै गयो । ‘तर म मात्रै हो र ! यस्ता एनजिओ–आईएनजीओमा काम गर्ने कति हुन्छन् कति ? प्रोजेक्ट सकेपछि फेरि आफू कहाँ पुगिने कुनै ठेगान छैन, आफ्नै भविष्य अनिश्चित । आखिर पेन्सन पाक्ने होइन क्या रे ! सकिन्जेल राम्रो गर्ने न हो’ उसले मन बुझायो ।

‘बुवाको प्रेम के हो ? कस्तो हुन्छ ? मैले महशुस गर्न पाइँन ।’

(एक प्रेरणादायी जीवन गवाही) केही दिन अघि सियोन मेथोडिष्ट चर्च धरानको वार्षिक युवा सम्मेलनमा सहभागी हुने मौका पाएको थिएँ । जहाँ मैले सुनेको वक्ताज्युकोे गवाहीको सार संक्षेप यस्तो छः हाम्रो परिवार हेटौँडाबाट काठमाडौँ बसाइँ सरेको थियो । बुवाको जागिर राम्रै थियो । सबै हाँसी–खुशी बाँचिरहेका थियौँ । म कक्षा ३ मा पढ्दाको कुरा हो; एक दिन बिहानै कसैले ढोका ढकढकायो । बुवा हप्ता दिनदेखि घर फर्कनुभएको थिएन । हामीलाई थाहै थिएन उहाँले कान्छी आमा ल्याइसक्नुभएको रहेछ । कान्छी आमा र उहाँ मिलेर हामी बसेको घर जग्गा र घरका सम्पूर्ण सामानहरु बेचिसक्नुभएको रहेछ । ढोका खोल्दा थुप्रै मान्छेहरु बाहिर जम्मा भइसकेका रहेछन्; उनीहरुले हामीलाई घरबाट निकालिदिए । हामीमाथि कल्पना नै नगरिएको बज्रपात प¥यो । म, आमा अनि एक भाई र बहिनीलाई लिएर बाहिर निस्कियौँ । हामीसँग सानो लुगाको पोको बाहेक साथमा केही पनि थिएन । पछि कान्छी आमा आफ्नो माइतीघर फर्कनुभयो र बुवा पनि उतै; बुवाले हामीलाई खोज्ने झन्झट कहिल्यै गर्नुभएन । बुवा हुनुको जिम्मेवारी उहाँलाई कहिल्यै महशुस भएन ।

फेसबुकमा अटोमेटिक प्ले हुने भिडियोलाई कसरी रोक्ने ?

फेसबुकमा अटोमेटिक भिडियो प्ले हुनुको आफ्नै फाइदा र बेफाइदाहरु छन् । बेफाइदाहरु तिनै हुन् कि तपाईंले हेर्न नचाहेको भिडियो पनि बफरिङ्ग हुन सुरु भएर इन्टरनेट स्लो हुन जान्छ र धेरै डाटाको अनावश्यक खर्च हुन्छ । यो फिचर अन हुँदा साउन्ड बिना भिडियोहरु चल्न थाल्छन् जसबाट उक्त भिडियोलाई हामी कास्टिङ्गको रुपमा देख्न सक्छौँ ।  यदि यो अटोमेटिक भिडियो प्ले हुने फिचर तपाईंको लागि बाधाको कारण भएको छ भने यहाँ केही स्टेप्सहरु दिइएको छ । जसलाई फ्लो गरेर यो फिचर अफ गर्न र इन्टरनेटको अनावश्यक खर्च घटाउन सक्नुहुन्छ । यो फिचर अफ गरेपछि तपाईले हेर्न चाहेको भिडियोमा क्लिक गरेपछि मात्र बफरिङ्ग सुरु हुन्छ । तरीकाहरु यस्ता छन्ः

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

सुन्दरताको बारेमा केहि कुरा...

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।

सम्झनामा के.पी. देवकोटा

Rev. KP Devkota, Coordinator: IFES Past: General Secretory of  NBCBS ...कारणवश उक्त शनिबारको दिन म इटहरी शालोम एजी चर्चको आराधना सँगतिमा बस्ने मौका जुरेको थियो । वचनको समय अघि वक्ताको बारेमा पाष्टर मुकुन्द रिजालले केही शब्द भन्नुभयोः ‘आज हाम्रा माझमा के.पी. दाजु आउनुभा’छ; उहाँ ख्रीष्टियान विद्यार्थीहरुका लागि यो उमेरमा पनि नेपालको हिमाल, पहाड, मधेश गर्दैहुनुहुन्छ । आउनुस, उहाँलाई स्वागत गरौँ ।’ पहिलोपटक मैले उहाँलाई त्यहिँ देखेको थिएँ । साँच्चै एनविसिविएसको लागि उहाँले गनुभएको मेहनत र दिनुभएको समयको तारिफ गर्नेहरु आज हाम्रो माझ प्रभुका जनहरु प्रशस्तै छन् । उनै केपी देवकोटा अब हाम्रो माझ हुनुहुन्न; उहाँ प्रभुमा सुत्नुभएको छ ।

भुकम्पका धक्काहरु...

 (एक अनुभव) मैले जीन्दगीमा महशुस गरेका भुकम्पका धक्काहरुको केही सँस्मरण यहाँ लेखेको छु । फुर्सद हुने र रुची हुनेले मात्र पढ्नुहोला । मनको खसखस थाम्न नसकेर मात्र शेयर गर्न खोजेको हुँ । १. पहिलो धक्काः म सानै थिएँ, करिब ११–१२ वर्षको । दिउँसोको समयमा म घरको बुइगलमा उत्तानो परेर खरको छानो हेर्दै टोलाइरहेको थिएँ । अचानक छाना ‘क्र्याच्यक्क’ गर्दै यता–यता उता स¥यो । म तर्सिएँ । यत्तिकैमा मास्तिर घरमा फुपु ‘भुइँचालो आयो है’ भन्दै चिच्याउनुभयो । तर अरु केही भएन । सायद अरु गाउँभरिकै मान्छेले पनि थाहा पाएनन् । कतै रेडियोमा पनि समाचार सुनिएन ।

संसारिक सुखको कुहिरोमा हराएको प्रेम

www.merokalam-suman.blogspot.com संसार प्रेमले बाँधिएको छ । सबै मानिसहरु प्रेमको मालामा उनिएका छन् । प्रेमले जीवन बदल्छ । प्रेम एउटा जिउने शक्ति हो; बाँच्ने आधार हो । प्रेमको अवश्य धेरै रुपहरु छन् । इश्वरीय प्रेमले हामी एकअर्कालाई कहिल्यै प्रेम गर्न सक्दैनौँ । तर मानवीयताको नाताले त अवश्य सक्छौँ । तर यसो भन्दै गर्दा विगतमा जुन प्रेमको आदर्श थियो हाम्रो परिवारमा अनि समाजमा; त्यस्तो आजभोली पटक्कै छैन । यहाँ उठाउन खोजिएको एउटा विषय चाँहि प्रेमी–प्रेमिकाबिचको प्रेम र त्यहीँ प्रेम झाँगिदै गएपछि श्रीमान–श्रीमतिबिचको प्रेममा हुने खटपटको विषयमा हो ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–३

कार्तिक–१९, २०६८ (स्थानः दमक, झापा) म प्रायः हप्ताको एकदिन उपवास बस्छु । आज पनि विहानै उठेँ, बाइबल पढेँ, प्रार्थना गरेँ । ‘म अब दमकको बसाई अवधिभर कुन चर्चमा सँगति गर्न जाने’ भनेर प्रार्थना गर्दै आइरहेको थिएँ । पाष्टर रुबेनज्यूको सल्लाहमा म दमकको ज्योति चर्चको खोजीमा बेलैमा निस्केँ । एकजना दिदी (अइसाई)ले बाटो देखाउनुभयो, अनि म बाटो पहिल्याउँदै गएँ । फेरि पर रोडसम्म पुगेपछि एकजना अधबैँसे मान्छेलाई सोधेँ; उसले सिधै चर्च भवन नै देखाइदिए । म उसलाई धन्यवाद दिँदै सिधै चर्चमा गएँ । सेवा सुरु हुन एकघण्टा अगावै पुगेकोले गर्दा के गर्ने, के नगर्ने भनेर द्विविधामा परिरहेको थिएँ ।

वर्ष २०७१ का प्रमुख चार आशिषहरु

१. ‘वल्र्डभिजन इन्टरनेशनल नेपाल’मा इन्टर्नशिपः ‘वल्र्डभिजन इन्टरनेशनल नेपाल’को इन्टर्नशिप कार्यक्रम अन्तर्गत बाल स्पोन्सरशिप अफिसरको छत्रछाँयामा रहि बाल स्पोन्सरशिपको बारेमा एकवर्ष सिक्ने मौका पाएँ । वर्षभरिमा नेपालका विभिन्न ठाऊँका अन्य इन्टर्न साथीहरुसँगको छोटो समयका भेटघाटहरु अत्यन्तै रोमाञ्चक रह्यो । यो अवधिभर थुप्रै मानवीय व्यवहारहरुको बारेमा परिचत हुने मौका पाएँ । अग्रजहरुबाट पाएको माया साथै सहानुभूतिको लागि एकदमै ऋणी छु; उहाँहरुले मलाई सँधै सकरात्मक प्रभाव पार्नुभयो र मेरो जीवनमा केही न केही मूल्य थप्ने प्रयास गर्नुभयो । यो सिकाईको अवधिभर मैले सम्झनुपर्ने तथा धन्यवाद दिनुपर्ने अग्रजहरु थुप्रै हुनुहुन्छ । सबैलाई धेरै–धेरै धन्यवादको साथमा आभार प्रकट गर्न चाहन्छु । केही व्यक्तिहरुलाई यहाँ सम्झन चाहन्छुः

माया पिरतीका कुरा

माया पिरतीको हुरी कम्तिमा एकपटक हरेकको जीवनमा चल्छ । कतिजना टुङ्गोमा पुग्छन् । कतिजना हिँडदै जाँदा दोबाटोमा पुग्छन् । सम्झिल्याउने हो भने; यस्ता कुराहरुमा एकअर्कालाई दोष्याउने ठाऊँ कतै हुँदैन । तर पनि मायामा बिछोडिएकाहरु एकअर्कालाई दोष्याएर मनको पीर शान्त पार्छन् । यो राम्रो आइडिया हो । यसलाई सकारात्मक रुपमा लिँदा सायद राम्रै हुन्छ । पंखामा झुण्डिएर दुःख बिसाउनुभन्दा त यो आइडिया कहाँ हो कता राम्रो हो । एकपटक म एउटा युवा सम्मेलनमा सहभागी भएको थिएँ । ‘प्रेम र विवाह’को बारेमा सिकाउँदै गर्नुभएका वक्ताज्यूले ‘ख्रीष्टियन युवा–युवतीहरुले गैह्र ख्रीष्टियन मानिसहरुसँग प्रेममा फस्नु गलत हो’ भन्दै गर्दा सहभागी थुप्रै जवानहरुको मुहार खिन्नताले भरियो । आत्मग्लानीले भनौँ वा हीनताबोधले; उनीहरुले शिर निहुराए ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–२

कार्तिक–१७, २०६८ छिटो चिया पकाउने विद्युतीय भाँडो हुँदाहुँदै पनि र चिया मसला ल्याईसक्दा पनि करिब दमकमा बस्न थालेको १५ दिनपछि आज चिया–चिनीको व्यवस्था भयो । बेलुका ४ बजेको समयमा चिया पकाएँ; लगभल दुईकपको अनुमानमा । चियाको प्याकेट खोलेँ र चिया भाँडोमा हालेँ । चिया पाक्यो । गिलासमा सारेँ । पिएँ । रँग बढी भएर होकि, चिनी कम भएर हो; चिया तितो न तितो भएको थियो । अब मलाई थाहा भयो, कति कप पानीमा कति चियाको धुलो हाल्नुपर्छ भनेर ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–१

२७–भदौ, २०६८ मध्यरातको ११ः४८ बज्दैछ........पंखा एकतौरले घुम्दैछ । केही समय अघि फोनमा आएको कल रिसिभ गरिँन, किनकी म हिन्दी ‘बडिगार्ड’ फिल्म हेर्नमा मस्त थिएँ । समग्रमा फिल्म एकदम राम्रो लाग्यो । वर्ष २०११ मा सलमानको क्रेज वास्तवमै स्मरणीय छ । तर यो मुभी हेर्दै गर्दा एउटा नयाँ पाठ थाहा पाएँ मैले । त्यो के हो भने यस फिल्मको केही थोरै दृश्य अर्कै फिल्मको दृश्यसँग मिल्दोजुल्दो थियो । नेपाली फिल्म अन्य फिल्महरुबाट कपी गरिन्छ भनिन्छ, त्यो वास्तवमै हो पनि । तर नेपाली मात्र होइन हिन्दी फिल्म पनि त्यस्तै हुँदोरहेछ ।

आफ्नै भाईसँग एक पल

Suman Rai (Right) with Bishop Dr. Narayan Sharma (एक सँस्मरण) मैले उहाँलाई भाई भन्न त पक्कै नमिल्ने हो कि जस्तो लाग्छ; उमेरको हिसाबले मात्र नभएर धेरै कुराको तुलनामा म त उहाँको नाति सरहको मान्छे । तर, हरेकपटक जब ‘आत्मिक यात्रा’ रेडियो कार्यक्रम सुन्छु उहाँ ‘म तपाईहरुको आफ्नै भाई.....’ भन्दै कुरा सुरु गर्नुहुन्छ । अनि त ‘भाई’ भन्नै प¥यो; कि कसो ? खै ! भाईले त मलाई चिन्छन् कि चिन्दैनन्, तर उहाँलाई म धेर–थोर चिन्दछु । चिनजान हुनु नै ठूलो कुरो त पक्कै होइन तर ‘आत्मिक यात्रा’ कार्यक्रमकै कारणले किन–किन भाईलाई साह्रै नजिकको मान्छे लाग्छ ।