Skip to main content

Posts

Showing posts with the label Memoir

संस्मरण- ‘विद्या ददाति विनयं विनयाद् याति पात्रत्वाम् पात्रत्वाद् धनमाप्नोति धनाद् धर्म ततसुखम्

‘विद्या धनम् सर्वप्रधानम्’ भन्ने चर्चित उक्तिलाई विचार गर्दै आज छोरालाई विद्यालय पठाउने बेला आफैँ कक्षा ६ मा पढ्दाखेरिको रमाइलो घटनाको याद आयो । श्री राज्यलक्ष्मी मा.वि. ऊँबूमा पढ्दाखेरिको कुरा हो । वरपर अरु गाउँमा कक्षा ५ सम्मका थुप्रै विद्यालय हुनेभएकोले कक्षा ५ पास गरेपछि गाउँमै पढ्छु भन्नेहरुलाई श्री राज्यलक्ष्मी मा.वि. मा कक्षा ६ मा भर्ना हुनुबाहेक अरु विकल्प थिएन । यसैले कक्षा ६ मा धेरै विद्यार्थीहरुको घुइँचो हुन्थ्यो । घुइँचोको कारणले होहल्ला बेसी । फरक फरक गाउँका लाठेहरुको भेला हुने भएकोले आ–आफ्नो फुइँ देखाउने र मन परेको मान्छेको मन जित्ने उदेश्य पनि भएकोले होला, कक्षा ६ मा धेरै नै जात्रा हुने गर्दथ्यो ।  खचाखच विद्यार्थी भएकोले कहिले उभेर नै पढ्नुपर्ने, केटाहरुको साइडको डेस्क–बेन्चमा आएर केटीहरु बस्नुपर्ने, आफ्नो अगाडि आएर बसेका केटीहरुको कपाल तान्ने, चुंगीको रबर तन्काएर कानमा हान्ने, ढाडमा कोरिदिने, बस्ने ठाउँमा चुइगम राखिदिने, कहिले धुलो माटो राखिदिने, एकअर्कालाई कागजको पुच्छर बनाएर लाइदिने, कक्षागत गीत गाएको बेला बेन्च ढालिदिने र पछि बस्दा उत्तानो परेको साथीलाई हेरेर हा...

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि,  कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।

सम्झनामा के.पी. देवकोटा

Rev. KP Devkota, Coordinator: IFES Past: General Secretory of  NBCBS ...कारणवश उक्त शनिबारको दिन म इटहरी शालोम एजी चर्चको आराधना सँगतिमा बस्ने मौका जुरेको थियो । वचनको समय अघि वक्ताको बारेमा पाष्टर मुकुन्द रिजालले केही शब्द भन्नुभयोः ‘आज हाम्रा माझमा के.पी. दाजु आउनुभा’छ; उहाँ ख्रीष्टियान विद्यार्थीहरुका लागि यो उमेरमा पनि नेपालको हिमाल, पहाड, मधेश गर्दैहुनुहुन्छ । आउनुस, उहाँलाई स्वागत गरौँ ।’ पहिलोपटक मैले उहाँलाई त्यहिँ देखेको थिएँ । साँच्चै एनविसिविएसको लागि उहाँले गनुभएको मेहनत र दिनुभएको समयको तारिफ गर्नेहरु आज हाम्रो माझ प्रभुका जनहरु प्रशस्तै छन् । उनै केपी देवकोटा अब हाम्रो माझ हुनुहुन्न; उहाँ प्रभुमा सुत्नुभएको छ ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–२

कार्तिक–१७, २०६८ छिटो चिया पकाउने विद्युतीय भाँडो हुँदाहुँदै पनि र चिया मसला ल्याईसक्दा पनि करिब दमकमा बस्न थालेको १५ दिनपछि आज चिया–चिनीको व्यवस्था भयो । बेलुका ४ बजेको समयमा चिया पकाएँ; लगभल दुईकपको अनुमानमा । चियाको प्याकेट खोलेँ र चिया भाँडोमा हालेँ । चिया पाक्यो । गिलासमा सारेँ । पिएँ । रँग बढी भएर होकि, चिनी कम भएर हो; चिया तितो न तितो भएको थियो । अब मलाई थाहा भयो, कति कप पानीमा कति चियाको धुलो हाल्नुपर्छ भनेर ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–१

२७–भदौ, २०६८ मध्यरातको ११ः४८ बज्दैछ........पंखा एकतौरले घुम्दैछ । केही समय अघि फोनमा आएको कल रिसिभ गरिँन, किनकी म हिन्दी ‘बडिगार्ड’ फिल्म हेर्नमा मस्त थिएँ । समग्रमा फिल्म एकदम राम्रो लाग्यो । वर्ष २०११ मा सलमानको क्रेज वास्तवमै स्मरणीय छ । तर यो मुभी हेर्दै गर्दा एउटा नयाँ पाठ थाहा पाएँ मैले । त्यो के हो भने यस फिल्मको केही थोरै दृश्य अर्कै फिल्मको दृश्यसँग मिल्दोजुल्दो थियो । नेपाली फिल्म अन्य फिल्महरुबाट कपी गरिन्छ भनिन्छ, त्यो वास्तवमै हो पनि । तर नेपाली मात्र होइन हिन्दी फिल्म पनि त्यस्तै हुँदोरहेछ ।

संस्मरण: आफ्नै भाईसँग एक पल

     With Rev. Dr. Narayan Sharma (एक सँस्मरण) मैले उहाँलाई भाई भन्न त पक्कै नमिल्ने हो कि जस्तो लाग्छ; उमेरको हिसाबले मात्र नभएर धेरै कुराको तुलनामा म त उहाँको नाति सरहको मान्छे । तर, हरेकपटक जब ‘आत्मिक यात्रा’ रेडियो कार्यक्रम सुन्छु उहाँ ‘म तपाईहरुको आफ्नै भाई.....’ भन्दै कुरा सुरु गर्नुहुन्छ । अनि त ‘भाई’ भन्नै प¥यो; कि कसो ? खै ! भाईले त मलाई चिन्छन् कि चिन्दैनन्, तर उहाँलाई म धेर–थोर चिन्दछु । चिनजान हुनु नै ठूलो कुरो त पक्कै होइन तर ‘आत्मिक यात्रा’ कार्यक्रमकै कारणले किन–किन भाईलाई साह्रै नजिकको मान्छे लाग्छ । वि.सं २०६० सालदेखि म नियमित चर्च जान थालेँ । मेरो ख्रीष्टियान जीवनको सुरुवाती दिनहरुमा एकदिन ‘हाम्रो आशिष’ नामक पत्रिका हात प¥यो । त्यहि पत्रिकामा पहिलोपटक ‘आत्मिक यात्रा’ रेडियो कार्यक्रमको प्रसारण तालिका देखेँ । उतिखेर गाऊँमा रेडियो खुब सुनिन्थ्यो । प्रायः सबै घरमा रेडियो हुन्थ्यो । टि.भी.को चलन थिएन । मैले थाहा पाउँदा गाउँभरिमा टि.भी. भएको घर एउटै थियो गाउँले आफन्तको; जुन घरका दुई–दाजुभाई ब्रिटिश आर्मीमा जागिरे हुनुहुन्थ्यो । त्यही घरमा विश्वकप फुटबलक...