कार्तिक–१७, २०६८
छिटो चिया पकाउने विद्युतीय भाँडो हुँदाहुँदै पनि र चिया मसला ल्याईसक्दा पनि करिब दमकमा बस्न थालेको १५ दिनपछि आज चिया–चिनीको व्यवस्था भयो । बेलुका ४ बजेको समयमा चिया पकाएँ; लगभल दुईकपको अनुमानमा ।
चियाको प्याकेट खोलेँ र चिया भाँडोमा हालेँ । चिया पाक्यो । गिलासमा सारेँ । पिएँ । रँग बढी भएर होकि, चिनी कम भएर हो; चिया तितो न तितो भएको थियो । अब मलाई थाहा भयो, कति कप पानीमा कति चियाको धुलो हाल्नुपर्छ भनेर ।
अघिल्ला दिनहरुमा पनि सुरुवातका चारछाक खाना विजोग भएर खाएँ । चामलमा कति पानी हाल्नुपर्छ भन्ने ज्ञान नहुँदा खोले भात खानुप¥यो । एकदिन डढेको कालो खाना खानुप¥यो । सब्जी केलाउँदा थोरै लाग्थ्यो तर भरे पकाउँदा कन्ती भरिन्थ्यो, जसले गर्दा दुई छाकसम्म बासी सब्जी खानुप¥यो ।
हे प्रभु ! मलाई तालिम दिनुहोस्, ताकि म भविष्यमा असल पति बन्न सकुँ ।