कार्तिक–१९, २०६८ (स्थानः दमक, झापा)
म प्रायः हप्ताको एकदिन उपवास बस्छु । आज पनि विहानै उठेँ, बाइबल पढेँ, प्रार्थना गरेँ । ‘म अब दमकको बसाई अवधिभर कुन चर्चमा सँगति गर्न जाने’ भनेर प्रार्थना गर्दै आइरहेको थिएँ । पाष्टर रुबेनज्यूको सल्लाहमा म दमकको ज्योति चर्चको खोजीमा बेलैमा निस्केँ ।
एकजना दिदी (अइसाई)ले बाटो देखाउनुभयो, अनि म बाटो पहिल्याउँदै गएँ । फेरि पर रोडसम्म पुगेपछि एकजना अधबैँसे मान्छेलाई सोधेँ; उसले सिधै चर्च भवन नै देखाइदिए । म उसलाई धन्यवाद दिँदै सिधै चर्चमा गएँ । सेवा सुरु हुन एकघण्टा अगावै पुगेकोले गर्दा के गर्ने, के नगर्ने भनेर द्विविधामा परिरहेको थिएँ ।
बाहिर अकस्मात विष्णु दिदीलाई देखेर तीन छक्क परेँ । मैले मुस्कुराउँदै ‘जयमसीह’ भनेँ । उहाँ झन यतिसारो छक्क पर्नुभयो कि एकोहोरो मलाई एउटै प्रश्न सोध्नुभयोः ‘तिमी यहाँ कसरी ?’ मैले छोटकरीमा सबै बताइदिएँ; पढाईको लागि दमक बस्दैछु भनेर । करिब तीन वर्ष अघि रन म्यूजिकको आराधना तालिम पाठशालामा भेट भएदेखि चिनजान भएको दिदीको चर्च पनि ‘ज्योति चर्च’ दमकको हो भनेर मैले पनि भुसुक्कै बिर्सेको रहेछु ।
सेवा सुरु हुन अझै एकघण्टा बाँकी रहेकोले गर्दा म चर्चको सानो पुस्तकालयमा छिरेँ र विभिन्न किताबहरु छान्न थालेँ । मलाई बाल सँगतिमा आएकी एक सानी बहिनीले धेरै सहायता गरिन् । उसको नाम ‘आमेन दर्नाल’; जति सानी थिइन् तर बोल्ने शैली भने एकदमै प्रष्ट र पूर्णताको बोलीहरु थिए । किताबहरु पढ्दै गर्दा नै त्यहाँको चर्चको पाष्टर एन.डी. थुलुङ्गसँग परिचय गर्ने मौका पनि मिल्यो ।
सेवा सुरु भयो.......अन्त्य भयो । वक्ता यू.के.बाट भर्खर आउनुभएको रहेछ । अन्त्यमा जवान संगतिमा पनि सहभागी भएँ । थुप्रै भाइबहिनीहरु सिकाईको क्रममा हुनुहुँदो रहेछ । मलाई पनि आफ्नो परिचय दिने मौका दिइयो; अगाडिको आराधाना सेवामा पनि दिइएको थियो ।
उक्त दिनको जवान सँगतिको मध्यभागतिर ‘बाइबलको पद कसले छिटो पल्टाएर पढ्न सक्ने’ प्रतियोगिता राखिएको रहेछ । त्यसमा सबै जवानहरु सम्मिलित थिए । जब कुनै पद सोधिन्थ्यो तब जवानहरु तँछाड–मछाँड गर्दै बाइबल पल्टाउँथे र जुरुक्क उठेर पढ्न थाल्थे ।
.....तर मेरो लागि आकर्षणको केन्द्रबिन्दु एकजना जवान भयो; जो अपाङ्ग थियो, खुट्टाहरु लुला थिए र हातहरु बाङ्गा–टेढा थिए । जब खोज्नुपर्ने बाइबलको पद सुन्थ्यो तब ऊ बडो जोशले हतारिँदै बाइबल पल्टाउँथ्यो । तर....उसले पल्टाउँदै गर्दा नै अरु कोही उठिहाल्थ्यो । उसलाई एकपटक पनि जित्न दिइएन । उसको अपाङ्गताले यो दर्शाउँथ्यो कि ऊ यस प्रतियोगितामा कहिल्यै पनि जित्नेवाला छैन । तर जब उसले बचन सुन्दथ्यो.....हरेकपल्ट उही जोशले बाइबल पल्टाउन सुरु गर्दथ्यो; उसका औँलाहरु बाइबलका मसिना पानाहरु पल्टाउन असमर्थ थिए । जब कोही उठेर भनिएको बाइबलको पद पढन थाल्थ्यो; ऊ निरीह भएर उक्त व्यक्तिप्रति मुस्कुराउँदै हेथ्र्यो ।
त्यो करुण दृश्यले मेरो हृदय पगाल्यो । सँगति पछि उसको निम्ति प्रार्थना गर्दै म सरासर आफ्नो कोठा फर्केँ ।