अब के भनुँ आफ्नै बारेमा ! म एउटा साधारण मानिस । म एउटा यात्री जो परमेश्वरले ठह¥याइदिनुभएको दौड पूरा गर्न यो धरतीमा आएको छ । म नता प्रथम हुने लालच गर्छु नता अन्तिम हुने डर नै राख्छु । यात्रा जारी छ; तर कसैसँग प्रतिस्पर्धामा छुँइन म । मैले यो संसारमा बाँचुञ्जेल प्रस्तुत गरेका कामहरुले अनन्तताको जीवनमा कहीँकतै कुनै न कुनै तारलाई अवश्य हिर्काउने कुरामा सावधान छु । म विश्वास गर्छु; तपाईँ र म जो हौँ, एउटा जनावर मात्र नभएर हामी अविनाशी छौँ । मनमा चाह यो छ; म परमेश्वरको मुहारलाई सँधै हँसिलो बनाइरहँु ।
जीवन पानी जस्तै छ; तर रँगहीन होइन र स्वादहीन पनि छैन । आफ्नै रँग छ, आफ्नै स्वाद छ । म समुन्द्रमा मिसिन सक्छु, तर म आफ्नो रँग, आफ्नो स्वाद फेर्न सक्दिन । किनकी म जो छु, सँसारकै लागि एक विशेष छु ।
जीवन पानी जस्तै छ; तर रँगहीन होइन र स्वादहीन पनि छैन । आफ्नै रँग छ, आफ्नै स्वाद छ । म समुन्द्रमा मिसिन सक्छु, तर म आफ्नो रँग, आफ्नो स्वाद फेर्न सक्दिन । किनकी म जो छु, सँसारकै लागि एक विशेष छु ।
एकान्तमा पुस्तक पढ्न, गीत–सँगीत सुन्न रुचि राख्छु; गिटारको धुनमा गुन्गुनाउँछु । मलाई प्रकृति मन पर्छ; मलाई साहित्य मन पर्छ; फोटोग्राफी र भ्रमण मेरो अर्को सौख हो । म मानिसहरुको आँखा र कानलाई पक्रिन चाहन्न, तर यी भन्दा बढी म उनीहरुको हृदयलाई छुन चाहन्छु । सबैभन्दा बढी म अरुको जीवनमा केही न केही मूल्य थप्न चाहन्छु ।
म तपाईँहरु सबैलाई आदर गर्छु, कारण तपाईँहरु सबै परमेश्वरको प्रतिरुप भएकोले र परमेश्वरबाट पाएको एउटा अमर आत्मा बोकिहिँड्नुभएकोले । म जान्दछु, यहाँ हाम्रो रहिरहने सहर छैन; यसैले आत्मा दिनुहुने परमेश्वरकँहा आत्मा अर्थात हामी आफैँ फर्किन अघि उहाँको सम्झना गरौँ ।
आफ्नै बारेमा हजारौँ शब्द लेख्न सकिन्छ । हरेकले कम्तिमा एउटा आत्मकथा लेख्न सकिन्छ । तर मचाँहि आफूलाई परमेश्वरको एक भण्डारे अर्थात् एक सेवक अर्थात एक आराधक भनेर चिनाउन चाहन्छु; बस् योभन्दा बढी वा घटी अरु केही होइन । धन्यवाद ।
My Favorite Chapter from Bible
(Psalm 139:13-18)
For you created my inmost being;
You knit me together in my mother’s womb.
I praise you because I am fearfully and wonderfully made;
Your works are wonderful,
I know that full well.
My frame was not hidden from you
when I was made in the secret place,
when I was woven together in the depths of the earth.
Your eyes saw my unformed body;
all the days ordained for me were written
in your book before one of them came to be.
How precious to me are your thoughts,
God! How vast is the sum of them!
Were I to count them,
they would outnumber the grains of sand—
when I awake, I am still with you.