‘विद्या धनम् सर्वप्रधानम्’ भन्ने चर्चित उक्तिलाई विचार गर्दै आज छोरालाई विद्यालय पठाउने बेला आफैँ कक्षा ६ मा पढ्दाखेरिको रमाइलो घटनाको याद आयो । श्री राज्यलक्ष्मी मा.वि. ऊँबूमा पढ्दाखेरिको कुरा हो । वरपर अरु गाउँमा कक्षा ५ सम्मका थुप्रै विद्यालय हुनेभएकोले कक्षा ५ पास गरेपछि गाउँमै पढ्छु भन्नेहरुलाई श्री राज्यलक्ष्मी मा.वि. मा कक्षा ६ मा भर्ना हुनुबाहेक अरु विकल्प थिएन । यसैले कक्षा ६ मा धेरै विद्यार्थीहरुको घुइँचो हुन्थ्यो । घुइँचोको कारणले होहल्ला बेसी । फरक फरक गाउँका लाठेहरुको भेला हुने भएकोले आ–आफ्नो फुइँ देखाउने र मन परेको मान्छेको मन जित्ने उदेश्य पनि भएकोले होला, कक्षा ६ मा धेरै नै जात्रा हुने गर्दथ्यो । खचाखच विद्यार्थी भएकोले कहिले उभेर नै पढ्नुपर्ने, केटाहरुको साइडको डेस्क–बेन्चमा आएर केटीहरु बस्नुपर्ने, आफ्नो अगाडि आएर बसेका केटीहरुको कपाल तान्ने, चुंगीको रबर तन्काएर कानमा हान्ने, ढाडमा कोरिदिने, बस्ने ठाउँमा चुइगम राखिदिने, कहिले धुलो माटो राखिदिने, एकअर्कालाई कागजको पुच्छर बनाएर लाइदिने, कक्षागत गीत गाएको बेला बेन्च ढालिदिने र पछि बस्दा उत्तानो परेको साथीलाई हेरेर हाँस्ने...
How can a young person stay on the path of purity? By living according to your word. (Psalm 119:9)