Tweet ( मितिः २०६३ भदौ १९ गते । ) म आफ्नै घरमा थिएँ, जहाँबाट मैले मेरो क्याम्पसको क्लास धाउने निर्णय गरेँ । म ड्रेस लगाएर तयार भएँ । मेरो लागि सर्ट एकदमै छोटो भइराखेको थियो । म मेरो बुवासँगै यो यात्रा थाल्छु । कसरी धरान पुगँे, पत्तो छैन । त्यसबेला मैले एकजना साथीको मागेर बजाउँदै गरेको गिटारको तार चुँडिएको सम्झेँ अनि हामी त्यहाँको एउटा पुस्तक पसलमा तार किन्न गयौँ । उक्त पसलमा थुप्रै कालो गिटारहरु पनि झुण्ड्याइएका थिए, जसले पहाडमा छोडिएको आफ्नै कालो गिटारको याद पनि दिलाइरहेको थियो । दुर्भाग्यवश हामीले तार नपाएपछि मेरो नौलो यात्रा सुरु हुन्छ भने बुवासँगको यात्रा यहि समाप्त हुन्छ । वास्तबमा म क्याम्पसतिर गइरहेको हुन्छु तर मैले बाटो बिराएँ कि भनेर कता–कता डराइराखेको थिएँ । बाटोमा हुलदंगा थियो, जहाँ जुलुस भइराखेको थियो । म पनि कसैको पक्ष लिएर नारा लगाउन थालेँ । अकस्मात् त्यहाँ फायरिङ चल्न थाल्यो । थुप्रै मान्छेहरु ढल्न थाले, मलाई पनि मेरो देब्रे काँधमा गोली लाग्यो; अनि म पनि ढलेँ । त्यहाँ डर–त्रासले मानिसहरु तितरबितर हुन थाले र म सँगै घाइतेहरुको चित्कार सुनियो । हामीलाई ...
How can a young person stay on the path of purity? By living according to your word. (Psalm 119:9)