Skip to main content

संस्मरण- ‘विद्या ददाति विनयं विनयाद् याति पात्रत्वाम् पात्रत्वाद् धनमाप्नोति धनाद् धर्म ततसुखम्

‘विद्या धनम् सर्वप्रधानम्’ भन्ने चर्चित उक्तिलाई विचार गर्दै आज छोरालाई विद्यालय पठाउने बेला आफैँ कक्षा ६ मा पढ्दाखेरिको रमाइलो घटनाको याद आयो ।

श्री राज्यलक्ष्मी मा.वि. ऊँबूमा पढ्दाखेरिको कुरा हो । वरपर अरु गाउँमा कक्षा ५ सम्मका थुप्रै विद्यालय हुनेभएकोले कक्षा ५ पास गरेपछि गाउँमै पढ्छु भन्नेहरुलाई श्री राज्यलक्ष्मी मा.वि. मा कक्षा ६ मा भर्ना हुनुबाहेक अरु विकल्प थिएन । यसैले कक्षा ६ मा धेरै विद्यार्थीहरुको घुइँचो हुन्थ्यो । घुइँचोको कारणले होहल्ला बेसी । फरक फरक गाउँका लाठेहरुको भेला हुने भएकोले आ–आफ्नो फुइँ देखाउने र मन परेको मान्छेको मन जित्ने उदेश्य पनि भएकोले होला, कक्षा ६ मा धेरै नै जात्रा हुने गर्दथ्यो ।
खचाखच विद्यार्थी भएकोले कहिले उभेर नै पढ्नुपर्ने, केटाहरुको साइडको डेस्क–बेन्चमा आएर केटीहरु बस्नुपर्ने, आफ्नो अगाडि आएर बसेका केटीहरुको कपाल तान्ने, चुंगीको रबर तन्काएर कानमा हान्ने, ढाडमा कोरिदिने, बस्ने ठाउँमा चुइगम राखिदिने, कहिले धुलो माटो राखिदिने, एकअर्कालाई कागजको पुच्छर बनाएर लाइदिने, कक्षागत गीत गाएको बेला बेन्च ढालिदिने र पछि बस्दा उत्तानो परेको साथीलाई हेरेर हाँस्ने जस्ता उपद्रवहरु कक्षा ६ का लागि सामान्य थिए ।
एक दिनको कुरा हो, हाफछुट्टी पछिको घण्टी पढाउन कुनै शिक्षक–शिक्षिका आउनुभएन । गाउँले विद्यार्थीहरु गयल हुनु सामान्य कुरा थियो, त्यसदिन केही सरहरु गयल भएकोले क्लास नहुने भएपछि विद्यार्थीहरुको रजाइँ हुनेभयो । सबैले समुह–समुह बनाई गफ गर्न लागे । हल्लाले आफ्नो कुरा अर्को साथीलाई सुनाउन झन ठूलो स्वरमा बोल्नुपर्नेभयो । सबैले यहि फर्मुला प्रयोग गर्दा यति हल्ला भयो कि कसले के बोलेको भन्ने भेऊ पाउन गाह्रो भयो । सबैले मुख चलाएको देखियो, तर कुरा केही बुझिएन । हल्लाले जस्तापाताको छाना भएको कोठामा बस्दा असिना पानी दर्केजस्तो भयो ।

अचानक कक्षामा प्रधानाध्यापक सरको आगमन भयो । त्यसबेला प्रधानाध्यापकको रुपमा रेवती रमण कोइराला हुनुहुन्थ्यो । अग्लो र घनश्याम वर्णको सर रिसाएको बेला झन उहाँको हाऊभाऊ उग्र हुने नै भयो । उहाँको हठात् आगमनले विद्यार्थीहरु अत्तालिए । जसरी चील देख्दा पोथीले विशेष आवाज निकाल्छ, र चल्लाहरु अत्तालिँदै यताउता लुक्छन् र शान्त हुन्छन्, त्यसरी नै कक्षा तुरुन्त चकमन्न भयो । सन्नाटा छायो ।
रिसले राँकिएका प्रधानाध्यापकज्युले एकछिन राम्रै आशिर्वाद दिनुभो, र झुटो बोल्नुहुँदैन– उहाँले आफ्नो आशिर्वादमा कुनै अपशब्द प्रयोग गर्नुभएन । अब कुटुँ भने कसलाई कुटुँ, कुट्न थाल्यो भने एउटा लठ्ली ९–१० जनालाई कुट्दै भाँचिएर सकिएला, सबैलाई कुट्दा आफैँ थाकेर लखतरान परिएला, सायद यस्तै मनोभावले होला, केहीछिन पछि प्रधानाध्यापकज्युको रिस केही मत्थर भो ।
त्यसपछि उहाँले सोध्नुभयो, ल भन, तिमीहरुलो आज के सिक्यौ?’ कसैको केही जवाफ नआएपछि पुनः सोध्नुभयो, "धेरै भन्नुपर्दैन, एउटा मात्र आफूले सिकेको कुरा भन ।" हामी सबै घोसेमुन्टो लाएर बस्यौँ । अन्त्यमा, सायद सरले मलाई कुट्ने मनशायले लठ्ठीले उठ्ने इशारा गर्नुभयो । म केटाहरुको साइडको दोश्रो बेन्चको छेऊमा बसेको थिएँ (भित्तापट्टिको होइन)। अनि म डराउँदै उठेँ । पुरै ब्ल्याक आउट भएँ । उहाँले खस्रो स्वरमा भन्नुभयो, "ल, एउटा कुरा भन जुन आज तिमीले सिकेका छौ ।" केहीबेर पछि मेरो हालत देखेर अब यसलाई कति सिर्कुना लाउँदा ठीक होला भन्ने एकिन गरी लठ्ठी उज्याउँदा के को सत्यले बिहान पढेको संस्कृतको एउटा श्लोक ओठमा फुर्फुरायो ।
मैले डरले (सायद कामेको स्वरमा) भनेँ–
‘विद्या ददाति विनयं विनयाद् याति पात्रत्वाम्
पात्रत्वाद् धनमाप्नोति धनाद् धर्म ततसुखम् ।’
फेरि सोध्नुभयो, "यसको अर्थ के हो? थाहा छ?" मैले टाउको दायाँबायाँ हल्लाएर अर्थ थाहा नभएको संकेत गरेँ । अब लगभग कुटाई खान मानसिक रुपमा तयार भइसकेकोलाई आश्चर्यचकित रुपमा "ल ठिक छ, बस" भन्नुभयो ।
त्यसपछि उहाँको वक्तव्य सुरु भयो, र भन्नुभयो, "यो भाईले सिकेको एउटा कुरादेखि म साह्रै खुशी छु । अब सुन यस श्लोकको अर्थ के हो । 'विद्या ददाति विनयं' अर्थात विद्याले व्यक्तिलाई विनम्रता दिन्छ । 'विनयाद याति पात्रत्वाम्' भनेको त्यस्तो विनम्रताले व्यक्तिमा एउटा चरित्र वा योग्यता प्रदान गर्दछ । 'पात्रत्वाद धनमाप्नोति' अर्थात त्यसप्रकारको चरित्र वा योग्यताले उसले धन कमाउँछ । 'धनाद् धर्म तत सुखम्' र यसको अर्थ हो, त्यसपछि उसले धन कमाएपछि धर्म गर्न पाउँछ र सुख प्राप्त हुन्छ । समग्रमा यस श्लोकको अर्थ यहि हो, 'विद्याले मानिसलाई विनम्र बनाउँछ, विनम्रताको कारणले उसले सिक्छ र योग्यता हासिल गर्छ, योग्यता भएपछि धन कमाउँछ, र धन कमाएपछि धर्मकर्म गर्दै कमाएको धनलाई उपभोग गर्दै गर्दा उसले सुख पाउँछ ।' "
एवम् रीतले त्यसदिनको कक्षा सकियो, र हामी सबै आ–आफ्नो घर फर्क्यौँ । आजसम्म त्यो श्लोक र त्यसको अर्थ भूलेको छैन । २०६० सालको शैक्षिक सत्रको अन्त्यपछि मैलै श्री राज्यलक्ष्मी मा.वि छोडेँ, सदरमुकाम ओखलढुँगाको सगरमाथा जनता उच्च मा.वि.मा एस.एल.सी.को लागि भर्ना भएँ । २०६० साल पछि प्रधानाध्यापक रेवती रमण कोइरालाज्युसँग कहिल्यै भेट भएन । पछि कता सरुवा हुनुभयो, कहिले अवकाश लिनुभयो, अहिले के छ खबर केही पनि थाहा छैन । उहाँको सम्झना स्वरुप मसँग त्यही श्लोकको एक हरफ अर्थमात्र बाँकी छ ।

Comments

Popular Posts

इसाई दिदीबहिनीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि,  कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।

गाऊँ घरतिरको एकहप्ते बसाइ (संस्मरण)

धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् । घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ । भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।

नारीहरुको सुन्दरताभन्दा पनि प्रभुमा इमान्दारिता र उच्च चरित्र महत्वपूर्ण

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।