के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः
कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?
सबै क्रिश्चियन दिदीबैनीहरु राम्रै छन्; उनीहरुको चरित्र सँधै राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । तर उनीहरु बाइबलीय मापदण्ड अनुसार जिएका छन्; राम्रो क्रिश्चियन पारिवारिक वातावरणमा हुर्किने मौका पाएका छन् र आफ्नो चर्चको अगुवाहरुको हप्कीलाई ध्यानपूर्वक सुनेर जीवनमा लागु गरेका छन् भने उनीहरु संसारका अन्य स्त्रीहरुभन्दा उनीहरुको चरित्र, बोलीवचन, बानीव्यहोरा राम्रो हुनु; पृथक हुुनु कुनै अचम्मको कुरा होइन । "उनी" तपाईँसँग जीवनभर रमाउन सक्छिन् र आउने दिनको कष्टको दिनमा हाँस्न सक्छिन् । उनी समझदार हुन सक्छिन्; सहनशीलताले भरिएकी हुन्छिन्; पूर्ण विश्वास गर्न सकिने स्त्री । अझ भनौँ तिनी पवित्र हुन्छिन्; अझ प्रष्ट भनौँ ‘उनी विवाहपूर्वको यौनसम्पर्कलाई सँधै इन्कार गर्छिन् ।’ विवाद कम गर्न अझ एउटा कुरा दोहो¥याउँछुः ‘राम्रा मान्छे क्रिश्चियनहरु नै हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन ।’ सबै समुदायमा राम्रा-नराम्रा मानिसहरु अवश्य हुन्छन् । मानौँ तपाईँको कुनै क्रिश्चियन बहिनीसँग लभ परको छ; तर तपाई गैह्रक्रिश्चियन हुनुहुन्छ । अब लभ टाइमपासको लागि मात्र हो वा लभ गर्दा कस्तो महशुस हुने रहेछ भनेर सुरु गर्नुभएको भएता खासै पछि समस्या नआउला वा भयंकर समस्या पनि आउला । तर यो प्रेम यदि विवाहसम्म नै पु¥याउने वा जीवनभरिको लागि हो भने चाँहि ठूलो समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यो के भने ‘तपाईँ आफैँ स्वयम् क्रिश्चियन नभएसम्म ‘‘उनी’’ तपाईँसँग विवाह गर्न राजी हुनेवाला छैन ।’ अनि अन्त्यमा मनभरि गाँठो बोकेर आ–आफ्नो बाटो लाग्नुभन्दा अर्को उपाय केही रहने छैन । हुनसक्छ तपाईँ आफ्नो रितिरिवाज सँस्कृतिमा कठोर हुनुहुन्छ; "उनी" आफ्नो विश्वास, सँस्कृतिमा कट्टर बन्न सक्छिन् । फेरि अर्को कुरा विवाहको लागि मात्र तपाईँ एक हप्ताका लागि क्रिश्चिियन बन्नुको कुनै औचित्य नै छैन । अनि "उनी" विवाहको लागि आफ्नो ख्रीष्टियन विश्वास त्याग्न नसक्ने; तपाईँ पनि ख्रीष्टियान विश्वासलाई अपनाउन नसक्ने, अनि जुँगा फूलिसक्दा पनि लभ मात्रै गरिरहने ? कहिले विवाह गर्ने ? यो अति ठूलो समस्याको पर्खाल हो । अवश्य अहिले पनि थुप्रै हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुले यस्तो समस्याको सामना गरिरहनुभएको छ । बाइबल अनुसार चर्चमा युवा–युवतीहरुलाई सिकाइएको कुरा यहि हो कि विवाहको लागि दुवैजना दुलहा–दुलही इसाई नै हुनुपर्छ । यस्तो ख्रीष्टियान विश्वासको परिधिलाई नाघेर परमेश्वरसँगको अनन्तको सम्बन्धलाई जोखिम पार्ने दुस्साहस कमै इसाई युवा–युवतीहरुले मात्र गर्नेछन् भन्ने कुरामा म विश्वास गर्छु । समस्याको चुली बढ्दै गयो भने ‘मर्नुभन्दा बौलाउनु निको’ भनेझैँ अन्तिम उपाय यहि हुनेछ कि दुवै जना टाप कस्नु अनि केही हप्ता पछि पुनः फर्किनु । यतिखेर थोरै कुरा सप्रिएको र धेरै कुरा बिग्रिइसकेको हुनेछ । सप्रिएको कुरा यत्ति हो कि तपाईहरु एक हुनुभयो । तर तपाई सामाजिक तवरले अयोग्य ठहरिनुहुन्छ; "उनी" पनि चर्चबाट बहिस्कृत हुन्छिन् । अझ बाँकी कुरा के रहन्छ भने कि तपाईँले लचकता देखाउनुप¥यो र चर्चमा उनीसँगै फर्केर केहि महिना अनुशासनमा बसेर क्रिश्चियन नै बन्नुप¥यो; कि त उनीले आफ्नो ख्रीष्टियान विश्वासलाई त्यागेर हिन्दु हुनुप¥यो । यहाँसम्म आईपुग्दा तपाईँलाई उकुसमकुस भइसक्यो होला; लामो सास फेर्नुस्, अनि बाँकी थोरै कुरा हेरौँला । "उनी"ले तपाईँलाई आफ्नो विश्वासको बारेमा, प्रभु येशूको बारेमा बताएकी हुन सक्छिन्; बाइबल पढ्न दिएकी हुन सक्छिन्; उनीकै निम्तोमा तपाईँ थुप्रैपटक चर्चका कार्यक्रममा उपस्थित भइसकेको पनि हुनसक्छ । यदि परमेश्वरको योजना नै यस्तै छ; र तपाईँहरु पनि एकअर्कालाई हृदयदेखि साँचो प्रेम गर्नुहुन्छ भने प्रेमको खातिर तपाईँ क्रिश्चियन बन्नु कुनै घातक कुरो हुने छैन । बरु बडो आशिषमय कुरो हुनेछ । यदि यस्तो निर्णय गर्नुभयो भने केहि वर्षपछि थाह लाग्नेछ; कि यो त परमेश्वरको बोलावट थियो । जीन्दगीलाई ख्याल–ख्याल नसम्झौँ साथी हो । यो सन्देश विशेषगरि हाम्रा चर्चका फूलका थुँगाहरुजस्ता मन छुने बैनीहरुलाई बहकाउने; मायाको जालमा पार्ने गैह्र–क्रिश्चियनहरुका लागि हो । जीन्दगी हाम्रै हो अनि निर्णय पनि हाम्रै हातमा । मन परे शेयर गरौँ; मन नपरे मनमा जे आयो त्यो भन्दा हुन्छ । भूल भए माफ !