Skip to main content

Posts

Showing posts from 2026

संस्मरण- ‘विद्या ददाति विनयं विनयाद् याति पात्रत्वाम् पात्रत्वाद् धनमाप्नोति धनाद् धर्म ततसुखम्

‘विद्या धनम् सर्वप्रधानम्’ भन्ने चर्चित उक्तिलाई विचार गर्दै आज छोरालाई विद्यालय पठाउने बेला आफैँ कक्षा ६ मा पढ्दाखेरिको रमाइलो घटनाको याद आयो । श्री राज्यलक्ष्मी मा.वि. ऊँबूमा पढ्दाखेरिको कुरा हो । वरपर अरु गाउँमा कक्षा ५ सम्मका थुप्रै विद्यालय हुनेभएकोले कक्षा ५ पास गरेपछि गाउँमै पढ्छु भन्नेहरुलाई श्री राज्यलक्ष्मी मा.वि. मा कक्षा ६ मा भर्ना हुनुबाहेक अरु विकल्प थिएन । यसैले कक्षा ६ मा धेरै विद्यार्थीहरुको घुइँचो हुन्थ्यो । घुइँचोको कारणले होहल्ला बेसी । फरक फरक गाउँका लाठेहरुको भेला हुने भएकोले आ–आफ्नो फुइँ देखाउने र मन परेको मान्छेको मन जित्ने उदेश्य पनि भएकोले होला, कक्षा ६ मा धेरै नै जात्रा हुने गर्दथ्यो ।  खचाखच विद्यार्थी भएकोले कहिले उभेर नै पढ्नुपर्ने, केटाहरुको साइडको डेस्क–बेन्चमा आएर केटीहरु बस्नुपर्ने, आफ्नो अगाडि आएर बसेका केटीहरुको कपाल तान्ने, चुंगीको रबर तन्काएर कानमा हान्ने, ढाडमा कोरिदिने, बस्ने ठाउँमा चुइगम राखिदिने, कहिले धुलो माटो राखिदिने, एकअर्कालाई कागजको पुच्छर बनाएर लाइदिने, कक्षागत गीत गाएको बेला बेन्च ढालिदिने र पछि बस्दा उत्तानो परेको साथीलाई हेरेर हा...

लाहुरे भाईलाई जन्मदिनको शुभकामना सन्देश

  लाहुरे भाईप्रति केही शब्दहरु । सर्वप्रथम त तिमीलाई जन्मदिनको अवसरमा धेरै – धेरै शुभकामना । परमेश्वरको अनुग्रह र शान्ति तिम्रो जीवनमा संधै प्रशस्त मात्रामा भइरहोस् ।    परिवारमा माइला छोराको रुपमा जन्म लियौ । वर्षदिनमा कान्छाको आगमन भएपछि भनेजस्तो पोषण नपुगेको ,  र सानै हुँदा मृगौला सम्बन्धी बिमारसँग धेरै वर्ष संघर्ष गरेको एउटा सामान्य बालक आज पृथ्वीको चारकुना रमिता हेर्दै आफूले पाएको जिम्मेवारी निभाएको देख्दा हामी अत्यन्तै हर्षित र गौरवान्वित छौँ ।    उहिले हाम्रो वाइलीको उमो आफ्नो लाहुरे माइला छोरा सम्झेर बेला – बेला रुनुहुन्थ्यो ,  र एउटा उखान भन्नुहुन्थ्यो – ‘ ‘‘ जेठा कान्छा नानी ,  माइला साँइला आनामानी भन्छन् , ’’   मेरो माइला के गर्दै होला । ’   किनभने उहाँको जेठा छोरा (पापजेठा) बेला – बेला घर आइराख्नुहुन्थ्यो ,  उहाँको कान्छा छोरा (पापा) प्रायः उहाँकै आँखा वरपर रहनुभयो । मैले उखानको अर्थ सोधेँ ,  उहाँले आफ्नो बुझाई अनुसार भन्नुभएको थियो –  परिवारमा जेठा र कान्छालाई जस्तो स्याहार सुसार माइला साँइलाहरुलाई पुग्दैन ।...