Skip to main content

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी
सलल जाइजान्या हौ हजुर !

आमाको कोखमा बास मात्रै लिए नि,
 कुन देशको मरण हौ हजुर !

‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले ।

उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।


उहाँको जन्मथलो मोरङको होक्लाबारीतिर हुनुपर्छ, मैले खासै थाहा पाउन सकिनँ । उहाँको श्रीमानको बारेमा पनि थाहा भएन । केही छोरीहरु थिए, सबै पराई घर गइसकेका । एकजना छोरी नजिकै थिइन्, तर हल्का अपाङगता भएको, मजाले हिँड्डुल गर्न नसक्ने ।

केही महिनादेखि उहाँ बिरामी हुनुभएको कुरा चर्चमा सुचना आउन थालेको थियो, यसैले मण्डलीका अगुवाहरु र अन्य सदस्यहरु बेलाबेला गएर उहाँको स्याहारसुसार गरेर आउने गर्नुभएको थियो । म पनि ३ पटक पुगेँ उहाँको झुपडीमा । पछिल्लो समय मोरङ डँग्राहा–९ गाविसमा बस्न थाल्नुभएको रहेछ । उहाँको स्याहार सुसार गर्ने कोही थिएन एकजना छोरीतर्फको लगभग ८–९ वर्षको बालक नाति बाहेक । बालकले के गर्न सक्थ्यो र ! हामी पुग्दा आमै आफ्नै दिसा पिसाबमा लतपतिएर बस्नुभएको रहेछ । उठ्न पनि नसक्ने, हिँड्डुल गर्न पनि
नसक्ने। थोरै भएको कपालमा पनि जुम्रै–जुम्रा । साथमा जानुभएको आमा–दिदी बहिनीहरुले नुहाइदिनुभयो अनि लुगा फेरिदिनुभयो, एल्डर अंकलले कपाल काटिदिनुभयो, अर्काे बहिनीले मासुको सुप पकाइदिनुभयो । उहाँको अनुहार अनि पेट सुन्निएको थियो, अन्त्य
मा नजिकैको मेडिकलबाट स्वास्थ्यकर्मी ल्याएर चेकजाँच गरि केही औषधी छोडेर हामी फर्कियौँ ।

त्यहीँ दिन थाहा भयो वल्र्ड भिजन नामको सँस्थाले उहाँको नातितर्फबाट ठूलो सहयोग गरेको रहेछ । उक्त ऐलानी जग्गामा सानो झुपडी बनाउनको लागि सहयोग गरेको रहेछ साथै एउटा रु ४०,००० ।– बराबरको दुध दिने गाई पनि सहयोग गरेको रहेछ । उक्त दिन सोही क्षेत्रमा काम गर्ने वल्र्ड भिजनकी कार्यकर्ता तारा रिजालसँग पनि भेट भयो । उनी पनि बेलाबेला आएर आमैको हालखबर सोध्ने गरेको भनेर बताउनुभएको थियो । बालकलाई सबैले गोपाल भनेर बोलाएपनि वल्र्डभिजनले दिएको परिचयपत्र हेर्दा वास्तविक नाम कृष्ण विक्रम लिम्बु रहेछ


अर्कोपटक पुग्दा उहाँको हालत झनै खराब थियो, तर पनि बोल्न सक्ने । जोगबनी र धरानमा उहाँको केही आफन्त बस्नुभएको रहेछ । ‘मलाई धरान लैजाऊ, मलाई धरान लैजाऊ’ भन्दै बिलौना गर्दै हुनुहुन्थ्यो । अब अन्तिम अवस्थाको मान्छे, आफन्तहरुले नै अप्ठ्यारो मानेपछि हामीले जबरजस्ती लैजाने कुरा पनि भएन । त्यो दिनभरि मलाई बेचैन भइरह्यो ।

हिजोको अस्ति (२०७३ भदौ ३१) शुक्रबारको दिन म अफिस जाने सुरसार गर्दै थिएँ, फोन आयो कि श्रीमाया आमा बित्नुभयो भनेर । मन भारी भएर आयो, उहाँको ती बिलौनाहरु एकाएक आँखाभरि नाच्न थाले । अनि अफिसबाट बिदा लिएर म पनि लागेँ मलामीमा सहभागी हुन ।


उहाँको पार्थिव शरीरको लागि कात्रो अनि बाकस इटहरीबाट नै गाडीमा बोकेर लग्यौँ । पुग्दा उहाँको लास बाहिर आँगनमा पडिरहेको थियो । टन्टलापुर घाम चर्किरहेको थियो । जब उहाँको भदैनीहरु आइपुग्नुभयो अनि दाहसँस्कारको कार्यक्रम सुरु भयो । उहाँको निम्ति केही गीतहरु गायौँः

‘हाम्रो यो जीवन घामछाँया मात्र हो,
हाम्रो यो जीवन बगेको खोला हो,
फर्केर आउँदैन बितेको जीवन यो
रोएर फिर्दैन गएको यौवन यो’


एकबारको जुनी यो, लानु त के छ र?
मरेर जाने हो,
जीवन यहाँ यो, अमर छैन नै,
माटोमा मिल्ने हो ।


मृत्यु पछि तर–
जीवन अर्को छ, विश्वासी सबैलाई,
विश्वास गरौँ न, स्वर्गीय पितालाई ।

समस्या के थियो भने उहाँको लास गाड्नको निम्ति जग्गा थिएन । बस्नुभएकै घर छेऊमा उहाँलाई दफन गर्ने निधो ग¥यौँ, तर गाउँलेहरुले मानेनन् । अनि स्थानीय गाउँका (ठूला–ठालु) प्रतिनिधिहरुलाई बोलाएर सल्लाह ग¥यौँ । उहाँहरुले लगभग ४ किमि जति तल अर्को खोलाको छेऊको जग्गाामा ठाऊँ देखाउनुभयो । उतिखेर आकाश चाहिँ गड्याङ्गगुडुङ्ग गर्दै थियो । सबैको सहमति पछि त्यहाँ चिहान खन्न लगाइयो । तर जब पछि हामी लास लगेर त्यहाँ पुग्यौँ, स्थानीय मुसहर दाजुभा
ई–दिदीबहिनीहरु आएर तैनाथ बसेका रहेछन् । अनेक बिन्ति उपाय गर्दा पनि त्यहाँ लास राख्न हामीलाई दिइएन । अनि फेरि उनीहरुकै सल्लाहमा पुनः अझै तल अर्को ठाऊँमा गयौ र चिहान खन्न थाल्यौँ ।

पानी दर्किन थाल्यो, चिहान खनिरह्यौँ । अन्त्यमा उहाँलाई दफन गरेर आ–आफ्नो घर फक्र्यौँ । श्रीमाया आमाको जीवनका अन्तिम क्षणहरुको कथा यत्ति नै हो । उहाँ लगभग ७३ वर्षसम्म यो धर्तीमा बाँच्नुभयो । एकपटक चर्चमा मेरो ८४ वर्षीय हजुरआमालाई भेट्दाः ‘आउँदै गर्नु, अब कहिलेसम्म बाँचिन्छ होला र.....!’ भन्नुभएको थियो । ख्रीष्टको नाताले फेरि भेट्ने आशामा संसारको सुख–सयल भन्दा धेरै पर ख्रीष्टमा एक दुखिया जीवन बाँचेकी श्रीमाया आमालाई हार्दिक श्रद्धान्जली ।


Comments

Popular Posts

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

गाऊँ घरतिरको एकहप्ते बसाइ (संस्मरण)

धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् । घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ । भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।

सुन्दरताको बारेमा केहि कुरा...

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।