बाइबलमा ‘चुरोट’ शब्द सायद कहीँ पनि उल्लेख छैन । यसको सेवनले व्यक्तिलाई असर गर्छ । सूर्ती सेवनले मुख तथा श्वासप्रश्वास प्रणालीमा केही न केही नोक्सानी अवश्य ल्याउँछ । यो कुरा तपाईँ हामी सुर्ती सेवन गर्ने नगर्ने सबैलाई थाहा छ । यसो हुँदाहुँदै चुरोट पिएर पनि असी वर्षसम्म बाँचिन्छ भने किन चुरोट छाड्ने भन्नेको जमात पनि उत्तिकै छ । यो चाँहि चुरोट पिउने एउटा राम्रो बहाना हो । चुरोटकै बट्टामा पनि लेखिएको हुन्छ ‘सुर्ती सेवन स्वास्थ्यको लागि हानिकारक छ’; अझ हेर्दै आङ्ग जिरिङ्ग हुने तस्वीर समेत खोलहरुमा छपाइएको हुन्छ । यसरी परमेश्वरको मन्दिरलाई दुषित पार्ने वा हानि गर्ने कुरादेखि इसाईहरु टाढा रहनुपर्ने होइन र ?
चुरोटको तलतल कहाँ लाग्छ ? यो भोकाएको जस्तो हो कि वा तिर्खाएको जस्तो हो वा कतै निन्द्रा नपुगे जस्तो हो; मलाई केही थाहा छैन र थाहा पाउनु पनि नपरोस् । तपाई हाम्रा मण्डलीका सदस्यहरुलाई चुरोट पिउनु वर्जित छ । हुन त बाटोमा हिँड्दा थुप्रैले चुरोट पिइरहेका हुन्छन्; तर हाम्रा इसाई दाजुभाईहरु पनि कहिलेकाँही फेला पर्छन् । विश्वासीको हातमा चुरोट अति अशोभनीय देखिन्छ साथै यस्तो बेलामा कता–कता दुःख पनि लागेर आउँछ । तर केही हदसम्म हाम्रा इसाई दाजुभाईहरु बाठा छन् । उनीहरु चुरोट खुल्लमखुल्ला पिउँदैनन्; छड्के बाटो हिँड्दा कहीँ कतै भेटिन्छन् ।
एकपटक म मण्डलीबाट फर्किँदै थिएँ । सँधैजसो हाइवेको बाटो हिँड्न मन लागेन । यसैले म बस्तीको गल्लीमा आफ्नै भाइसँग गफ गर्दै फर्किँदै थियौ । बाटोमा एकजना विश्वासीको घर अगाडि पुग्यौं । घरमूली विश्वासी अंकल ढोकाबाट फुत्त निस्केर बाटोमा आउनुभयो; हामी आमनेसामने परिहाल्यौँ । अंकलको हातमा चुरोट र सल्काउनलाई सलाई देखेर हामी दाजुभाई झस्कियौँ; अंकल तर्र्सिए । संयोग के प¥यो भने उक्त शनिबार ती अंकल चर्च पनि आएका थिएनन् । अकस्मात् आमनेसामने भएकोले अंकलले न चुरोट फ्याँक्न सके नत सल्काउन नै सके; बरु उल्टै चुरोट र सलाई अँजुली अटाई–नअटाई तुरुन्त ‘जैमसी’ भन्न पो भ्याए । एकछिन दुःख–सुखको गफ ग¥यौँ । अन्त्यमा ‘यो चुरोट किन?’ भन्दा कुराले चिप्ले घस्दै ‘भाई म यो चाँडै छोड्दैछु, छोडिहाल्छु, प्लीज नरिसाउनु ल !’ रे । चुरोट खाने उनले अनि म किन रिसाउनु ? हामी सरासर फर्कियौँ ।
केही वर्ष अघि लगभग दुई वर्ष म धरान बसेँ । म भाडामा बसेको घरको अगाडिपट्टि घरबेटीकै किराना पसल थियो । किराना पसल खुब चल्थ्यो । एकदिन पसलमा आउने ग्राहकसँग घरबेटीको छोराले ‘यी भाइ हाम्रोमा बस्छन् र यिनी पनि विश्वासी हुन्’ भनेर मसँग परिचय गराए । हाम्रो परिचय भयो । तबउसो हाम्रो भेट भइरह्यो । मण्डलीमा पनि एकदुई पटक सँगै प¥यौँ । उमेरले जेठोपाको भएर पनि म उनलाई ‘दाई’ भन्थेँ । दाईको गफ बडा आत्मिक लाग्थ्यो । प्रायः एउटा प्रार्थनाको विषयमा अनुरोध गर्थे । त्यो के भने ‘उनी विदेश जान आँटेको तर ‘एक्स–रे’मा दाग देखिएकोले जान नसेको’; हो त्यहीँ दाग हटोस् भनेर प्रार्थना गरिदिनुपथ्र्यो । कतिपल्ट मैले प्रार्थनामा सम्झेँ पनि ।
अचानक एकदिन उक्त दाईलाई म त्यहीँ घरमा बसेको कुरा भूलेर हो कि तलतलको बेहोसीमा हो; त्यहीँ किराना पसलमा चुरोटको धुँवा मस्तसँग उडाइरहेको बेलामा फेला परे, जहाँ सुरुमा हाम्रो परिचय भएको थियो । अरुबेला टाढैबाट हाम्रो ‘जयमसीह’ हुन्थ्यो, त्यो दिन म फनक्क कोठामा फर्केँ । किनकि, दाईलाई अप्ठ्यारोमा पारिराख्न मन लागेन । त्यो दिनदेखि उक्त दाईसँग प्रत्यक्ष भेट कहिल्यै भएन । बाटोमा भेट हुन आँट्यो भने पनि दाई परबाट नै तर्केर हिँड्थे । पछि त म पनि धरान छोडेँ, उक्त दाईसँग आजसम्म पनि भेट भा’को छैन ।
भन्ने नै हो यस्ता घटनाहरु थुप्रै छन्; अरु थुप्रै हाम्रा इसाई दाजुभाईहरुलाई यस्तो अवस्थामा भेटेको छु । सायद तपाईहरुले पनि भेट्नुभएको होला । थाहा हुँदा हुँदै पनि उनीहरु कुलतबाट बाहिर आउन सकिराखेका छैनन् । यसोहुँदा चुरोट पिइराखेको बेला उनीहरुलाई हामीले फेला पार्नु हामीलाई पनि अप्ठ्यारो र फेला पर्ने उनीहरुलाई झन् अप्ठ्यारो । एकजना आफ्नै साथी जमानामा गाँजा तानेकै कारणले होला कम्मरको भाग सुकेको छ । अहिले मोटाएर भुँडी लागेपनि पाइन्ट झर्ने समस्या ज्यूँकात्यूँ छ ।
केही दिन अघि मात्रै मण्डलीका एकजना सदस्यलाई एकाविहानै चुरोटको धुँवासँगै भेटेँ । उनको लागि भाग्ने ठाऊँ थिएन र एकअर्कालाई ‘जयमसीह’ शब्दले स्वागत गर्ने स्थिति पनि थिएन । एकअर्कालाई नदेखेको जस्तो गरेर बाटोमा साटिनु नै उत्तम विकल्प हो भन्ने निर्णय लियौँ । त्यतिबेलै मैले के सम्झेँ भने ती सदस्य परिवार सहित महिनौँदेखि मण्डलीमा देखापरेका छैनन् ।
बाइबलमा पावलले भन्छन् कि ‘व्यवस्था नभएको भए मैले पाप के हो भनेर थाहा पाउने थिइँन’ र ‘व्यवस्थाबिना पाप मरेतूल्य छ’ (रोमी ७ ः७, ८ )। हो, हाम्रो हृदयमा बसेको यिनै व्यवस्थाको ज्ञानको छापको कारणले गर्दा चुरोेट पिउँदै गरेका भेटिँदा हाम्रो मुख लाजले भुतुक्क हुनुपरेको र लुकीछिपी पिउनुपरेको । कति साथीहरुलाई जति सम्झाउँदा पनि नसुध्रिएका र कति सुध्रिन चाहेर पनि सुध्रिन नसकेका देख्दा यस्तो कुलतको पापबाट उम्किनु पक्कै सहज छैन भनेर ठम्याउन सकिन्छ । तर म चाँहि यो व्यक्तिगत चयन हो भन्छु; तपाईँ हामी जे चाहेको हो त्यही बन्ने हो । मूख्य कुरा ‘हामीले आफैँलाई अर्थात् परमेश्वरले दिनुभएको शरीरलाई कति प्रेम गर्छौँ वा उहाँको भय कति मान्छौँ ?’ यो हामीले हाम्रो दैनिक क्रियाकलापहरुबाट प्रस्तुत गरिरहेका हुन्छौँ ।