तिम्रा निश्चल आँखाबाट पानी झ¥यो ।
अनि मैले देखें तिम्रो मुहारमा
सप्तरंगी इन्द्रेणीका रंगहरु ।
अनि थाहा पाएँ मैले–
अन्जानमा मैले तिमीलाई कति धेरै चोट दिएको रहेछु ।
तिमी स्थिर छौ,
तिमी शान्त छौ,
पानीमा फूल्ने कमल झैं ।
अस्थिर चञ्चले त मै हो,
घरि घरि तिम्रो हात छोडेर
झाडीबाट लुकेर हेर्ने–
कि, तिमी कता जान्छ्यौ, के गछ्र्यौ भनेर................ ।
त्यतिबेला तिमी मलाई खोज्दिनौ,
बरु एक्लै उकाली चढ्न कम्मर कस्छ्यौ ।
फेरि, म दौडिदै आउँछु तिमीलाई भेट्न ।
म गर्व गर्छु तिम्रो यस्तो अदम्य साहसमाथि ।
अनि महशुस गर्छु,
म भाग्यशाली छु, कि मैले तिमीलाई पाएँ ।
कहिलेकाँही दुख्छु म, भित्रभित्रै ।
तिम्रो मायाको खडेरीमा
उजाड भएझैं लाग्छ जीवन ।
उदास देखिन्छु म ।
मैले तिमीलाई गरेको साँचो माया
तिमीलाई सापटी वा बन्धकी राख्न दिएको हैन भनेर बुझेको भए,
म कहिल्यै रुनुपर्ने नै थिएन ।
(समाप्त)
अनि मैले देखें तिम्रो मुहारमा
सप्तरंगी इन्द्रेणीका रंगहरु ।
अनि थाहा पाएँ मैले–
अन्जानमा मैले तिमीलाई कति धेरै चोट दिएको रहेछु ।
तिमी स्थिर छौ,
तिमी शान्त छौ,
पानीमा फूल्ने कमल झैं ।
अस्थिर चञ्चले त मै हो,
घरि घरि तिम्रो हात छोडेर
झाडीबाट लुकेर हेर्ने–
कि, तिमी कता जान्छ्यौ, के गछ्र्यौ भनेर................ ।
त्यतिबेला तिमी मलाई खोज्दिनौ,
बरु एक्लै उकाली चढ्न कम्मर कस्छ्यौ ।
फेरि, म दौडिदै आउँछु तिमीलाई भेट्न ।
म गर्व गर्छु तिम्रो यस्तो अदम्य साहसमाथि ।
अनि महशुस गर्छु,
म भाग्यशाली छु, कि मैले तिमीलाई पाएँ ।
कहिलेकाँही दुख्छु म, भित्रभित्रै ।
तिम्रो मायाको खडेरीमा
उजाड भएझैं लाग्छ जीवन ।
उदास देखिन्छु म ।
मैले तिमीलाई गरेको साँचो माया
तिमीलाई सापटी वा बन्धकी राख्न दिएको हैन भनेर बुझेको भए,
म कहिल्यै रुनुपर्ने नै थिएन ।
(समाप्त)