आजभोली म धेरै टोलाउन थालेको छु ।
सपनाको संसारमा हराउँदै जाँदा
कतै हाँस्ने क्षणहरु भेटिन्छन् ।
अनि म,
एक्लै–एक्लै पनि हाँस्ने गर्छु ।
मलाई इन्द्रेणी मन पर्छ ।
र इच्छा गर्छु–
उल्टो देखिने इन्द्रेणीको पनि
रंगको चमक अझै चम्के हुन्थ्यो ।
मलाई फूल मन पर्छ ।
रातो लालुपाते देख्दा,
चिसो सिरेटोको मलाई वास्तै हुन्न ।
एकाबिहानै पारिजातको बोटमुनि
सुगन्ध बटुल्न पनि पुग्छु ।
कौसीमा गुँड बटुल्दै गरेको परेवाको जोडीले
कता–कता गिज्याएझैं लाग्छ मलाई ।
मलाई झरी मनपर्छ,
र रुझ्ने गर्छु कहिलेकाँही ।
ममाथि खस्ने हरेक पानीका थोपाहरुले–
अनौठो तरङ्ग फैलाइदिन्छ ममा,
अर्कै अनुभूति गर्छु म ।
तिर्खा लाग्छ मलाई–
तर,
दुधकोशीको चिसो पानीले मेटिँदैन प्यास ।
जब मेरा हातमा बेरिएका रगतका नशाहरु देख्छु,
लाग्छ, अहो ! म त निकै ठूलो भइसकेछु ।
मलाई जुन मनपर्छ ।
जुनेली रातमा, जब जुनलाई एकटकले हेर्दै हुुन्छु,
अनि म जुनलाई पे्रम गर्न थाल्छु,
तिनका गालाका पोतोहरुको मलाई वास्तै हुन्न ।
अनायसै किन रमाउँछु म,
जब चन्द्रमाको छेऊमा एउटा तारा देख्छु ?
मलाई औँठी मनपर्छ ।
बाँया हातको मेरो साँहिली औला–
अझै कुमारी नै छिन् कसैको पर्खाइमा ।
कहीँ–कतै बच्चा रोएको सुन्दा पनि
कर्कश लाग्ने त्यो ध्वनीलाई–
लोकगीतको भाकामा बजाइने बाँसुरीको
धुन जत्तिकै प्रेम थालेको छु ।
मलाई एउटा पतिव्रता स्त्री चाहिएको छ,
जसलाई म–आफूलाई झैं पे्रम गर्न सुकुँ ।
जोसँग म एक हुन सकुँ ।
तृप्त होला मन, मेटिएला प्यास ।
सार्थक होला, म पुरुष हुनुको अर्थ
अनि, तिनी स्त्री हुनुको अर्थ ।
मलाई एउटा परिवार चाहिएको छ ।
थकाई मार्न एउटा बगैँचा चाहिएको छ ।
जसमा म बाँच्नुको अर्थ लुकेको होस् ।
किनकी,
म एक असल पति बन्न चाहन्छु ।
म एक असल पिता बन्न चाहन्छु ।
(समाप्त)
सपनाको संसारमा हराउँदै जाँदा
कतै हाँस्ने क्षणहरु भेटिन्छन् ।
अनि म,
एक्लै–एक्लै पनि हाँस्ने गर्छु ।
मलाई इन्द्रेणी मन पर्छ ।
र इच्छा गर्छु–
उल्टो देखिने इन्द्रेणीको पनि
रंगको चमक अझै चम्के हुन्थ्यो ।
मलाई फूल मन पर्छ ।
रातो लालुपाते देख्दा,
चिसो सिरेटोको मलाई वास्तै हुन्न ।
एकाबिहानै पारिजातको बोटमुनि
सुगन्ध बटुल्न पनि पुग्छु ।
कौसीमा गुँड बटुल्दै गरेको परेवाको जोडीले
कता–कता गिज्याएझैं लाग्छ मलाई ।
मलाई झरी मनपर्छ,
र रुझ्ने गर्छु कहिलेकाँही ।
ममाथि खस्ने हरेक पानीका थोपाहरुले–
अनौठो तरङ्ग फैलाइदिन्छ ममा,
अर्कै अनुभूति गर्छु म ।
तिर्खा लाग्छ मलाई–
तर,
दुधकोशीको चिसो पानीले मेटिँदैन प्यास ।
जब मेरा हातमा बेरिएका रगतका नशाहरु देख्छु,
लाग्छ, अहो ! म त निकै ठूलो भइसकेछु ।
मलाई जुन मनपर्छ ।
जुनेली रातमा, जब जुनलाई एकटकले हेर्दै हुुन्छु,
अनि म जुनलाई पे्रम गर्न थाल्छु,
तिनका गालाका पोतोहरुको मलाई वास्तै हुन्न ।
अनायसै किन रमाउँछु म,
जब चन्द्रमाको छेऊमा एउटा तारा देख्छु ?
मलाई औँठी मनपर्छ ।
बाँया हातको मेरो साँहिली औला–
अझै कुमारी नै छिन् कसैको पर्खाइमा ।
कहीँ–कतै बच्चा रोएको सुन्दा पनि
कर्कश लाग्ने त्यो ध्वनीलाई–
लोकगीतको भाकामा बजाइने बाँसुरीको
धुन जत्तिकै प्रेम थालेको छु ।
मलाई एउटा पतिव्रता स्त्री चाहिएको छ,
जसलाई म–आफूलाई झैं पे्रम गर्न सुकुँ ।
जोसँग म एक हुन सकुँ ।
तृप्त होला मन, मेटिएला प्यास ।
सार्थक होला, म पुरुष हुनुको अर्थ
अनि, तिनी स्त्री हुनुको अर्थ ।
मलाई एउटा परिवार चाहिएको छ ।
थकाई मार्न एउटा बगैँचा चाहिएको छ ।
जसमा म बाँच्नुको अर्थ लुकेको होस् ।
किनकी,
म एक असल पति बन्न चाहन्छु ।
म एक असल पिता बन्न चाहन्छु ।
(समाप्त)