यो साँझमा म केही चञ्चल छु ।
किनकी,
केही नेताहरुलाई मेरो घरको भोजमा निम्त्याएको छु,
र, घमण्डले मेरो नाक केही चुच्चो भएको छ,
किनकी,
अब उसो मलाई मानिसहरुले
मन्त्रीको नजिकको मान्छे भनेर चिन्नेछन् ।
तर,
रणभूल्लमा पर्छु म,
जतिखेर डाइनिङ्ग टेबलमा
मासुको ताउलोलाई नेताहरुले पर सारे ।
‘कतै मासु मिठो पकाइनौ कि !’
गुनासो पोखेँ श्रीमतिसँग ।
तिनले जवाफ दिइन् –
‘जिउँदो मान्छे खानेहरु, कहाँ यस्तो खान्छन् र !’
दिउँसो वैठकमा,
हाम्रा नेताहरु जहाँ बस्छन्, त्यहीँ घुर्छन्,
जहाँ जीवन र मृत्युको निर्णय हुने गर्दछ ।
किनकी,
उनीहरु रातभरि अँध्यारोमा काम गर्छन् ।
राती सुत्ने फुर्सद तिनीहरुलाई हुँदैन ।
हम्रा नेताहरु,
निभ्न लागेको दियोमा तेल थप्दैनन् ।
देशको निम्ति रुनेहरु मैन बत्ती भएका छन् ।
हाम्रा नेताहरु,
भाग्छन् उज्यालोदेखि भयभित भई,
देशमा सुनौलो विहानी देख्ने लालच तिनीरुहरुमा कत्ति पनि छैन,
किनकी,
आफू नाङ्गो छु भनेर तिनीहरुलाई राम्रो ज्ञान छ,
नत्रता, तिनीहरुको नग्नता भंग हुनेछ ।
शहीदहरुलाई साँच्चै सलाम छ ।
जसको मृत्यूमा बनावटी रोदन कहीँ पाइएन ।
जसको लाशमाथि धर्तीले आँसुको सिमसार बनायो ।
अनि–
जसको चिहानमाथि नेपाली झण्डा फरफराउन शर्माउदैन ।
तिनीहरु एक युवा थिए–
औंसीको मध्यरातमा, चट्याङ्ग पर्दा चम्किने विजुलीझैं,
शहीदहरुले एक निमेष भएपनि धर्तीमा उज्यालो फ्याँके ।
कमजोर शरीरलाई के पर्खिराख्थ्यो !
आत्मा लाग्यो अनन्त विश्रामतिर ।
आज हामी त्यही विजुलीको चम्काइमा
आक्कल झुक्कल देखिने बाटोहरुमा,
आफूलाई घिसार्दै गन्तव्य पहिल्याउँदैछौं ।
र, त्यही बिजुलीको चम्काईमा
हाम्रा नेताहरुको सारा नग्नतालाई
हाम्रा आँखाले झिमिक्क खिचेको तस्वीर
हाम्रो हृदयबाट यत्तिकै कसरी मेटाउन सक्छौं र?
नेपालीहरुको प्रत्येक मन एउटा दरबार हो ।
अनि त्यहाँ एउटा रित्तो सिंहासन छ ।
यसको वरिपरी घुम्दै
हाम्रा नेताहरु साङ्गितिक कुुर्सी खेल खेलिरहेछन् ।
नेपथ्यमा एउटा धुन बजिरहेछ,
फुटेको बाँसुरीको, चुँडिएको सारँङ्गीको,
प्वाल परेको मादलको, सडेको मुर्चुङ्गाको.........।
र, त्यो धुनमा,
हाम्रा चेलीहरुको चित्कार, हाम्रा दाजुभाइको गुहार
अनि आमाहरुको रोदन मिसिएको छ ।
मानौं कि नियम यस्तो छ–
जब त्यो धुन रोकिन्छ, तब कोही नेता त्यो सिंहासनमा बस्न पाउनेछ ।
तर हाम्रा नेताहरु घुम्दाघुम्दै भूमरी बनेर हराउँछन् ।
तिनीहरुलाई धर्तीले यत्तिकै निलिदिन्छ,
आर्यघाटमा जल्दै गर्दा, धुँवाको मुस्लो शुन्य आकाश बिलाउँछन् ।
अनि मलामीहरु केही सान्त्वनाले भरिन्छन् ।
को होला योग्य,
बस्न सिंहासनमा यो नेपाली मनको ?
कहिले होला अन्त्य,
त्यो वेदनामिश्रित धुनको ?
(समाप्त)
[नोटः मैले माथि प्रयोग गरेको ‘श्रीमति’ शब्द काल्पनिक हो । म अविवाहित छु । धन्यवाद ।]