दुश्मनले धावा बोल्यो युद्धको ।
अनि दुश्मनहरुले
आफ्नो तरवार उध्याउन थाले,
भाला चम्काउन लागे ।
आधुनिक देखि
आणविक सम्मको हातहतियार भिरे ।
उनीहरुले हाम्रो नाम समेत सुन्न चाहँदैन थिए ।
हामीलाई मेटाउन चाहन्थे सदाको लागि ।
किनकी,
उनीहरुलाई महिषासुर र रावणको हाँसो प्यारो थियो ।
उनीहरु हिटलरका साझेदार थिए ।
ठूलै रकम खर्चेर
गोल्यतलाई आफ्नो पक्षमा पारे ।
उनीहरु अन्धकारमै रहन उचित ठाने ।
ज्योतिमा आउँदा–
उनीहरुको नग्नता भंग हुने डर थियो ।
निर्दोषहरुको रक्तपात गरेको पोल खुल्न सक्थ्यो ।
उनीहरुलाई–
हत्यारा, बलात्कारी, शोषकी भनेर
टाढैबाट सबैले औँल्याउन सक्थे ।
यसैले–
उनीहरुले हामीलाई घृणा गरे,
र हामीलाई निभाउन चाहे ।
ज्योति भन्दा बरु अन्धकारलाई रुचाए,
किनकी उनीहरुका काम दुष्ट थिए ।
यता हामी भने–
प्रार्थनामा लागिरह्यौँ ।
आफ्नो कम्मर सत्यले कस्यौँ ।
धार्मिकताको छातीपाता भि¥यौँ ।
सु–समाचारको जुत्ता लायौँ ।
विश्वासको ढाल उठायौँ ।
मुक्तिको टोप लगायौँ ।
पवित्र आत्माको तरवार भि¥यौँ ।
रणभूमीमा हामीलाई रित्तै देखेर
दुश्मनहरुको अट्टहास फैलियो ।
खुशीयालीको दिन नजिकै छ भन्ने उनीहरुले सम्झे ।
आखिरमा,
घोर–घमासान युद्ध भयो ।
धुलो र धुँवाले आकाश छोयो ।
भोलिपल्ट,
हामीले युद्ध जितेको हल्ला
चारैतिर फैलियो ।
हामी अझै रित्तै देखिन्थ्यौँ ।
अपरिचित झैँ देखिन्थ्यौँ ।
हामीलाई–
पानी भएर जाँदा, पानीले डुबाएन ।
आगो भएर जाँदा, आगोले डढाएन ।
हामीहरुका सेनापति येशू हुन्
हामी उनका पाइला पछ्याउँछौँ ।
-----------0----------- (समाप्त)
-----------0----------- (समाप्त)
Comments
Post a Comment