Skip to main content

आखिरी युद्ध



दुश्मनले धावा बोल्यो युद्धको । अनि दुश्मनहरुले आफ्नो तरवार उध्याउन थाले, भाला चम्काउन लागे । आधुनिक देखि आणविक सम्मको हातहतियार भिरे । उनीहरुले हाम्रो नाम समेत सुन्न चाहँदैन थिए । हामीलाई मेटाउन चाहन्थे सदाको लागि । किनकी, उनीहरुलाई महिषासुर र रावणको हाँसो प्यारो थियो । उनीहरु हिटलरका साझेदार थिए । ठूलै रकम खर्चेर गोल्यतलाई आफ्नो पक्षमा पारे । उनीहरु अन्धकारमै रहन उचित ठाने । ज्योतिमा आउँदा– उनीहरुको नग्नता भंग हुने डर थियो । निर्दोषहरुको रक्तपात गरेको पोल खुल्न सक्थ्यो । उनीहरुलाई– हत्यारा, बलात्कारी, शोषकी भनेर टाढैबाट सबैले औँल्याउन सक्थे । यसैले– उनीहरुले हामीलाई घृणा गरे, र हामीलाई निभाउन चाहे । ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकी उनीहरुका काम दुष्ट थिए । यता हामी भने– प्रार्थनामा लागिरह्यौँ । आफ्नो कम्मर सत्यले कस्यौँ । धार्मिकताको छातीपाता भि¥यौँ । सु–समाचारको जुत्ता लायौँ । विश्वासको ढाल उठायौँ । मुक्तिको टोप लगायौँ । पवित्र आत्माको तरवार भि¥यौँ । रणभूमीमा हामीलाई रित्तै देखेर दुश्मनहरुको अट्टहास फैलियो । खुशीयालीको दिन नजिकै छ भन्ने उनीहरुले सम्झे । आखिरमा, घोर–घमासान युद्ध भयो । धुलो र धुँवाले आकाश छोयो । भोलिपल्ट, हामीले युद्ध जितेको हल्ला चारैतिर फैलियो । हामी अझै रित्तै देखिन्थ्यौँ । अपरिचित झैँ देखिन्थ्यौँ । हामीलाई– पानी भएर जाँदा, पानीले डुबाएन । आगो भएर जाँदा, आगोले डढाएन । हामीहरुका सेनापति येशू हुन् हामी उनका पाइला पछ्याउँछौँ ।

-----------0----------- (समाप्त)

Leave your comments here!

Comments