विगतका वर्षहरुमा झैं फेरि क्रिसमस फर्केर आएको छ । क्रिसमसको वहारले पृथ्वीको पल्लो कुना देखि अर्को कुनासम्म विश्वासीहरु लगायत अन्य मानिसहरुमा नयां उमङ्ग र उत्साह फैलिएको छ, जोहरु क्रिसमस संग परिचित छन् । तर,केही वर्षदेखि यता क्रिसमस सम्बन्धी नकरात्मक धारणाहरु र भ्रमहरुले पनि मानिसहरुलाई उत्तिकै भ्रमित पार्दै र बहकाउंदै लगेको छ । कतिपय ठाउंहरुमा क्रिसमसको नाममा अनावश्यक मोजमज्जा, अनैतिकता र उच्छृङखलताका खवरहररुले पनि उत्तिकै प्रश्रय पाइरहेका छन् ।
तीन वर्ष अघि एकजना मेरो नवपरिचित साथीले क्रिसमस मनाउन नहुने विचारहरु ममा व्यक्त गरेपछि क्रिसमस सम्बन्धी मेरो धारणामा ठूलो क्रान्ति आयो । तर जब क्रिसमस कार्यक्रमहरुमा सहभागी भएर म आफैंलाई प्रभुको महिमा गरिरहेको पाउंछु, क्रिसमस मनाएकोमा प्रभुले मलाई कहिल्यै दोषी नठह¥याउनुहुने कुरामा म ढुक्क हुन्छु । नत्रता म प्रभुका जनहरुसंग परमेश्वरको आराधना गर्दा गर्दै पनि म नर्कमा जानेछु ।
केही वर्ष अघि इटहरीमा स्थानीय इसाई समाजको नेतृत्वमा आयोजित विशाल क्रिसमस ¥यालीको अन्तिम सभा गोर्खा डिपार्टमेन्ट अघि समापन गर्ने कार्यक्रम थियो । समापन कार्यक्रमको मध्यभागतिर हामी केही साथी भाइहरु संग क्यारोल गीत गाउन आंट्दा एक अधवैंसे पुरुषले केही बोल्ने अनुमति माग्यो । उसलाई समय दिइयो । प्रचार गर्न थाल्यो–‘तपाईहरु जुन क्रिसमस मनाउंदै हुनुहुन्छ, यो वाइवल विपरीत हो...........।’ तुरुन्त उसलाई माइक्रोफोन खोसियो र बाहिर निकालियो । पछि बुझ्दा उनी कोरियामा दाश्रो पटक येशुको आगमन भइसकेको र उसको नाम ‘आङ्गसाङ्ग होङ्ग’ भनाउंदाका चेला रहेछन् ।
सु–समाचार सुनाएर भर्खर–भर्खर प्रभुलाई ग्रहण गरेका मेरो हितैषी मित्र एकदिन हस्याङ्गफस्याङ्ग गर्दै म कंहा आइपुगे । झाक्किँदै मलाई भन्यो–‘ सुमन क्रिसमस मनाउनु त खत्तम रहेछ रै छ नि हो, डाइरेक नर्क पो गइन्छ रे ।’ उनी एकजना याल्सादाइ चर्च जाने अँकलको फेला परेका रहेछन् । मैले क्रिसमस मनाउंदैमा नर्क जानुपर्दैन भन्ने कुरा बुझाउन ठूलो मेहनत गर्नुप¥यो ।
क्रिसमस सम्बन्धमा बाइबल केही रुपमा मौन भएपनि हामी येशूको जन्मलाई नकार्न सक्दैनौं । क्रिसमस विरोधीहरुले पक्रिने एउटा त्यान्द्रो भनेको ‘अहिले यो क्रिसमस डे को दिन प्राचीन मानिसहरु सुर्यको घनघोर पूूजा गर्थे रे । यसकारण क्रिसमस मनाउंनु ‘मुर्तिपूजा हो’ भन्ने भनाइ उनीहरुको छ । परमेश्वर असल हुनुहुन्छ । कुनै पनि कुरालाई सांचो परिवर्तन गर्न सक्ने उहाँमात्र हुनुहुन्छ । यसैले एउटा निष्कर्षमा हामी पुगौँः कि त्यो सूर्यको पूजा गरिने महान दुष्ट पापकर्मको दिनलाई महान महिमित ‘क्रिसमस डे’ मा बदल्ने प्रेरणा दिने उहाँमात्र हुुनुहुन्छ । यसैगरि डाँकुहरुको ओढारमा परमेश्वरको भवन बसालियोस् । हत्यारा शाउलहरु पावल होऊन् ।
हामी भित्र येशूको वृद्धि हुन आवश्यक छ । क्रिसमसलाई एउटा अवसरको रुपमा लिनुहोस् प्रभु येशूलाई तपाईभित्र बोलाउने । तपाइले गब्रियल स्वर्गदुतको दर्शन नपाउन सक्नुहुन्छ तर, सुत्केरी बेथाले छट्पटाईरहेकी मरियम र युसुफले तपाइको घरको ढोका ढकढक्याइरहेको महशुस गर्न सक्नुहुन्छ । प्रभु येशूले तपाइको हृदयमा बास गर्न चाहिरहनुभएको कुरा थाह गर्न सक्नुहुन्छ ।
पूर्वका ज्योतिषीहरुले झैं सुन, धुप र मुर्रका भेटी चढाउन असक्षम हुनसक्नुहुन्छ तर, जिउँदो बलिको रुपमा आफ्नो जीवन अर्पण गर्न सक्नुहुन्छ । शिमियोनले झैं परमेश्वर पितालाई स्तुती–प्रशंसा दिन सक्नुहुन्छ । गोठालाहरुले झैं रातको समय अनि मौसमहरुमा पनि रमाउन सक्नुहुन्छ । येशूको जन्ममा हर्षोल्लास मनाइरहेका स्वर्गीय दलहरुसंग तपाई पनि सहभागी हुन सक्नुहुन्छ ।

Times Viewed!