(२०६२ साल, ओखल्ढुंगा)
आफ्नै जीवन यात्रामा रमाइरहन्छु
मेरो येशू ख्रीष्टलाई छातिमा सजाउँछु ।
यो मन कहिले कुन संसारमा पुग्छ
रात दिन सँधैभरि कल्पनामा डुब्छ
साँघुरो बाटोतिर सँधै हिँडिरहन्छु
मेरो येशू ख्रीष्टलाई छातिमा सजाउँछु ।
यो मन कहिले कुन निराश हताश हुन्छ
तर पनि वचनले सान्त्वना दिइ नै रहन्छ
उज्यालो बाटोतिर सँधै हिँडिरहन्छु
मेरो येशू ख्रीष्टलाई छातिमा सजाउँछु ।
आफ्नै जीवन यात्रामा रमाइरहन्छु
मेरो येशू ख्रीष्टलाई छातिमा सजाउँछु ।
यो मन कहिले कुन संसारमा पुग्छ
रात दिन सँधैभरि कल्पनामा डुब्छ
साँघुरो बाटोतिर सँधै हिँडिरहन्छु
मेरो येशू ख्रीष्टलाई छातिमा सजाउँछु ।
यो मन कहिले कुन निराश हताश हुन्छ
तर पनि वचनले सान्त्वना दिइ नै रहन्छ
उज्यालो बाटोतिर सँधै हिँडिरहन्छु
मेरो येशू ख्रीष्टलाई छातिमा सजाउँछु ।
--------------------0-----------------------