भनिन्छ, माया जति टाढा भयो उति धेरै बढ्छ । मायाको महत्व सामिप्यतामा रहँदा जनि महत्वपूर्ण हुन्छ, टाढिँदै जाँदा अझ यसको महत्व बढेर जान्छ, त्यो साँचो माया हो भने । हुन त माया प्रेमको बारेमा घोरिन थाल्यौं भने जीन्दगी बितेर जाला तर यसको असली स्वरुप र गहिराईको बारेमा हामी छर्लङ्ग हुन सक्छौं भन्ने कुरामा मलाई पटक्कै विश्वास लाग्दैन ।
वास्तवमा हामी हाम्रा वरपरका हरेक सजीव–निर्जिव वस्तुहरुलाई माया गरेका हुन्छौं । हामी हाम्रो टल्केको जुत्ताको टुप्पो कतै ठोकिएर नकुच्चियोस् भनेर हिँड्दा बडो सावधानी अपनाउँछौं । हाम्रो मोबाइलको स्क्रिन नकोरियोस् भन्ने चाहना राख्छौं । हाम्रा सामानहरुमाथि हामीले गर्ने माया–प्रेमको केवल यो सुक्ष्म उदाहरण मात्र हो । यी बाहेक मयााकै कारणले हाम्रा मानिसहरु साथी, संगी, इष्टमित्रहरु लगायत अन्य व्यक्तिहरुको बारेमा सोचेको अनि चाहेको भलाईको महानताको बारेमा यहाँ शब्दमा उल्लेख गर्न खोज्नु एउटा दुस्साहस मात्र हुनेछ ।
मैले जोड्न खोजेको प्रसङ्ग चाँही देशप्रतिको मायाको बारेमा हो । हामीले गर्ने मायाको अनगिन्ति प्रकारहरु मध्ये देशको माया पनि एक हो । देशभक्तिको भावनाले ओतप्रोत नभएको मानिस विश्वमा शायदै मात्र होलान् ।
नेपालको सन्दर्भमा हेर्ने हो भने देशको सार्वभौमसत्ताको बचावटको लागि र नेपाली जनताहरुको भलाईको लागि शहीद भएका वीरहरुको वीरगाथा नै पर्याप्त छ, हामी पनि देशभक्तिको भावनाले प्रेरित हुनको लागि । हामीले टेकेर जन्मेर टेकेको यो धुलोप्रति हाम्रो कत्रो माया ! जसको लागि हामी प्राण समेत दिन तयार छौं ।
‘आफ्नोपन’ शब्द आफैंमा अति प्यारो छ । ‘आफ्नो’ भन्ने बित्तिकै हामी उक्त चीजप्रति हाम्रो केही जिम्मेवारीपनको बोध हुन्छ । व्यक्तिगत आफनोपनलाई केवल स्वार्थ भने पनि खासै फरक पर्दैन, तर राष्ट्रियस्तरको आफ्नोपनमा गयौं भने ‘म, मेरो देश, मेरो गौरव’को भावना मात्र बाँकी रहन्छ । त्यो भनेको हाम्रो राष्ट्रियता हो । जब हामी राष्ट्रियस्तरको स्थानसम्म उक्लिन्छौं, तब हामीलाई यो थाह हुन्छ कि राष्ट्रियताको कुरामा कुनै प्रकारको छुवाछुत र भेदभाव हुँदैन । हो, यो राष्ट्रियताको भावनासम्म पुगेर मात्र नेपालीहरुको एकता सम्भव छ ।
अहिले प्रवासमा रहेका नेपालीहरुको देशभक्तिको भावनालाई बुभ्mने हो भने उनीहरु भन्ने गर्छन्–‘विदेशमा गएर मात्र थाहा हुँदोरहेछ, देशको माया कति हुँदोरहेछ भनेर ।’ उनीहरु देशप्रतिको घृणाको कारणले विदेशिएका हुन् भन्ने कुरा मेरो मानसपटलले कहिल्यै स्वीकार्न सक्दैन । वास्तवमा उनीहरु कुनै न कुनै रुपमा नेपाललाई अतुलनीय सहयोग पु¥याउँदै आएका छन् ।
दुःखका साथ भन्नुपर्छ, देशले हामीलाई चाहिने जति न्यूनतम कुराहरु पनि दिन सकेको छैन । अधिकांश ठाऊँहरुमा बाटो पुगेको छैन । भएको सडकमा पनि बन्दको कारण हिँड्न पाइँदैन । बत्ती, पंखा सिलिङ्गमा झुण्डिरहेका छन् तर हामी ठट्टा गरे जस्तै हाते पंखाले आफूलाई हम्काइरहेछौं, किनकी बिजुली छैन । रातको समयमा अन्तरिक्षबाट नेपाललाई हेर्ने हो भने कस्तो घोर अन्धकार देखिन्छ होला ! जहाँ ढुँगे युगको परिकल्पना गर्न सकिन्छ । जहाँ अन्धकारमा जनताहरु अनि तिनीहरुलाई नेतृत्व गर्नेहरु आँखा नहुनेलेझैं छामछाम–छुमछुम गर्दै कर्तव्यपालना बिनाको अधिकारको खोजीमा बरालिन्छन् । यहाँ अन्धाले अन्धालाई डो¥याइरहेछन्, जसको परिणाम हुन्छ, तिनीहरु दुवै खाल्डोमा पर्छन् । तिनीहरु त्यो खाल्डोबाट उम्किन खोज्दैनन् र चाँहदैनन् पनि । बरु अरुलाई पनि त्यहाँ तानिरहन्छन् ।
देशभक्तिले त हामी भरिएका छौं, तर यस्तो विषम परिस्थितिमा भविष्यको केको आशामा हामी बाँकी सास फेरिरहन सक्छौ ? बाँकी के नै छ र अब? के अब हामी यिनै ढुङ्गाहरुलाई चाटेर बाँचिरहने साहस गर्न सक्छौं ?
यस्तो निरीह देशमा बस्नुपरेता पनि कोही तेस्रो व्यक्तिले हाम्रो देशको विरुद्धमा केही अपशब्द बोल्यो भने हामी रिसले मुर्मुरिन्छौं, किनकी हाम्रो भित्री हृदयको गहिराईमा देशको माया लुकेको छ । यसैले त भनेका रहेछन् बालकृष्ण समले–‘देशभक्ति त मर्दैन चुत्थो देश भएपनि ।’
मुलुकको यो विकराल रुप कसले बनायो? तपाई हामीले नै हौं । कतिपल्ट राष्ट्रले हामीलाई के दियो भन्दा बरु हामीले के दियौं? भनेर सोच्नु आवश्यक छ । हामी भोकभोकै मर्न पनि सक्छौं, किनकी हाम्रा जमिनहरु हामीले बाँझो छोेडेका छौं, जुन स्वभाविक नै देखिन्छ । राष्ट्र अनि राष्ट्रियताप्रति कुठाराघात गरेर पनि केही गल्ती नगर्नेलेझैं भएर ढुक्क छौं । हामी अन्धकारमै रहिरहनु परेपनि कसैले अचम्म मान्नेछैन, किनकी जलस्रोतमा सम्पन्न हुँदाहुँदै पनि यसको सदुपयोग गर्न सकिरहेका छैनौं । यस्ता धेरै उदाहरण छन्, जसमा के देखिन्छ भने देशले गर्नुपर्ने भन्दा पनि हामीले गर्नुपर्ने कुराहरु धेरै बाँकी छन् ।
त्यसोभए अब हामी अझै देशप्रति कुनै माया नै नभएको जस्तो खोक्रोपन लिएर कसरी बाँचिरहन सक्छौं? देशप्रतिको हाम्रो देशभक्तिको भावना अब जगाउनुपरेको छ । सच्चा नागरिकको हैसियतले राष्ट्रघातको संवेगलाई हामी सहजै नियन्त्रण अवश्य गर्न सक्नेछौं । हाम्रो यो भाइचारालाई विश्वले छक्क परेर हेर्नेछ । हाम्रो देशलाई जिर्णोद्धार गर्नुपरेको छ । यो फूलबारीलाई अझ सुन्दर बनाऔं, सुनजस्तो हाम्रो देश नेपालमा अझ सुगन्ध थपौं ।
– सुमन राई
(वर्ष ७, अंक १३६, २०६८ वैशाख २७ गते बुधबार, पूर्वसन्देश दैनिकमा प्रकाशित)