हरेक दिन मसँग रमाउने एउटा कारण छ
सम्झन्छु तिम्रो अगापे प्रेम, मन मेरो रमाउँछ ।
मैले प्रेम गर्न अघि मलाई प्रेम गर्ने
मेरो पहिलो प्रेमी येशू,
बाटो हराएको म यात्रीलाई खोजी भेट्टाउने
मेरो पहिलो प्रेमी येशू ।
मरुभूमीमा काँडाहरुले विझाउँदै आफैँलाई
प्रेमको छहारी पाउने आशामा डुलिहिँडेछु,
क्षणिक संसारको हराइजाने अभिलाषासँगै
बनावटी हाँसोमा रमाउने कस्तो गल्ती गरेछु .
विगतलाई भूलेर आज म आनन्दित छु, खुशी छु
ख्रीष्टको असीम न्यानो प्रेमको अंगालोमा
छुँदैनन् आज मलाई कुनै चोटले, दुःख–पीडाले
विश्राम पाउँछु म, निको हुन्छु म क्रुसको फेदीमा ।