एकजना आईएनजीओका ठूलै कर्मचारी (हाकिम) फिल्ड भिजिट गर्न गाऊँतिर गए । कच्ची बाटो भए पनि धान पाकेर पहेँलपुर खेतको बीचबाट भएर जाँदा उनलाई निकै रमाइलो अनुभूति भयो । मन–मनमा बोल्योः ‘खासमा बस्नुपर्ने त गाऊँतिरै हो । स्वच्छ हावा, अर्गानिक सब्जीहरु, शान्त वातावरण.... वाह !’ लामो सास फे¥यो । ‘वास्तवमा म कस्तो परिबन्धमा छु । विकट गाऊँको लागि आएको पैसाबाट पाएको तलबले नै घरमा चुलो बल्छ । ग्रामिण विकासकै लागि भनेर विकासे कार्यक्रममा हिँड्न थालेको १० वर्ष भइसक्यो । म आफैँ चाँहि सहरमा बस्छु । चिया खान जान पनि अफिसकै पजेरोमा...। कहिलेकाँही त ग्लानी भएर आउँछ’ उसले अझै मनमा कुराहरु गुन्दै गयो । ‘तर म मात्रै हो र ! यस्ता एनजिओ–आईएनजीओमा काम गर्ने कति हुन्छन् कति ? प्रोजेक्ट सकेपछि फेरि आफू कहाँ पुगिने कुनै ठेगान छैन, आफ्नै भविष्य अनिश्चित । आखिर पेन्सन पाक्ने होइन क्या रे ! सकिन्जेल राम्रो गर्ने न हो’ उसले मन बुझायो ।
जाँदा–जाँदै गाडी हिलोमा फस्यो । ड्राइभर सहित बाहिर निस्केर र अरु गाउँले मिलेर गाडी ठेलेर अगाडि पु¥याए । अनि पुनः गाडी उफ्रिँदै, धुलो उडाउँदै अगाडि बढ्न थाल्यो । गाडी धकेल्न सघाउनेहरुलाई ड्याम्मै धुलोले ढाक्यो ।
हाकिम सा’प पुनः सोचाईमा एकाग्र हुन लागे; ‘वास्तवमा फिल्डमा काम गर्न गाह्रो छ नि ! कत्ति धेरै चुनौतीहरुसँग जुध्नुपर्छ । कसैलाई ५ हजारको सहयोग गर्न परे प्रक्रिया पु¥याउन १० दिन लाग्छ । फेरि मान्छेहरु भेटिँदैनन् । व्यक्तिको छनोट, समुहको सिफारिस्, गाविसको सिफारिस, निवेदन पत्रको संकलन के–के गर्नुपर्छ; ४ रुपैँयाको मासु, ८ रुपैँयाको मसला भनेजस्तै । अस्ति हाम्रो पार्टनरको कर्मचारीलाई निकै गाली गरेजस्तो लाग्छ । तर के गर्नु काम गर्नैपर्छ; सबैतिर यस्तै पेलमपेल आखिर भइहाल्छ नि । नेशनल अफिसको हाकिमले हामीलाई थर्काउँछन्, सायद उनीहरुलाई खैरेहरुले थर्काउलान् । हामीले नचाहेर पनि आफूमुनिको लाई थर्काउनै प¥यो । यसलाई सकरात्मक रुपमा लिनुपर्छ ।’ आफै अलि–अलि मुस्कुराउन थाले जस्तो भयो, तर सम्हालिए ।
‘म एकदिनको मिटिङ्गको लागि काठमाडौँ जान परे प्लेनबाट जान्छु । त्यो पनि बुद्ध एयरबाट । अरुमा असुरक्षाको कारणले नहुने रे ! तर प्लेनको झ्यालबाट हेर्छु; सँस्थाले काम गरेको क्षेत्रको बासिन्दाहरु बस्ने घरको छानो फेरिएको छैन । खै के–खै के ?’ उनी हल्का भावुक भए । फेरि सोचेः ‘तर यस्तो भावुक भएर कसरी विकासे कर्मचारी हुन सकिन्छ र ! मुटु दह्रो हुनुपर्छ, बलियो हुनुपर्छ । दुनियाँको दुःख मैले मात्र बोक्ने हो र !’ यक्तिकैमा उनीहरु तोकिएको कार्यक्षेत्रमा पुगे । गाडी रोकियो ।
हाकिम सा’प गाडीबाट के आर्लिएका मात्र थिए; हिलोको थोप्रोबाट स्वाट्ट चिप्लिएर पैतालादेखि शिरसम्म पालिस लगाएजस्तै भयो । झिँगाहरु भन्किए । आँखा खोलेर राम्रो हेरेको त ! मेरी बास्सै ! आफूलाई चिप्ल्याउने त हिलो नभएर मान्छेको दिसा पो रहेछ । हाकिम सा’प रन्थिनिए । आँखा तिरमिराए; फनक्क फर्केर हेर्दा उनले तोरीको फूल देखे । किनकी, साइडमा होर्डिङ्ग बोर्ड झुण्ड्याइएको रहेछ; जसमा आफैँले काम गरेको सँस्थाको लोगो सहित लेखिएको थियोः ‘खुल्ला दिसामुक्त क्षेत्र घोषित सुन्दर सुकुम्बासी टोलमा यहाँलाई हार्दिक स्वागत छ ।’
हाकिम सा’प विरक्तिए । हल्का सरसफाई पछि गाउँलेको तर्फबाट उनको भव्य स्वागत भयो । कोही आएर उनलाई सयपत्री फूलको माला पहि¥याईदिए । फूलको बास्ना र दिसाको गन्ध मिसिएर नयाँ सुगन्ध फैलिन लाग्यो । कोही सर्वसाधारण नेपथ्यमा बोल्दै थिएः ‘यो सरहरुको सँस्था आएपछि हाम्रो गाऊँको मुहार नै फेरिएको छ ।’