(एक अनुभव)
मैले जीन्दगीमा महशुस गरेका भुकम्पका धक्काहरुको केही सँस्मरण यहाँ लेखेको छु । फुर्सद हुने र रुची हुनेले मात्र पढ्नुहोला । मनको खसखस थाम्न नसकेर मात्र शेयर गर्न खोजेको हुँ ।
१. पहिलो धक्काः
म सानै थिएँ, करिब ११–१२ वर्षको । दिउँसोको समयमा म घरको बुइगलमा उत्तानो परेर खरको छानो हेर्दै टोलाइरहेको थिएँ । अचानक छाना ‘क्र्याच्यक्क’ गर्दै यता–यता उता स¥यो । म तर्सिएँ । यत्तिकैमा मास्तिर घरमा फुपु ‘भुइँचालो आयो है’ भन्दै चिच्याउनुभयो । तर अरु केही भएन । सायद अरु गाउँभरिकै मान्छेले पनि थाहा पाएनन् । कतै रेडियोमा पनि समाचार सुनिएन ।
२. दोश्रो धक्काः
दोश्रो धक्का वि.सं. ०६८ सालको हो । जुन भुकम्पले नेपालको पुर्वी क्षैत्रमा निकै प्रभाव पा¥यो । थुप्रै मान्छेहरुले ज्यान गुमाए, विशेषगरि सिक्किम–भारत तिर धेरै मानवीय क्षति भयो भन्ने समाचार सुनिएको थियो । उक्त साँझ म सुतिरहेको थिएँ इटहरीमा । खाट ‘डक–डर, डक–डर’ गर्दै हल्लिन थाल्यो । म सानो भाइसँग हतारिँदै डेस्कटप कम्प्युटरको टेबलमुनि गुजुल्टियौँ । सास यति सारो फुल्यो कि मुटुको ढुकढुक एकदमै बढेर गयो । परिवारका अरु सबै सदस्यहरु बाहिर भाग्नुभएछ । चिच्याउँदै बाहिरबाट मलाई बोलाइएको सुनेँ । फेरि भाइलाई लिएर बाहिर बाटोमा निस्कियौँ । जमिन अझ हल्लिरहेको थियो । आँप र नरिवलका रुखहरु हल्लिरहेका थिए । मानिसको हल्लाले सबैतिर कोलाहल भयो । घरको छतको पिलरबाट बाहिर निस्केका फलामे छडहरु हल्लिँदै गर्दा एक अर्कामा ठोकिएर निस्केको ध्वनीले भय उत्पन्न गरायो ।
यो भुकम्पले काठमाण्डुका घरहरुको धुलो पनि झारेन । तर अहिले सम्झिँदा यो एउटा चेतावनीको घण्टी पो थियो कि ! जस्तो लाग्छ सचेतनाको लागि ।
३. तेश्रो धक्काः
एक वर्ष अघि म विराटनगरमा वल्र्डभिजनको इन्टर्नशिप कार्यक्रम अन्तर्गत पहिलो अभिमुखीकरण तालिममा होटल पाञ्चालीमा थिएँ । राति ८ बजेतिर म ल्यापटपमा केही भिडियो अनि स्लाइड–शो इडिट गर्दै थिएँ । यत्तिकैमा भुकम्पको धक्काको महशुस गरेँ । केहिछिन थोरै हल्लायो । तुरुन्तै केही मान्छेहरुले फेसबुकमा स्टाटस अपडेट गरे । तर कतै आधिकारिक रुपमा समाचार वा चासोको विषय बनेन । एकछिन पछि भुकम्पको कुरा गर्दा भुइँतलातिर बस्नेहरु कत्ति जनाले त पत्याएनन् पनि ।
४. चौँथो धक्काः
वि.सं. २०७२ साल बैखाश १२ गते गएको भुकम्प एक अविष्मरणीय कालो दिनको रुपमा सम्झनामा रहनेछ । नेपाली इतिहासमा नब्बे सालपछि गएको सबैभन्दा शक्तिशाली भुकम्प यही नै रहेछ ।
उक्त शनिबारको दिन चर्चमा म एकोहोरो भएर वक्ताले बोल्नुभएको वचन सुन्दै थिएँ । वक्ता पाहुनाका रुपमा बोलाइनुभएको थियो । वचन विश्वासको बारेमा बोल्दै हुनुहुन्थ्यो । विश्वासकै आधारमा डाँडालाई समुन्द्र खसाउनुपर्ने र हाम्रो दुःखको डाँडा के हो ? जसलाई हामीले समुन्द्रमा खसाउनु जरुरी छ ? भन्ने विषयमा व्याख्या गर्दै हुनुहुन्थ्यो । अचानक भुकम्प आयो । सुरुमा हल्का थर्कायो । ‘भुइँचालो’ भन्दै म एकपटक कराएँ । मैले सोचेँ कि अब यो ठीक भइहाल्नेछ । तर त्यसो भएन । सबै अत्तालिँदै आ–आफ्नो ठाउँबाट भाग्न सुरु गरे । कम्पन यतिसारो थियो कि हामीहरु भाग्न खोज्दा लरबरिन थाल्यौँ । भागाभाग मच्चियो । चर्चको ढोकामा मान्छेहरु अटि–नअटि सबै बाहिर निस्कियौँ । एकजना आन्टी बेहोस भएर ढल्नुभयो । भित्र पुल्पिटमा वक्ता र पाष्टर लगायत केही अगुवा बाहेक सबै बाहिर निस्कियौँ ।
पहाड गाऊँ–घर ओखल्ढुंगातिर फोन गरेँ । बल्ल–बल्ल आमासँग कुरा भयो । उता पनि त्यस्तो केही क्षति भएनछ । तर भुकम्प त्यहाँ पनि वचन सुन्ने समयमा नै परेछ; पानी परकोले बारी हिलो र मकै गोड्ने बेला भएको बेलामा सबै विश्वासीहरु अत्तालिँदै निस्केर बारीतिर भाग्दा मकैका बोटहरु स्वाहा भए भन्ने जानकारी दिनुभयो ।
यता चर्चको पश्चिम कम्पाउण्ड पर्खाल पुरै भत्किएछ । आराधना सेवा पछि इँटाहरु उठाएर साइड लगायौँ । इटाहरु उठाउँदै गर्दा पनि एकपटक ठूलै पराकम्पन आयो । अनि म घर फर्केँ । छेऊ–छाऊमा कतै केही हानी भएको थिएन । ‘हाई–वे’मा गाडीहरु आफ्नै सुरमा गुडिरहेका थिए । सबै कुरा सामान्य थियो । बाटो उस्तै, गल्ली पनि उस्तै अनि मानिसहरु पनि ।
घर फर्किँदै गर्दा उपवासको कारणले भोक चम्किरहेको थियो पेटमा; बाटोमा भेटिएका एक भैयालाई चटपटे बनाउन अनुरोध गरेँ । यत्तिकैमा यु.के.बाट भाइको फोन आयो । ‘त्यहाँ के–के भयो ? के छ खबर ? अरुलाई कस्तो छ ?’ आदि–इत्यादि सोध्न थाल्यो । मैले सबै ठिकै रहेको र परिवारमा पनि सबैलाई आराम रहेको खबर सुनाएँ । जब भाइले उपत्यकामा धरहरा ढलेको कुरा सुनायो अनि मनमा एकदमै चिसो पस्यो । नेपालमा ठूलै विध्वंस भएको लख काटेँ ।
घर फर्केर टि.भीमा समाचार खोलेको; सबैतिर तहसनहस थियो । मान्छेहरु यति म¥यो, उति घाइते भन्ने बाहेक अरु समाचार थिएन । धन्न काठमाण्डुमा बस्ने आफन्तहरु र गाउँलेहरुलाई त्यस्तो क्षति भएको रहेनछ । बाँकी दिनहरु समाचारहरु हेर्दै विलौना गरेर नै बित्यो ।
देशको दुर्दशा देखेर म आफैँ पनि उद्दार र राहतमा जुट्न मन लाग्यो । केही संघ–सँस्थालाई मलाई भोलन्टियरको रुपमा जता पनि लान सक्नुहुन्छ है भनेर जानकारी गराएको थिएँ । तर बोलावट आएन; कतै पनि जान पाइएन । म आफैँले समूह बनाएर जाने आँट गरिँन । पछि छिमेकी साथी–भाइहरुले सिन्धुपाल्चोकका भुकम्प पिडीतहरुका लागि कुनै एक सँस्थालाई जिम्मा दिन राहत संकलन गरेको वखत केही खाद्य–सामग्री अनुदान गर्ने मौका मिल्यो । केहि दिन अघि भुकम्प पिडीतहरुका लागि इसाई समाजले हरेक मण्डलीबाट रकम संकलनको लागि चिठी पठाएको रहेछ । यसमा परिवारको तर्फबाट केही रकम अनुदान भएको छ । एउटा सँस्थाले ‘परिवारको एक महिनाको तलब भुकम्प पिडीतहरुका लागि जम्मा गर्नुस्’ भन्दै दैलोमा आएका थिए । तर रकम दिइएन । कारण उक्त सँस्था पटक्कै विश्वासयोग्य थिएन ।
अन्त्यतिर....
पछि–पछि पनि भुकम्पका थुप्रै पराकम्पनहरु आए । ती पराकम्पनबाट पनि नेपालले ठूलै क्षति व्यहोर्नुपरिराखेको छ । धक्काहरु हिजो–आज पनि आउँदै–जाँदैछन् । यसपल्टको भुकम्पले थुप्रै पाठहरु सिकाएर गयो । मानिसहरुको विभत्स दृश्यहरु देख्नुप¥यो । मानवीय संवेदनाहरु फरक–फरक हुँदारहेछन् । कोही फोटो खिच्नमै व्यस्त, कोहीले धरहराको इँटासमेत चोरेर लाने । कसैले यहि मौकामा आफ्नो व्यापार बिजनेसमा राम्रो आम्दानी गरे । कतिले राहतकै मालसामान बेचेर पैसा कमाउन थाले । भारतले सहयोगको नाममा हुनसक्ने सम्मको अपमान नेपाललाई गरेर गयो । यहाँ भुकम्प पीडितहरुमाथि राजनीति भयो । छिमेकी राष्ट्रहरुले देखाएको सद्भाव–सहयोग सबै देखियो; चीन, भुटान, इजरायल जस्ता राष्ट्रहरुले उल्लेखनीय सहयोग गरे । व्यक्तिको सानो स्वार्थको लागि देशको लागि आएको ठूलो राहत र सहयोग पनि कसरी इन्कार गरिन सम्भव रहेछ भन्ने कुरा पनि जान्न पाइयो । अरु पनि थुप्रै सिकाएको छ; अझ अरु सिकाउँदैछ । अझै के–के हेर्दै–देख्दै जानुपर्ने होला, यदि प्रभुमा बाँचियो भने ।
भुकम्प आउँदा कतिपय मानिसहरुको भुइँको धुलो छाम्दै ‘मेरो–मेरो’ भन्दै कराउनुपर्ने चलन पनि रहेछ । छतबाट एउटा इँटा झरेर टाउकोमा लाग्यो भने सबै कुरा तमाम् हुन्छ; बाँचियो भने पो केही ‘तेरो–मेरो’ रहन्छ; मरियो भने केको ‘तेरो न मेरो’ ?
बाइबलबाट लुका २१ः११ लाई हेर्ने हो भने भुकम्प अन्त्यका दिनका चिन्हहरुमध्ये एक अवश्य हो, जसमा लेखिएको छ–‘...त्यहाँ ठूला–ठूला भुकम्पहरु जानेछन्....’ । देशको यत्रो समस्याको लागि कहिलेकाँही परमेश्वरसँग गुनासो गर्ने ठाऊँ देखिएला तर यसमा परमेश्वरलाई दोष दिने ठाऊँ छैन, किनकी यस्तो दुःख–कष्ट (पाप)को समस्या अहिलेदेखिको होइन, यो त प्राचीन समयमा अदनको बगैँचामा मानिसले छनोट गरेको गलत निर्णयबाट सुरु भएको हो । यसपल्टको भुकम्पमा तपाईं–हामी जो–सुकै पनि पुरिएर मर्न सक्थ्यौँ तर प्रभुलाई धन्यवाद ! जसले हामीलाई जिवित रहन दिनुभयो । अबको यो बाँकी जीवन उहाँकै इच्छाअनुसार उहाँले बनाउन चाहनुभएको जस्तो भएर बाँच्नुपर्दछ; बाँच्ने कोशिस गर्नुपर्दछ । सारा ब्रम्हाण्डको मालिक परमेश्वरको स्तुति होस् जसले मरे पनि बाँचे पनि ख्रीष्टकै हुने अधिकार दिनुभएको छ, उहाँको पुत्रको बलिदानद्वारा अब मृत्युको दासत्वमा पर्नुपरेको छैन ।