(कविता)
भत्केको घरसँगै
मन खंग्रिएको छ ।
यहि घरको चिर्पटमुनि किचिएर
प्रियसी छोरीलाई दुध चुसाउँदैछिन् ।
तीन दिन भयो–
भुकम्प आएर गएको ।
घरि–घरि ढुङ्गाको थुप्रोमाथि उक्लेर
प्रियसी र छोरीलाई बोलाउँछु–
तर उनीहरु मलाई ‘हजुर बाबा !’ भन्दैनन् ।
सुखी रै‘छन् उनीहरु........
हाय ! यी श्रापित दिनहरु !
उनीहरुले देख्नै पाएनन् ।
डाँडामाथि हेलिकप्टर आइपुग्यो
हेलिकप्टरको ढोका खोलियो
मेरो जस्तै थुप्रै रित्ता हातहरु हल्लिन थाले
केही चिउराका बोराहरु ढोकाबाट झारियो
ती बोराहरु भीडहरुमाझ कता बिलाए कता !
हेलिकप्टरको ढोका बन्द भयो
हेलिकप्टर उड्यो
हाम्रा रित्ता हातहरु हावामा हल्लिइरहे ।
हेलिकप्टरले अर्को चोट दियो ।
धोका नै दिए पनि–
हत्केलाले सुर्य छेक्दै
क्षितिजपारी आकाशमा नबिलाएसम्म
हेलिकप्टरलाई अघाउन्जेल हेरें ।
रुनु खोज्छु,
आँशु आउँदैन ।
चिच्याउन खोज्छु,
आवाज फुट्दैन ।
म आत्महत्या पनि गर्न सक्दिन ।
हे इश्वर !
यी ढुङ्गाहरुको थुप्रो ममाथि किन खसेनन् ?
यही चिर्पटले मलाई किन किच्याउन सकेन ?
नत्रता,
म शान्तिमा सुतिरहने थिएँ ।
तुरहीको आखिरी आवाजको पर्खाइमा
निन्द्रामा विश्राम गरिरहने थिएँ ।
भत्केको घरसँगै
मन खंग्रिएको छ ।
यहि घरको चिर्पटमुनि किचिएर
प्रियसी छोरीलाई दुध चुसाउँदैछिन् ।
तीन दिन भयो–
भुकम्प आएर गएको ।
घरि–घरि ढुङ्गाको थुप्रोमाथि उक्लेर
प्रियसी र छोरीलाई बोलाउँछु–
तर उनीहरु मलाई ‘हजुर बाबा !’ भन्दैनन् ।
सुखी रै‘छन् उनीहरु........
हाय ! यी श्रापित दिनहरु !
उनीहरुले देख्नै पाएनन् ।
डाँडामाथि हेलिकप्टर आइपुग्यो
हेलिकप्टरको ढोका खोलियो
मेरो जस्तै थुप्रै रित्ता हातहरु हल्लिन थाले
केही चिउराका बोराहरु ढोकाबाट झारियो
ती बोराहरु भीडहरुमाझ कता बिलाए कता !
हेलिकप्टरको ढोका बन्द भयो
हेलिकप्टर उड्यो
हाम्रा रित्ता हातहरु हावामा हल्लिइरहे ।
हेलिकप्टरले अर्को चोट दियो ।
धोका नै दिए पनि–
हत्केलाले सुर्य छेक्दै
क्षितिजपारी आकाशमा नबिलाएसम्म
हेलिकप्टरलाई अघाउन्जेल हेरें ।
रुनु खोज्छु,
आँशु आउँदैन ।
चिच्याउन खोज्छु,
आवाज फुट्दैन ।
म आत्महत्या पनि गर्न सक्दिन ।
हे इश्वर !
यी ढुङ्गाहरुको थुप्रो ममाथि किन खसेनन् ?
यही चिर्पटले मलाई किन किच्याउन सकेन ?
नत्रता,
म शान्तिमा सुतिरहने थिएँ ।
तुरहीको आखिरी आवाजको पर्खाइमा
निन्द्रामा विश्राम गरिरहने थिएँ ।