(कविता)
एउटा स्वर्गदुतले मलाई पछ्याईरहेछ
मेरो वरिपरी घुम्दै,
मलाई घुरेर हेरिरहेछ ।
कहिले–
मलाई अगाडि जान दिन्छ
अनि ऊ पछाडि छोडिन्छ
फेरि उडेर गई अगाडि
मलाई पर्खिबस्छ ।
विशेष रमिता हुँदैछ–
मेरो आँखाको लागि;
उसको त्यो स्वर्गीय सुन्दरता,
उसका ती मनमोहक पखेटा ।
म आश्चर्यमा परिरहेछु
आज यो के भइरहेछ !
एउटा स्वर्गदुतले मलाई पछ्याईरहेछ
मेरो वरिपरी घुम्दै,
मलाई घुरेर हेरिरहेछ ।
अर्थ अहिले पो बुझ्दैछु
स्वर्गदुतको त्यो हर्कतको ।
उसले मलाई भेट्दा–
येशू–येशूजस्तो देख्दो रै’छ ।
घरि–घरि मलाई हेर्दा
येशूजस्तै लाग्दो रै’छ ।
किनकी,
परमेश्वरको स्वरुपमा बनिएको मान्छे म ।
परमेश्वरको प्रतिरुपमा सृजिएको मान्छे म ।
अझ भनौँ–
येशूको रगतले किनिएको ।
संसारको लागि मरेको ।
जीवनको पुस्तकमा नाम लेखिएको ।
(समाप्त)