म एकपटक एउटा पोखरीमा पुगेँ । पानी सफा थियो । तर, त्यहाँ केवल तीनवटा माछा थिए । ती तीन माछा
यताबाट उता पौडिन्थे, उताबाट यता पौडिन्थे । पोखरीको चारकुनामा ठोक्किन्थे । उनीहरु छटपटाइरहेका जस्ता, डराएर लुक्न खोजेजस्ता, केही खोज्दा केहीपनि भेट्न नसकेकाजस्ता देखिन्थे । कुन्नी खै ! उनीहरु के खोजिरहेछन् मैले केही पत्तो पाउन सकिँन ।
कुनैदिन फेरि म अर्को पोखरीमा पुगेँ । पोखरीको साइज पहिलाको जस्तै लगभग उस्ता–उस्तै थियो । तर फरक के थियो भने यस पोखरीमा थुप्रै अनगिन्ति माछाहरु रहेछन् ।
ती माछाहरु एकतमासले हुल बाँधिएर यताबाट उता जान्थे । कुनैपनि अत्तालिएकाजस्ता वा डराएकाजस्ता देखिएका थिएनन् । उनीहरु जता पनि जान्थे, विस्तारै हुल बाँधिएर एकैसाथ जान्थे । उनीहरु शान्त स्वभावका देखिन्थे । उनीहरुलाई पनि रमाइलो । हामी हेर्नेहरुलाई अझ रमाइलो ।
हठात् ममा अघिल्लो पोखरीमा ती तीन माछाहरुले के खोजिरहेछन् भन्ने रहस्य खुल्यो । ती तीन माछाहरुले त सँगति पो खोजिरहेका रहेछन् । सँगति नहुँदा उनीहरु त्यत्रो विघ्न छटपटाइरहनुप¥यो । दोश्रो पोखरीका माछाहरु भने संगतिमा रहेका थिए । उनीहरुसँग समूह थियो ।
तपाई–हामी पनि कतै संगति नपाएर वा नगएर माथि भनिएको अघिल्लो पोखरीका माछाहरुजस्तै भौंतारिरहेका त छैनौँ ? संगति खोजौं प्रिय हो, अनि संगतिमा रहौँ । संगतिको बारेमा बाइबल यसो भन्छः ‘कति जनाको संगतिमा नजाने बानी हुन्छ, तर हामी चाँहि एकसाथ भेला हुनु नछोडौँ । तर प्रभुको दिन नजिक आइरहेको तिमीहरुले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ’ (हिब्रु १०ः२५) । अर्को कुरा पनि हेरौँः ‘भाइ हो अब हामी के भनौँ त ? तिमीहरु एकसाथ भेला हुँदा हरेसँग भजन वा शिक्षा, प्रकाश, अन्यभाषा वा अर्थ खोलाई हुन्छ । यी सबै कुरा आत्मिक वृद्धिको निम्ति गरिउन्’ (१कोरिन्थी १४ः२६) ।
संगतिमा रहनु, संगतिमा जानु, संगतिमा बस्नु वा एकैसाथ परमेश्वरको महिमा गर्नु ख्रीष्टियान जीवनको एक महत्वपूर्ण पाटो हो । तपाई–हामी देश–परदेश जहाँसुकै रहेका होऔँ, सँगी विश्वासी दाजुभाई–दिदीबहिनीहरुसँग संगतिमा रहने प्रयत्न गरौँ ।
(प्रार्थना भवन, धरानमा मैले सुनेको पाष्टर सोनाम लामाको प्रवचनमा आधारित । धन्यवाद ।)