हामी भेडाहरु–
हरियो खर्कमा चराइएका,
शान्त पानीको छेऊमा डो¥याइएका ।
अझ भनौँ–
येशूको रगतले किनिएका
हामी येशूका भेडाहरु ।
हामी भेडाहरु अन्जान छौँ,
हामी भेडाहरु अबोध छौँ,
गोठालोले भनेको सुन्नु हाम्रो कर्तव्य होइन र !
यसैले हाम्रो के दोष ?
दोष त तिनै नेता भेडाहरुको छ,
जो भेडाहरुको भेषमा ब्वाँसो बनेर आएकाछन् ।
हामी येशूका भेडाहरु,
हामी येशूका पाठाहरु,
जसलाई उनान्सय हातका भेडाहरुभन्दा
हराएको एउटा भेडाको ठूलो चिन्ता छ ।
प्रभु भन्नुहुन्छ–
‘‘मेरा भेडाहरुलाई चराऊ’’
‘‘हुन्छ’’
प्रभु भन्नुहुन्छ–
‘‘मेरा पाठाहरुलाई खुवाऊ’’
‘‘हुन्छ’’
अहिले पो ठम्याउँदैछु
‘हुन्छ’ भन्ने धोद्रो स्वर ब्वाँसोको थियो ।
तिनका पाऊहरुमा भेडाका खुर थिएनन् ।
अनि म–
छाँगाबाट खसेझैँ हुन्छु,
मलाई रिगंटा चल्न थाल्छ ।
अहिले अझ देख्दैछु–
मलाई जिउँदै निल्न खोज्ने ती क्रुद्ध आँखाहरु....
राल चुहाउँदै टोक्न खोज्ने ती लोभी दाँतहरु...... ।
(समाप्त)
हरियो खर्कमा चराइएका,
शान्त पानीको छेऊमा डो¥याइएका ।
अझ भनौँ–
येशूको रगतले किनिएका
हामी येशूका भेडाहरु ।
हामी भेडाहरु अन्जान छौँ,
हामी भेडाहरु अबोध छौँ,
गोठालोले भनेको सुन्नु हाम्रो कर्तव्य होइन र !
यसैले हाम्रो के दोष ?
दोष त तिनै नेता भेडाहरुको छ,
जो भेडाहरुको भेषमा ब्वाँसो बनेर आएकाछन् ।
हामी येशूका भेडाहरु,
हामी येशूका पाठाहरु,
जसलाई उनान्सय हातका भेडाहरुभन्दा
हराएको एउटा भेडाको ठूलो चिन्ता छ ।
प्रभु भन्नुहुन्छ–
‘‘मेरा भेडाहरुलाई चराऊ’’
‘‘हुन्छ’’
प्रभु भन्नुहुन्छ–
‘‘मेरा पाठाहरुलाई खुवाऊ’’
‘‘हुन्छ’’
अहिले पो ठम्याउँदैछु
‘हुन्छ’ भन्ने धोद्रो स्वर ब्वाँसोको थियो ।
तिनका पाऊहरुमा भेडाका खुर थिएनन् ।
अनि म–
छाँगाबाट खसेझैँ हुन्छु,
मलाई रिगंटा चल्न थाल्छ ।
अहिले अझ देख्दैछु–
मलाई जिउँदै निल्न खोज्ने ती क्रुद्ध आँखाहरु....
राल चुहाउँदै टोक्न खोज्ने ती लोभी दाँतहरु...... ।
(समाप्त)