पत्रुस प्रभु येशूका एक चेला थिए । भनिन्छः उनी चञ्चले थिए; उनमा आत्मसंयमको कमी थियो; उनी हतारमा बोल्थे; अरु यस्तै त्यस्तै । एकपटक उनले बालकले जस्तै तर्क गरे; जतिखेर एउटा पहाडमा येशूको रुप चम्किलो भयो, त्यतिखेर मोशा र एलिया प्रभु येशूसँग बाचचित गरिरहेका पत्रुसले देख्यो । उसले भन्योः ‘.....म यहाँ तीनवटा वासस्थान बनाउनेछु, तपाईहरु तीनजनाको लागि’ (मत्ती १७ः४) । येशूले आफ्नो मृत्युको विषयमा बोल्नुहुँदा उनै पत्रुसले भनेका थिएः ‘मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईलाई इन्कार गर्नेछैन’ (मत्ती २६ः३५)। तर, येशू पक्राऊ पर्नुभएकै रात भाले बास्न अघि पत्रुसले प्रभुलाई तीनपल्ट इन्कार गरे । उसको विचारै नगरी बोल्ने बानीको कारणले प्रभु येशूले उनलाई ‘शैतान’को उपनाम दिएर पनि हप्काउनुपरेको थियो (मत्ती १६ः२३)।
येशूमाथिको अविश्वासको कारणले उनी एकपटक झण्डै पानीमा डुबेका थिए (मत्ती १४ः२८–३१)। येशूलाई गेतसमनीको बगैँचामा सिपाहीहरुले गिरफ्तार गर्दा आफ्नो रिस काबु राख्न नसकेर छुरीले एकजना सिपाहीको दाहिने कान पत्रुसले च्वाट्टै काटिदियो; जसको नाम माल्खस थियो (युहन्ना १८ः१०)।
यिनै पत्रुसको बारेमा एउटा रमाइलो दन्त्य कथा मसँग छ । आफ्नो चलाखीपनले प्रभुको आज्ञाभन्दा पर जाँदा निम्त्यिाएको परिणाम यो कथामा देख्न सकिन्छ । यो कथा मेरो मामाले कसैबाट सुनेर मलाई सुनाउनुभयो थियो । यहि कथा म तपाईहरुसँग पनि बाँड्न चाहान्छु । कथा अब सुरु हुन्छः
एकपटक प्रभु येशू आफ्ना चेलाहरुसँग परमेश्वरको राज्य प्रचार गर्नको लागि र प्रचार गर्दै लामो यात्रामा निस्कनुभयो । उक्त दिनको गोधुली साँझको ठीक अघि येशूले आफ्ना चेलाहरुलाई भन्नुभयोः ‘तिमीहरु सबैले आफू–आफूले बोक्न सक्ने ढुङ्गा झोलामा बोक ।’ किन ? केका लागि? भनेर कसैले गुरुको आज्ञामा प्रश्न गरेनन् । सबैले आफूले बोक्न सक्ने ढुङ्गाको डल्लो बोके पत्रुसले बाहेक । पत्रुसले सोचेः ‘ठूलो ढुङ्गा बोकेर के काम ! किन व्यर्थैमा भारी बोक्ने ?’ यसैले पत्रुसले ढुङ्गाको सानो टुक्रा झोलामा बोके ।
बास बस्ने तरखर गर्दै गर्दा रात धेरै छिप्पिसकेको थियो । येशू अनि उहाँका चेलाहरु सबै यात्राले थाकेर हैरान भएका थिए । येशूले आफ्ना चेलाहरुलाई भन्नुभयोः ‘तिमीहरु सबैले बोकेको आफ्नो–आफ्नो ढुङ्गाहरु बाहिर निकालेर हातमा लेऊ ।’ सबैले ढुङ्गा आफ्नो हातमा लिए । अनि उहाँले फेरि भन्नुभयोः ‘तिमीहरुले बोकेर ल्याएको ढुङ्गा हात–हातमै सबैको रोटी बनोस् ।’ नभन्दै सबैको हातमा ढुङ्गाको साइज अनुसारको रोटी भयो । सबैको हातमा रोटीको ठूलो–ठूलो टुक्रा प¥यो; पत्रुसको बाहेक । उनको हातमा केवल मुठ्ठीभरीको रोटी देखाप¥यो । सबैले आफ्नो–आफ्नो रोटी खाए । पत्रुस लगभग आधापेट भन्दा पनि कम्ति खाएर सुत्नुप¥यो । ठूलो ढुङ्गा नबोकेकोमा उसलाई साह्रै थकथक लाग्यो ।
यसरी हिँड्दै जाँदा एकदिन फेरि प्रभुले आफ्ना चेलाहरुलाई भन्नुभयोः ‘आज पनि तिमीहरुले ढुङ्गा बोक्नु । तर ठूलो–ठूलो होइन; केवल मुठ्ठीभरीको मात्रै ।’ सबैले मुठ्ठीभरको ढुङ्गा टिपेर झोलामा हाले । तर पत्रुस अघिल्लो घटनाको कारणले एकदम सचेत थियो । यसैले प्रभुको यो आज्ञामाथि उसले आफैँ डेढअक्कल लगाइदियो कि उसले सकिनसकी गह्रौँ ठूलो ढुङ्गा खलखली पसिना चुहाउँदै बोक्न लाग्यो ।
राति बास बस्ने ठाऊँमा त्यहाँ एउटा ठूलो जुनार सुन्तलाको बोट थियो । त्यो बोटमा चढ्न नमिल्ने कि वरिपरी ढुङ्गा नभएको; त्यो मलाई थाहा भएन । अनि प्रभुले भन्नुभयोः ‘सबैले आफूले बोकेको ढुङ्गा झिक्नु अनि माथि सुन्तलाको झ्याङ्गमा हान्नु । जति सुन्तला झार्न सक्छौ, तिमीहरुका लागि आजको भोजन त्यहि नै हो ।’ सबैले सुन्तला झारे र खान लागे । अब पत्रुसलाई वित्यास प¥यो । उसको ढुङ्गा गह्रौँ भएकोले माथि झ्याङ्गमा हान्नै सकेन । केहीबेर पछि साथीहरु निदाएर घुर्न थाले; तर पत्रुसलाई भने पर्नु पीर प¥यो ।
ठीक अर्को दिनको यात्रामा तल बेँसीतिर पुगेपछि प्रभुले आफ्ना चेलाहरुलाई भन्नुभयोः ‘नजिकैको खोलामा जाऊ र एकै साइजको एक जोर चेप्टो ढुङ्गा विचार गरेर बोक्नु ।’ सबैले प्रभुले भनेमुताबिक गरे । पत्रुस लखतरान थियो । अनि प्रभुले भन्नुभएको यो कुरामा एकदम गम्भीर भएर सोच्न लाग्यो । उसले विगतमा गरेको गल्ती अब एकैपटक सच्याउने दाऊमा थियो । उसले धेरै विचार गरेर एउटा मुठ्ठीभरको र अर्को ठूलो साइजको ढुङ्गा बोक्यो । उसले मन–मनमा सोचेको थियो कि कुन ढुङ्गा रोटी बनाउनुपर्छ र कुन ढुङ्गाले सुन्तलाको दाना झार्नुपर्छ ।
दिउँसो टट्यानपुर घामको बेला प्रभु येशू आफ्ना चेलाहरुसँग झ्याम्मै वर–पीपल भएको चौतारीमा विश्राम गर्न लाग्नुभयो । येशूले आफ्ना चेलाहरुको पाउहरुलाई टिठ्याउँदै भन्नुभयोः ‘यात्राको कारणले तिमीहरुको जुत्ता–चप्पल फाटिसकेकाछन् । यसैले तिमीहरुले आफूले बोकेका ढुङ्गा झोलाबाट निकाल्दै गर्दा सबैको एक–एक जोर चप्पल भइजाओस् भन्ने म इच्छा गर्दछु ।’ प्रभु येशूको इच्छा पूरा भयो, साथमा सबै चेलाहरुको पनि । तर पत्रुसको इच्छामा कुठाराघात प¥यो । उसको हातमा एउटा हातमा लाउनै नमिल्नेगरि सानो साइजको चप्पल र अर्को हातमा अत्यन्तै ठूलो साइजको; लगभग गोल्यतलाई फिट हुने साइजको चप्पल देखाप¥यो । सबै साथीहरु खुशी हुँदै थकाइ मार्दै गर्दा पत्रुस कपाल समातेर एककुनामा झोक्र्याएर बस्नलाग्यो । विचरा पत्रुस ! रिसले चूर हुँदै अर्कोतिर फर्केर रुन थाल्यो ।
कथा सिद्धियो; तपाईहरुले के बुझ्नुभयो ?
प्रभु येशूको आज्ञालाई बढी जान्ने भएर उल्टोपुल्टो गरि बुझ्दा पत्रुसले ठूलो मूल्य चुकाउनुप¥यो । यो घटना बाइबलमा कहीँ नभएको सिर्फ एउटा दन्त्यकथा मात्रै हो भनेर बुझिदिनुहोला । यो कथाले सिकाउने पाठको विषयमा म वर्णन गरिरहनेछैन । तपाईँ हामी सबैले यो कथाले सिकाउन चाहेको कुरा आफ्नै पाराले बुझिसकेकाछौँ भनेर मलाई विश्वास छ ।
झण्डै यिनै कथाको पेरिफेरीसँग मिल्ने बाइबलको वचन यहाँ जस्ताको तस्तै हेरौँः ‘धेरै धर्मात्मा नहोऊ, र धेरै बुद्धिमान पनि नहोऊ । तिमी किन आफैँलाई नाश गर्ने ? ज्यादै दुष्ट र ज्यादै मुर्ख नहोऊ । तिमी किन अकालमा मर्ने ?’(उपदेशक ७ः१६–१७)। नेपालीमा पनि एउटा उखान छः ‘बाँदर पनि बढी बाठो भयो भने भीरबाट खसेर मर्छ’ होइन र !
यिनै पत्रुसले पवित्र आत्माको अगुवाईमा प्रभु येशूलाई ‘तपाईं ख्रीष्ट हुनुहुन्छ, जिवित परमेश्वरको पुत्र’ भनी स्वीकार गरेका थिए, र येशूले उनलाई एउटा चट्टानसँग तुलना गर्नुभयो; र उक्त चट्टानमाथि आफ्नो मण्डली स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको थियो (मत्ती १६ः१३–१९) । पछि गएर उनी पवित्र आत्माको शक्तिमा प्रभु येशूको महान साक्षीको रुपमा खडा भए । इतिहासकारहरुका अनुसार उनलाई पनि क्रुसमा झुण्ड्याइएर मारियो । झुण्ड्याउने बेला प्रभु येशुजस्तै सुल्टोबाट झुण्डिन इन्कार गरे, यसैले उनलाई उल्टो झुण्ड्याइयो । यसरी उनी येशूका एक महान शहीद भए र हाम्रा लागि एक महान प्रेरणाको श्रोत पनि । हामी पनि अहिले विभिन्न मानसिक तथा साँसारिक विचारले कमजोर ठहरिएका हुनसक्छौँ तर येशूको साक्षी बन्ने स्वार्थमा हाम्रो अन्त्य चाँहि पत्रुसको जस्तै हुनुपर्छ । इतिश्री ।