येशूमा पाइने पापक्षमा (मुक्ति–उद्धार)मा विश्वास गरेर मृत्युबाट पार भएर अनन्त जीवनमा तपाईं–हामी
सरिसकेकाछौँ । जँगली जैतुनको हाँगा भएर पनि असल दाखको बोटमा कलमी बाँधिएकाछौँ । अब हामी खाएपनि, हिँडेपनि, बाँचेपनि, मरेपनि येशूको लागि गर्छौँ । अब हामीले प्रस्तुत गर्ने हरेक क्रियाकलाप कुनै न कुनै रुपमा येशूसँग सम्बन्धित हुने नै भयो । हामी त आफ्नै होइनौँ, बरु मोल तिरेर किनिएका येशूका दासहरु पो हौँ त । यसरी येशूको नाऊँमा विश्वास गर्दा उद्धार पाइसकेको भन्दैमा हामी पुनः हाम्रो पुरानो स्वभावका खराब कामहरु दोहो¥याउनु मिल्छ ? अब अविश्वासी हुँदा पनि नगरेको काम विश्वासी भइसकेपछि गर्भपतन (गर्ने–गराउने) वा आत्महत्या गर्ने जस्ता पापहरु गर्दापनि के हाम्रो मुक्ति सुरक्षित छ त ? वा के यति सजिलै स्वर्ग छिर्न पाउँनेछौँ ?
हाम्रो मुक्ति सुरक्षित छ । हामी अनन्त जीवनको भागिदार भएकाछौँ । यो त बाइबलमा ठोकुवा गरिएको छ । निम्न बुँदाहरुलाई हेरौँ;
१. येशूमा विश्वास गर्ने नाश हुने छैन बरु अनन्त जीवन पाउनेछ । (युहन्ना ३ः१६)
२. मुक्ति पाएकाहरुलाई दण्डको आज्ञा छैन । (रोमी ८ः१)
३. मुक्ति विश्वास अनि अनुग्रहद्वारा पाएका हौँ हामीले गरेको असल धर्मकर्मको कारणले होइन । (एफिसी २ः८)
४. येशूको प्रेमबाट हामीलाई केहीले पनि अलग गर्नेछैन; नता अनिकाल, खेदो, संकष्ट, नग्नता, तरवार, खतरा; अँह केहीले पनि । (रोमी ८ः३५)
५. असल गोठालो येशू र हामी उनका भेडा; अनि ती भेडाहरुलाई उहाँको हातबाट केहीले पनि खोस्नेवाला छैन । (युहन्ना १०ः२७–२९)
६. हाम्रो स्वर्गीय उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलाउने किसिमको छ । (१ पत्रुस १ः४)
यस्तै अरु पनि थुप्रै बुँदाहरु थप्न सक्छाँै ।
यी माथिका कुराहरु विचार गर्दा तपाईं हामीलाई साह्रै आनन्द लाग्छ; हामी सबैको मुहार त्यसै उज्यालो हुन्छ । किनकी यी कुराहरु हामीसँग ठ्याक्कै मिल्न आउँछन् । एउटै प्रभु, एउटै बप्तिस्मा, एउटै पवित्र आत्मा; सबैले उनै सृष्टिकर्ता परमेश्वलाई चिनेका; येशूको रगतले धोइपखालिएका; हो कि होइन !
तर अब हामी यसरी सोच्यौँ भने के हुन्छ ? अब म त मुक्ति उद्धार पाइसकेको मान्छे; स्वर्ग छिर्नलाई लाइसेन्स पाइसकेको मान्छे; त्यसैले मैले जुनसुकै पाप पनि गर्न सक्छु । आइपरे म गर्भपतन पनि गर्नेवाला छु वा म आत्महत्या पनि गर्न तयार छु वा व्यभिचारको कुनैपनि कुरा गर्न म आफूलाई रोक्नेछैन । के साँच्चै मुक्ति उद्धार पाएको मान्छेको लागि यस्तो खालको मानसिकता स्वीकार्य छ ?
‘किनकी तिनीहरु, जसले एकचोटि ज्योति पाएर स्वर्गीय वरदान चाखेका छन्, र पवित्र आत्मामा सहभागी भएका छन् र परमेश्वरको उत्तम वचनको र आउने युगको शक्तिको स्वाद चाखेका छन्, त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरु पतित भए भनेता तिनीहरुलाई पश्चातापमा गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ ।’
मैले यस्तो पनि सुनेको छु, यो माथिको वचन अविश्वासीहरुलाई लेखिएको हो रे, इसाईहरुलाई होइन; जोहरुलाई सुसमाचार सुनाइयो तर एक कानले सुनेर अर्को कानले उडाइदिए । तर मचाँहि एकपटक क्रिश्चियन भइसकेका तर विश्वासबाट तर्किगएकाहरु र विश्वासमा स्थिर हुन नसकेकाहरुलाई पनि जनाइएको हो भनेर बुझ्छु । तिनीहरुलाई पश्चातापमा ल्याउनु असम्भव छ भनेर उल्लेख छ । पश्चातापले पार्ने फरकको विश्लेषण तल गर्नेछु ।
बाइबल अनुसार मुक्ति पाउनु नै स्वर्ग जान पनि पाउनु होइन र ! कि सम्भव छ मुक्ति नपाई स्वर्ग जानु ? वा मुक्ति पाएर पनि स्वर्ग छिर्न नपाउनु ? येशू भन्नुहुन्छः ‘हात हलोमा लगाएर पछिल्लितिर हेर्ने स्वर्गको राज्यको योग्न हुनेछैन ।’ गलाती ५ः१९–२१ मा उल्लेख भएअनुसार पापमय स्वभावका कामहरु गर्ने स्वर्गका राज्यको हकदार बन्नेछैनन् भनेर स्पष्ट छ । फेरि यस्तो तर्क पनि छ, गलाती ५ः१९–२१ खण्ड पनि इसाईहरुको लागि होइन, अइसाईहरुको लागि हो रे ! लौ कस्तो अचम्म ! कुनै कुनै खण्डहरु निर्दिष्ट रुपमा विश्वासी र अविश्वासीहरुको लागि होला । तर बाइबलको सबै खण्ड नै इसाई र अइसाईको लागि विभाजन कहिले कहाँ भयो ? यो त दुईधारे तरवार जस्तै होइन र ! भन्नुको मतलब पाष्टरले चर्चमा व्यभिचार गर्नुहुँदैन भनेर सिकाउँदै गर्दा उसले पनि व्यभिचार गर्नु हुँदैन भनेर बुझ्नु हो । हो हामी हाम्रो मेहनत र परिश्रमले स्वर्ग राज्य पाउन सक्दैनौं साथमा अर्को कुरा के पनि सम्झिराख्नुपर्छ भने हामीले पापमय स्वभावहरु नत्यागिकन तिनीहरुमा नै अल्झिएर बस्यौँ भने स्वर्गको हकदार कसरी हुन पाइएला र !
हात हलोमा राखेर पछिल्लितिर हेरेझैँ इसाई भइटोपलेर आफ्नो पुरानो जीवन (स्वभावहरु) फर्कि–फर्कि हेर्ने ग¥यौँ वा सैतानको अधीनमा नै रहिरह्यौँ भने स्वर्ग छिर्न पाइँदैन कि कसो ! यदि हामी दियाबलसको कामहरुलाई नै समर्थन गर्दै रह्यौँ भने ऊसँगै नरक जाने खतरा छ; वा भनौँ सुनिश्चित छ । यसरी मुक्ति पाएर पनि स्वर्ग छिर्न पाइएन भने कति नमिठो होला ।
१ तिमोथी १ः१८–२० को खण्डबाट हामीले हाम्रो विश्वासको जहाज नडुबाउनेपर्ने सल्लाह पावलले तिमोथीलाई दिएकाछन् । हामी विश्वासद्वारा मुक्ति पाएको पक्कै हो; तर यदि प्रभु येशूमाथिको विश्वासको जहाज नै डुबायौँ भने अब हाम्रो मुक्ति चैँ कुन आधारमा तैरिराखेको छ ?
हामी पत्रुस र यहुदा इस्करियोतको जीवन चरित्रलाई फुर्सदमा अत्यन्तै गम्भीर भएर नियाल्ने र मनन गर्ने गरौँ । यहाँ म छोटो रुपमा ब्याख्या गर्नेछु । उनीहरुको कामको परिणाम के भयो ? उनीहरु दुबैलाई येशूले छान्नुभएको थियो, यस अर्थमा उनीहरु मुक्तिको निश्चयता पाएका चेलाहरु पक्कै थिए । इस्करियोतले येशूलाई धोका दिनु र येशू हाम्रो लागि मर्नु परमेश्वरको योजना नै हुनसक्छ, यद्यपि उनीहरुको अवस्थालाई विचार गर्नेछौँ ।
प्रभु पक्राउ पर्नुभएको रात पत्रुसले उहाँलाई तीनपल्ट इन्कार गरे । येशूले अगाडि नै भन्नुभएको थियोः ‘तर हरेक जसले मलाई मानिसहरुका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु ’ (मत्ती १०ः३३) । परमेश्वर पिताको सामुन्ने येशूद्वारा हामी इन्कार हुनुले के अर्थ राख्छ ? हामीलाई स्वर्गमा ठाऊँ छैन भनिएको होइन र ! यो वचन अनुसार त पत्रुस नर्क जाने खतरा रह्यो; हो कि होइन ? तर के भयो आखिरमा ? जब पत्रुसले आफूले गल्ती गरेको कुरा सम्झ्यो, उनी बाहिर गएर धुरुधुरु रोए (मत्ती २६ः७५)। उनी धुरुधुरु त्यत्तिकै रोएका थिएनन्; उनले पश्चाताप गरे । उनै पत्रुसलाई पछि येशूले ‘यदि तिमी मलाई पे्रम गर्छौ भने मेरा पाठाहरुलाई खुवाऊ’, ‘मेरा भेडाहरुलाई खुवाऊ’ आदि इत्यादि भन्नुभयो (युहन्ना २१ः१५–१७)। पछि उनै पत्रुसले गरेको महान गवाहीको कामहरु ‘प्रेरितहरुको काम’ पुस्तकमा पढ्न पाउँछौँ ।
येशूले दिनुभएको ‘हराएको छोरो’ उखानमा पनि हराएको कान्छो छोरा पिताकहाँ फर्किँदा उसलाई पर्खिबस्ने पिताले ‘यो मेरो छोरो, मरेका थियो; बाँचेको छ, हराएको थियो; भेट्टाइएको छ’ भन्ने अभिव्यक्ति दिएका थिए । यसकारणले पनि हामीले विश्वासको साथमा पाइने मुक्तिको उत्तराधिकारलाई बचाइराख्नुपर्ने शिक्षा पाउँछौँ । कुनैपनि पापको कुराहरु वा आत्महत्या परमेश्वरको आज्ञा होइन; अनि हामी परमेश्वरको आज्ञाबाट तर्किगएर कसरी स्वर्गीय राज्यको हकदार बनिरहन सक्छौँ ?
यहुदा इस्करियोतले पश्चाताप गर्ने मौका पाएनन् । उसले पनि आफ्नो गल्तीको महशुस पक्कै गरेका थिए । यसैले त उनी ती चाँदीका तीस टुक्रा फिर्ता गर्न चाहेका थिए । तर समय ढिलो भइसकेको थियो । उनले पैसा मन्दिरमा फ्याँकेर गएर झुण्डिएर आत्महत्या ग¥यो (मत्ती २७ः१–५) । यसरी आत्महत्या गर्ने यहुदा इस्करियोत कुनै हालतमा स्वर्ग नजाने कुरा येशू आफैँले युहन्ना १७ः१२ पदमा उल्लेख गर्नुभएको छ । यसैले एउटा निष्कर्ष यहीँ राखौँः अब आत्महत्या गर्नेहरु स्वर्ग जान्छन् भनेर भन्न थाल्यौँ र साँच्चै त्यस्तै भयो भने पछि न्यायका दिनमा यहुदा इस्करियोतले ‘म चाँहि किन नर्कमा ?’ भनेर गुनासो गर्ने ठाऊँ रह्यो होइन र ! उनी वास्तवमा येशूको चेला भएर मुक्ति पाएका मानिस थिए तर अन्त्य के भयो ? विचार गर्नुहोस् ।
हामी एउटा अनुमान के गर्नसक्छौँ भने हाम्रो जुनसुकै पापको पनि क्षमा पाउन सक्छौँ । तर पश्चाताप गर्ने मौका पाउनुपर्छ । म त अरुको हत्या गर्नु र आत्महत्या गर्नुमा पनि केही भिन्नता देख्छु । कुनैपनि गल्तीको वा अरुको हत्या गरेर पनि मानिसलाई पश्चाताप गर्ने मौका रहला, तर आत्महत्या नै गरेपछि मानिस त मरिहाल्छ अनि पश्चाताप कतिखेर गर्ने ? जस्तो यहुदा इस्करियोतलाई भयो ।
बरु यहुदा इस्करियोतको भन्दा त येशूसँगै क्रुसमा टाँगिएको चोरको अवस्था राम्रो सह्रानीय देखिन्छ । जसले येशूलाई भन्योः ‘हे येशू तपाई आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस् ।’ र तुरुन्तै येशूबाट यस्तो जवाफ पाएः ‘.....तिमी आजै मसित स्वर्गलोकमा हुनेछौ’ (लुका २३ः४२–४३) । यो खण्डमा केही विवाद छ; उक्त चोर त्यहि दिन स्वर्ग पुग्यो कि वा पछि येशू फेरि आउँदा मात्र स्वर्ग पुग्ने हो, तर जहिले भएपनि उसको स्वर्ग जान पाउने अधिकार सुरक्षित देखिन्छ । त्यो चोरको अवस्था पहिला जस्तोसुकै भएको भएपनि उसको अन्त्य सुखद रह्यो । यति सजिलै येशूसँगै स्वर्गलोकमा हुनु चानचुने कुरो हो र !
लुका १६ः१९–३१ मा येशूले भन्नुभएको ‘धनी मानिस र लाजरस’को उखानमा पनि उक्त धनी मानिसले नर्कमा पाएको कष्टले पछुतो त ग¥यो, तर उसको लागि समय थिएन । यसैले हामी दिन छँदै होसियार रहनुपर्छ, रात परेपछि कसैको केहि लाग्दैन ।
हुन त पाप भने पछि पाप; पाप नै हो जसलाई परमेश्वर घृणा गर्नुहुन्छ । आखिर सानो होस् वा ठूलो होस् यो नहुनु नै राम्रो हो । झट्ट सम्झिँदा पाप सानो ठूलो त नहुनुपर्ने हो । तर मनन गर्नुपर्ने कुरा हामी इसाई भइसकेपछि अर्थात मुक्तिको निश्चयता पाएर पनि सानातिना पापहरु गरिनै रहेका हुन्छौँ; र अझ मननीय कुरा यो छ कि हामीले दश वर्षपछि गर्ने पापकोलागि पनि येशू क्रुसमा मरिसक्नुभएको छ । हो, यिनै पापहरुको कारणले हामीले पाउने इनाममा फरक ल्याउनेछ तर नर्क नै गइहाल्नुपर्दैन । यसैले पाप सानो वा ठूलो हुन्छ भनेर हामी अथ्र्याउन सक्छौँ जस्तो लाग्छ; जस्तो कि पत्रुस र यहुदा इस्करियोतले गरेको पाप । बाइबलको १युहन्ना ५ः१६–१७ खण्ड अनुसार पनि पाप सानो वा ठूलो हुन सक्ने छनक बुझ्न सकिन्छ । यसमा कुनै पाप मृत्युमा पु¥याउने खालको र कुनै–कुनै पाप मृत्युजनक नहुने कुरा उल्लेख छ । हुन त यो खण्डमा शारिरीक मृत्यूको कुरा गरिएको हो भनिन्छ, तर पाप सानो ठूलो हुनसक्ने कुरा पनि बुझ्नसक्छौँ । अदालतमा पनि अपराधीको अपराध अनुसार सजाय दिइन्छ होइन र ! एउटा घडी चोर्ने र मानिसको हत्या गर्नेले बराबर सजाय पाउँछन् त ? त्यसो हो भने त हाम्रो परमेश्वर झन् कति अनुग्रही र न्यायी हुनुहुन्छ ।
सानोदेखि ठूलो पाप, जुनसुकै पनि किन नहोस; उक्त पापको कारणले कुनैपनि विश्वासीले आफ्नो मुक्ति गुमाउने खतरा हुन्छ । तर उसले पश्चाताप गर्ने मौका पायो कि पाएन र पश्चाताप ग¥यो कि गरेन त्यसको आधारमा उसको विश्वास बचाइराखेको र मुक्ति पाएको कुरा तय हुन्छ । यहाँसम्म आइपुग्दा आत्महत्या गर्ने मान्छे स्वर्ग जान्छ कि कहाँ भनेर आफैँ विचार गर्नुहोस् ।
यदि हामी मुक्ति पाइसकेको भनेर मात्र ढुक्कै हुने भए झुटा शिक्षाको किन विरोध गर्ने ? झुटा शिक्षाबाट किन होशियार रहने ? शैतान पनि त परमेश्वर कै वचनबाट फसाउन खोज्ने हो विश्वासीहरुलाई; अनि हामी जान्दछौँ हामीले ठानेका जति पनि झुटा शिक्षाहरु छन्, के तिनीहरु रामायण, महाभारतको कुरा लिएर आएकाछन् र ? हामीले नै पढिराखेको बाइबल नै उनीहरु पनि पढ्छन्, हो कि होइन ? उनीहरुले पनि कुनै न कुनै रुपमा येशूलाई त स्वीकारे कै होलान् । यसो भए तिनीहरु स्वर्गको भागीदार बन्नबाट केले रोक्ने ?
तर कुनैपनि झुटा कुरा शैतानबाट आउँछ र झुटा शिक्षाको कारणले हाम्रो सित्तैमा पाएको मुक्ति गुम्ने खतरा भएकोले नै हामी झुटा शिक्षालाई इन्कार गर्छौँ । परमेश्वरको विरुद्धमा खडा हुने लुसिफर कसरी पतन भयो विचार गरौँ । ऊ एक्लै पतन भएन, तर उसको समर्थन गर्ने अरु सबै स्वर्गदुतहरु पनि पतन भए । शैतानको लागि पश्चातापको मौका अब छैन । यो कुरा शैतानले पनि जान्दछ कि अब ऊ पहिलाको स्वर्गको आफ्नो अधिकार कहिल्यै पाउनेछैन र उसको अन्त्य अब नरक हो । त्यसैले उसले सकेसम्म सबैलाई नरकतिर नै डो¥याउने प्रयत्न गर्दछ । यसैले ‘अब तिमी त मुक्ति पाएको मान्छे; परमेश्वरको अनुग्रहमा जे पनि गर्दा हुन्छ । आत्महत्या नै गरेपनि स्वर्ग जान्छौ’ भनेर शैतानले आफ्नो युक्ति हामीमा परीक्षण त गरिरहेको छैन ? परीक्षण मात्रै गरे केही नहोला, तर कथम्कदाचित ऊ सफल भयो भने हाम्रो लागि यो पक्कै दुःखको कुरा हुनेछ ।
तपाईँ हामीले यदाकदा सुनेकै होलाः ‘हामीले मुक्ति कमाउनुपर्दैन, परमेश्वरले सित्तैँमा दिनुहुन्छ । हामीले त इनाम मात्र कमाउने हो ।’ हो, मुक्ति परमेश्वरले सित्तैँमा दिनुहुन्छ, अर्को अर्थमा हाम्रो धनसम्पत्तिले मुक्ति किन्न सक्दैँनौँ । त्यसोभए यो मुक्ति सित्तैँमा अविश्वासीहरुले चाँहि किन नपाएको ? त्यसैले म भन्छुः मुक्ति हामीले किन्न सक्छौँ वा मुक्तिको उत्तराधिकारी बन्न सक्छौँ । कसरी ? येशूमा विश्वास गरेर ।
इनाम कमाउने कुरा भन्दा अघि मुक्ति आउँछ । मुक्ति नपाइकन कमाएको इनाम के राम्रो होला र ? यसैले पहिला मुक्ति पाउनु जरुरी छ अनि बल्ल असल इनामको लागि दौड दौडिने हो भनेर हामी भन्न सक्छौँ ।
अन्त्यमा, हामीले मुक्ति पाएको कुरा निश्चित हो । यसैले हामी रमाऔँ, खुशीले उफ्रौँ, आनन्द मनाऔँ । तर अब यो मुक्ति कुनैपनि हालतमा नगुम्ने सम्झेर सत्तालत्ता नछोडौँ । आफु पनि आत्महत्याको कुरा सोच्दै नसोचौँ र अरुलाई पनि येशूमा ग्रहण र बप्तिस्मा गरेपछि आत्महत्या गरेपनि स्वर्ग जाइन्छ भन्ने तर्क नगरौँ । भोली कसलाई के थाहा कतै त्यो धनी मानिस र यहुदा इस्करियोतलेझैँ पश्चाताप गर्ने मौका नै पाइएन भने.......। येशूले मत्ती २४ः२४ मा चुनिएकाहरुलाई पनि भड्काइने कुरा बताउनुभएको छ । यसको मतलब मुक्ति पाएकाहरुले फेरि आफ्नो मुक्ति गुमाउने कुरासँग कत्तिको सम्बन्ध राख्छ ? विचार गर्नुहोस् । मैले ‘चलाख पत्रुसको कथा’ शीर्षकको मेरो अघिल्लो लेखको अन्तिम लाइन पुनः दोहो¥याउन चाहन्छुः ‘ येशूको साक्षी बन्ने स्वार्थमा हाम्रो अन्त्य चाँहि पत्रुसको जस्तै हुनुपर्छ ।’ धन्यवाद ।

- अनन्त जीवन सुरक्षित छः

- हिब्रु ६ः४, ५ को अर्थः

- मुक्तिको अर्थ स्वर्ग जान पाउनु हो कि होइन ?

- पश्चाताप गर्ने मौका र यसको महत्वः

- के पाप पनि सानो–ठूलो हुन्छ र ?
हुन त पाप भने पछि पाप; पाप नै हो जसलाई परमेश्वर घृणा गर्नुहुन्छ । आखिर सानो होस् वा ठूलो होस् यो नहुनु नै राम्रो हो । झट्ट सम्झिँदा पाप सानो ठूलो त नहुनुपर्ने हो । तर मनन गर्नुपर्ने कुरा हामी इसाई भइसकेपछि अर्थात मुक्तिको निश्चयता पाएर पनि सानातिना पापहरु गरिनै रहेका हुन्छौँ; र अझ मननीय कुरा यो छ कि हामीले दश वर्षपछि गर्ने पापकोलागि पनि येशू क्रुसमा मरिसक्नुभएको छ । हो, यिनै पापहरुको कारणले हामीले पाउने इनाममा फरक ल्याउनेछ तर नर्क नै गइहाल्नुपर्दैन । यसैले पाप सानो वा ठूलो हुन्छ भनेर हामी अथ्र्याउन सक्छौँ जस्तो लाग्छ; जस्तो कि पत्रुस र यहुदा इस्करियोतले गरेको पाप । बाइबलको १युहन्ना ५ः१६–१७ खण्ड अनुसार पनि पाप सानो वा ठूलो हुन सक्ने छनक बुझ्न सकिन्छ । यसमा कुनै पाप मृत्युमा पु¥याउने खालको र कुनै–कुनै पाप मृत्युजनक नहुने कुरा उल्लेख छ । हुन त यो खण्डमा शारिरीक मृत्यूको कुरा गरिएको हो भनिन्छ, तर पाप सानो ठूलो हुनसक्ने कुरा पनि बुझ्नसक्छौँ । अदालतमा पनि अपराधीको अपराध अनुसार सजाय दिइन्छ होइन र ! एउटा घडी चोर्ने र मानिसको हत्या गर्नेले बराबर सजाय पाउँछन् त ? त्यसो हो भने त हाम्रो परमेश्वर झन् कति अनुग्रही र न्यायी हुनुहुन्छ ।
सानोदेखि ठूलो पाप, जुनसुकै पनि किन नहोस; उक्त पापको कारणले कुनैपनि विश्वासीले आफ्नो मुक्ति गुमाउने खतरा हुन्छ । तर उसले पश्चाताप गर्ने मौका पायो कि पाएन र पश्चाताप ग¥यो कि गरेन त्यसको आधारमा उसको विश्वास बचाइराखेको र मुक्ति पाएको कुरा तय हुन्छ । यहाँसम्म आइपुग्दा आत्महत्या गर्ने मान्छे स्वर्ग जान्छ कि कहाँ भनेर आफैँ विचार गर्नुहोस् ।
- झुटा शिक्षाको विरोध किन?
यदि हामी मुक्ति पाइसकेको भनेर मात्र ढुक्कै हुने भए झुटा शिक्षाको किन विरोध गर्ने ? झुटा शिक्षाबाट किन होशियार रहने ? शैतान पनि त परमेश्वर कै वचनबाट फसाउन खोज्ने हो विश्वासीहरुलाई; अनि हामी जान्दछौँ हामीले ठानेका जति पनि झुटा शिक्षाहरु छन्, के तिनीहरु रामायण, महाभारतको कुरा लिएर आएकाछन् र ? हामीले नै पढिराखेको बाइबल नै उनीहरु पनि पढ्छन्, हो कि होइन ? उनीहरुले पनि कुनै न कुनै रुपमा येशूलाई त स्वीकारे कै होलान् । यसो भए तिनीहरु स्वर्गको भागीदार बन्नबाट केले रोक्ने ?
तर कुनैपनि झुटा कुरा शैतानबाट आउँछ र झुटा शिक्षाको कारणले हाम्रो सित्तैमा पाएको मुक्ति गुम्ने खतरा भएकोले नै हामी झुटा शिक्षालाई इन्कार गर्छौँ । परमेश्वरको विरुद्धमा खडा हुने लुसिफर कसरी पतन भयो विचार गरौँ । ऊ एक्लै पतन भएन, तर उसको समर्थन गर्ने अरु सबै स्वर्गदुतहरु पनि पतन भए । शैतानको लागि पश्चातापको मौका अब छैन । यो कुरा शैतानले पनि जान्दछ कि अब ऊ पहिलाको स्वर्गको आफ्नो अधिकार कहिल्यै पाउनेछैन र उसको अन्त्य अब नरक हो । त्यसैले उसले सकेसम्म सबैलाई नरकतिर नै डो¥याउने प्रयत्न गर्दछ । यसैले ‘अब तिमी त मुक्ति पाएको मान्छे; परमेश्वरको अनुग्रहमा जे पनि गर्दा हुन्छ । आत्महत्या नै गरेपनि स्वर्ग जान्छौ’ भनेर शैतानले आफ्नो युक्ति हामीमा परीक्षण त गरिरहेको छैन ? परीक्षण मात्रै गरे केही नहोला, तर कथम्कदाचित ऊ सफल भयो भने हाम्रो लागि यो पक्कै दुःखको कुरा हुनेछ ।
- सित्तैँको मुक्ति; साँच्चै कमाउनै पर्दैन त?