(एक प्रेरणादायी जीवन गवाही)
केही दिन अघि सियोन मेथोडिष्ट चर्च धरानको वार्षिक युवा सम्मेलनमा सहभागी हुने मौका पाएको थिएँ । जहाँ मैले सुनेको वक्ताज्युकोे गवाहीको सार संक्षेप यस्तो छः
हाम्रो परिवार हेटौँडाबाट काठमाडौँ बसाइँ सरेको थियो । बुवाको जागिर राम्रै थियो । सबै हाँसी–खुशी बाँचिरहेका थियौँ । म कक्षा ३ मा पढ्दाको कुरा हो; एक दिन बिहानै कसैले ढोका ढकढकायो । बुवा हप्ता दिनदेखि घर फर्कनुभएको थिएन । हामीलाई थाहै थिएन उहाँले कान्छी आमा ल्याइसक्नुभएको रहेछ । कान्छी आमा र उहाँ मिलेर हामी बसेको घर जग्गा र घरका सम्पूर्ण सामानहरु बेचिसक्नुभएको रहेछ । ढोका खोल्दा थुप्रै मान्छेहरु बाहिर जम्मा भइसकेका रहेछन्; उनीहरुले हामीलाई घरबाट निकालिदिए । हामीमाथि कल्पना नै नगरिएको बज्रपात प¥यो । म, आमा अनि एक भाई र बहिनीलाई लिएर बाहिर निस्कियौँ । हामीसँग सानो लुगाको पोको बाहेक साथमा केही पनि थिएन । पछि कान्छी आमा आफ्नो माइतीघर फर्कनुभयो र बुवा पनि उतै; बुवाले हामीलाई खोज्ने झन्झट कहिल्यै गर्नुभएन । बुवा हुनुको जिम्मेवारी उहाँलाई कहिल्यै महशुस भएन ।
हामी सडकमा पुग्यौँ । दैनिक ज्याला मजदुरी गर्नेहरुले बनाएको जस्तापाताको छानामुनि बस्न थाल्यौँ । पकाउन अनि खानलाई भाँडा–कुँडा केही पनि थिएन । वरपरका मानिसहरुले कोहीले डाडु, कोहीले पन्युँ, कसैले थाल दिएर सहयोग गरे । हामी एउटै भाँडामा पकाएर एउटै थालमा खान्थ्यौँ ।
आमाले अरु मानिसहरुको लुगा अनि घरको भाँडाकुँडा धुने काम थाल्नुभयो । उहाँले पहिला घरको साधारण काम बाहेक अरु काम कहिल्यै गर्नुभएको थाहा थिएन । चिसो पानीले गर्दा उहाँको हातका औँलाहरु परपर फटेका हुन्थे र हातका औँलाहरुबाट रगत बगेको मेरो आफ्नै आँखाले हेर्नुप¥यो । यो दृश्यले मेरो हृदय छियाःछिया बनाउँथ्यो । उहाँ बिरामी पनि भइराख्नुहुन्थ्यो; तर पनि काम नगरी धर थिएन । प्रायः रोएर बस्नुहुन्थ्यो ।
मैले स्कुल जान छोडिँन । स्कुल लागेको दिन बेलुका ३–४ बजेतिर स्कुलबाट फर्कन्थेँ । अनि भाई–बहिनीलाई दुध तताएर दिने गर्थेँ । हरेक दिन म त्यो झुपडीमा फर्किँदा उनीहरु रुँदै बसेका हुन्थे । तपाईँ कल्पना मात्र गर्नुस्; वास्तवमा ती दृश्यहरुले मलाई अति निराश बनाउथे । बहिनी कहिलेकाँही भन्ने गर्थिनः ‘दाई, आज किन दुध पिरो छ ?’ किनकी म हरेक दिन स्कुल हिँड्न अघि गिलासमा थोरै चामल भिजाएर छोड्थेँ; अनि बेलुका फर्केपछि त्यही चामल सिलौटोमा पिँधेर पानीमा घोलेर तताउने गर्थेँ र भाई–बहिनीलाई दुध भनेर पिलाउँथेँ । अनि हरेक राती पुराना घरहरु भत्काउने काममा जान थालेँ । राती २–३ बजेतिर फर्किन्थेँ अनि सुत्थेँ । धुलै–धुलोले पुरिएको हुन्थ्यो मेरो जीऊ; चिसोमा नुहाउन अल्छी लाग्थ्यो । बिहान ७ बजेतिर उठेर होमवर्क गर्न थाल्थेँ अनि स्कुल जान्थेँ ।
स्कुल जान छोडिँन । कक्षा चढ्दै गएँ । पाइन्ट सानो भएर घुँडासम्म आउन थाल्यो । नयाँ ड्रेस किन्ने पैसा भएन । स्कूले जीवनमा सबैभन्दा नचाहेको दिन त्यहीँ हुन्थ्यो; त्यो हो ‘प्यारेन्ट्स ड’े । त्यो दिन जति तीतो अनुभव मलाई कहिल्यै हुँदैन्थ्यो, किनकी सबै साथीहरुका आमा–बुवा हाँसी–खुशी स्कुलमा आउँथे, मेरा कोही पनि थिएनन् । मेरो मान्छे एकजना पनि थिएनन् । स्कुलमा मलाई भेट्न १० कक्षा सम्म पुग्दा पनि कोही कहिल्यै आएनन् । उक्त दिन म सँधै एक्लो हुन्थेँ । म कत्ति चाह गर्थेँ, यो दिन कहिल्यै नआओस् ।
म मेहनतले राम्रै नम्बर ल्याएर परीक्षाहरुमा पास हुन्थेँ । केही क्लासहरुमा प्रथम पनि भएँ । तर पनि कुनै शिक्षकहरुले ‘तिमीले राम्रो ग¥यौ; तिमी राम्रो गर्न सक्छौ’ भनेर कहिल्यै भनेनन् । अँह, कहिल्यै भनेनन् ।
स्कूल छेऊको क्यान्टिनको आन्टीले एकदिन मलाई भनिन्ः ‘हरेक दिन मलाई एक ग्यालन पानी ल्याईदेऊ, महिनाको ३० रुपैँया दिन्छु ।’ अनि म हरेक दिन स्कुलबाट फर्किँदा उनको क्यान्टिनबाट रित्तो ग्यालन बोकेर आउँथे र अर्को दिन स्कूल जाँदा एक हातमा किताब च्यापेर काँधमा पानीको ग्यालन बोकेर स्कुल पुग्थेँ मकैबारीको बीच बाटो भएर । म लाजको कारणले पानीको ग्यालन बोकेर मकै बारीको बाटो भएर स्कुल आउने जाने गर्दथेँ । त्यो मेरो बाध्यता थियो ।
जीन्दगीको यिनै दौरानहरुमा हामीले ख्रीष्टियान मिसिनरीहरुबाट प्रभु येशूको बारेमा सु–समाचार सुन्यौँ । उनीहरुले हामी माथि अपार माया देखाए । अन्ततः हाम्रो सानो परिवार ख्रीष्टियान परिवार भयो । हामी नियमित चर्च जान थाल्यौँ; तर म हृदयदेखि नै चर्च जान थालेको भने अवश्य थिइँन । कारण जान्न चाहनुहुन्छ ? जीन्दगीमा मैले कहिल्यै पिताको मायाको महशुस गरेको छुइँन । मलाई थाहा छैन; बुवाको माया कस्तो हुन्छ ! तर चर्चमा वचन बाँड्दा होस् वा प्रार्थना गर्दा होस्; परमेश्वर पिता भनेर बारम्बार भनिन्थ्यो । यो कुराले मेरो हृदय पोल्थ्यो । विस्तारै म चर्चबाट टाढिन थालेँ ।
मैले जीवनमा एउटै सपना साँचेको थिएँ; जसरी भए पनि धन सम्पत्ति कमाउने । जीन्दगीको हरेक अभिशाप पैसाको अभावको कारणले हो भन्ने मैले सोचेको थिएँ । पछि चटपटे बेच्ने, आइसक्रिम बेच्ने जस्ता कामहरु गर्न थालेँ । एस.एल.सी. पछि पढाईमा पूर्णविराम लाग्यो । म काम गर्दै गएँ । सानो तिनो व्यापार सुरु गरेँ । अन्त्यमा ठूलै काममा हात हालेँ । तपाईँलाई थाहा छ ? के थियो त्यो ठूलो काम ? मैले केही भित्ती साथीहरुको लह–लहैमा लागुपदार्थको व्यापार सुरु गरेँ । आम्दानी राम्रो हुन थाल्यो । म आफैँ पनि लागुपदार्थको दुव्र्यसनीमा फस्न थालेँ ।
घरमा आमा मेरो धेरै पीर गर्नुहुन्थ्यो । पछि सुनेँ, उहाँले मेरो लागि चर्चमा सँधै प्रार्थनाको विषय राख्नुहुन्थ्यो । मसँग प्रायः रुनुहुन्थ्यो, र भन्नुहुन्थ्योः ‘मैले तँ सँग कत्रो आशा भरोसा राखेको थिँए, मिठो सपना बुनेकी थिएँ । तर तँ किन यस्तो हुन्छस् ?’ तर म उहाँलाई जवाफ दिन्थेँः ‘परिवारको भरणपोषण मैले नै गरेको छु, चाहिने पैसा कमाएकै छु । यो भन्दा बढी अरु के चाहियो ?’
साथीहरुसँग कहिलेकाँही कारोबारको विषयमा झगडा हुने गर्दथ्यो । नभन्दै एकदिन झगडा प¥यो । मेरा एक हात र खुट्टा भाँचिए; र मरनासन्न हुने गरि पिटिएँ । होस् खुल्दा म अस्पतालको बेडमा थिएँ हलचल नहुने गरी; छेऊमा आमा रुँदै थिइन् । चर्चबाट केही मानिसहरु मलाई भेट्न आए र मेरो लागि प्रार्थना गरे । प्रार्थना पछि चर्चका अगुवाले भन्नुभयोः ‘तिमी परमेश्वरको नजरमा एकदमै असल छौ, राम्रो छौ । अब तिम्रो बाँकी जीवन परमेश्वरको लागि जिऊनु पर्छ ।’ त्यतिबेला मेरो हृदय फुट्यो । म टुक्रा–टुक्रा भएँ । भक्कानिएर रुन थालेँ । त्यति बेला मैले परमेश्वरको प्रेम र जीन्दगीको मूल्यको आभाष भयो । अनि मैले मनमा संकल्प गरेँ कि ‘अब बाँकी जीवन; म परमेश्वरको लागि जिउँछु ।’
तब उसो मैले जीवन परमेश्वरको सेवामा अर्पण गरेँ । अहिले परिस्थिति बदलिएको छ । अहिले हामीसँग चाहिने सबै कुराहरु परमेश्वरले जुटाइदिनुभएको छ । बहिनीले फार्मेसी पढिसकेर जागिर गर्छिन्; भाई स्पेनिस, चाईनिज जस्ता थुप्रै भाषाहरुको ज्ञाता छ र पर्यटकहरुको गाइड भएर काम गरिरहेका छन् । आमा स्वस्थ हुनुहुन्छ, अहिले बरु केही मोटाउनुभएको छ; अझ बढी उहाँ धेरै खुशी हुनुहुन्छ । आज म तपाईंहरुसँग यसरी परमेश्वरको बारेमा बोल्दैछु; तर उहाँ यतिखेर पनि मेरो लागि प्रार्थना गरिरहनुभएको छ । मेरो अहिलेको जीवन परमेश्वरमा उहाँले गर्नुभएको प्रार्थनाको प्रतिउत्तर हो ।
एउटा रोचक कुरा; बुवासँग हाम्रो भेट २३ वर्ष पछि भयो, तर उहाँले हामी बालापनमा रहँदा आफ्नो कर्तव्य ननिभाउनुभएको कुरामा रत्तिभर पश्चाताप थिएन । बरु उल्टै हामीले धर्मकर्म छोडेको र ख्रीष्टियान भएकोमा बडो दुःखित हुनुभयो । हुनसक्छ तपाईं हामी कतिपय अहिले हाम्रा छोरा–छोरीको पिता भएका छौँ । एउटा पिताको हैसियतले हाम्रो हृदय कस्तो छ ? आत्मूल्याङ्कन अवश्य गरौँ । अहिले मेरी सानी छोरी छिन्; उसले पछि गएर आफ्नो पिताका प्रेम बुझोस्–नबुझोस् ! तर हरेक रात उनी सुत्नु अघि उनलाई म प्रेमले अँगालो हाल्छु; यसो गर्दा कहिलेकाहीँ हर्षाश्रु हुँदै आँखाबाट आँसु झर्छन् । अनि आफ्नी श्रीमति तिर फर्केर भन्छुः ‘थ्याङ्क यु !’
–वक्ताः पा. रोहित ढकाल (हाम्रो मण्डली, काठमाडौँ)
–प्रस्तुतीः सुमन राई