With David Pradhan #Dicon, Isai Pravuko Mandali, Itahari |
मण्डलीमा ख्रीष्टियान जीवनमा हुनुपर्ने असल चरित्र र अनुशासनको बारेमा बोल्नुहुन्छ । उहाँद्वारा भएर परमेश्वर बोल्नुहुँदा म हरेक पल्ट केही न केही मेरो जीवनमा केही मूल्य थपिएको महशुस गर्छु । यसपटक उहाँले दिनुभएको प्रवचनको सारसंक्षेप सम्पादन गरेर मैले यसरी यहाँहरुमाझ राख्दैछु :
हामीले आफैँलाई सोध्नुपर्ने एउटा प्रश्न–‘म किन स्वप्रशंसाको भोको छु ? यस्तो हाम्रो स्वभाव कहाँबाट आयो ?’ मानिस आफू उचालिनुलाई साह्रै आतुरी गर्छ, बरु जुनसुकै हर्कत अपनाएर नै किन नहोस् ।
शैतानको बारेमा बाइबलमा यशैया १४ः११–१५ र इजकिएल २८ः१३–१७ मा केही वर्णन गरिएका छन् । जसलाई तपाईहरुले राम्ररी अध्ययन गर्न सक्नुहुनेछ । शैतान जसलाई लुसिफर पनि भनिन्छ । ऊ एउटा स्वर्गदुत थियो र परमेश्वरले उसलाई विशेष हैसियत दिनुभएको थियो । इज. २८ः१४ मा लेखिएको छ–‘अभिभावक करुब हुनलाई तँ अभिषेक गरिएको थिइस्, किनकी त्यसरी नै मैले तँलाई नियुक्त गरेको थिएँ । परमेश्वरको पवित्र पर्वतमा तँ थिइस । अग्निमय पथ्थरहरुका बीचमा तँ हिँड्थिस् ।’
तर लुसिफरले आफूले पाएको कुरामा घमण्डले फुलियो । ऊ अत्यन्तै सुन्दर थियो । इज. २८ः१२ मा लेखिएको छ–‘.......तँ त सिद्धताको एक नमुना थिइस्, र बुद्धिले सर्वाङ्ग सुन्दर ।’ तर उसले आफ्नो सुन्दरतामा घमण्ड ग¥यो, किनकी परमेश्वर भन्नुहन्छः ‘ तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुलियो, तैँले आफ्नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्ट पारिस्.......’ (इज. २८ः१७) । लुसिफरको हृदयको दृष्टता र घमण्डको कुरा बाइबलमा अझ यसो भनिएको छः ‘ तैँले आफ्नो हृदयमा भनिस्, ‘‘म स्वर्गमा उक्लनेछु । परमेश्वरका ताराहरुभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु । पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासदको पर्वतमा म विराजमान हुनेछु । म बादलको टुप्पाभन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु ’’ (यशैया १४ः१३–१४) ।’
यस्तो अहंकारले भरिएको लुसिफरलाई परमेश्वरले यसो भन्नुभयोः ‘.....यसैले मैले तँलाई जमिनमा फालिदिएँ । ....तँ चिहानसम्म, खाडलको तल्लो गहिराइसम्मै होच्याइस् । ..........तँ खुट्टाले कुल्चिएर पैतालामुनि परेको लाशझैँ भएकोछस् । ....तँलाई नियालेर हेर्नेहरु सबैका दृष्टिमा मैले तँलाई जमिनमा खरानी तुल्याइदिएँ । ......तँ एक डरलाग्दो अन्त्यमा आइपुगेको छस् र तँ फेरि कहिल्यै रहनसक्नेछैनस् । (रेफरेन्स यशैया १४ः११–१५ र इजकिएल २८ः१३–१७ बाट )।’ यसरी शैतानको पतन भयो र परमेश्वरको शत्रु हुन पुग्यो ।
आफैँले आफैँलाई उचाल्ने वा प्रशंसा गर्ने काम परमेश्वरको नजरमा एकदमै डरलाग्दो हो । यस्तो अहंकारले हामीलाई हाम्रो आत्मिक जीवनदेखि पतन गराउँछ । शैतानले हब्बालाई नखानु भनिएको फल खान उक्साउनलाई ‘उक्त फल खायो भने परमेश्वर जत्तिकै हुने’ प्रलोभन देखायो । अनि परमेश्वर जत्तिकै हुने आतुरीमा हब्बाले त्यसको परिणाम केही नसोची त्यो फल खाइन् र आदमलाई पनि खुवाइन् । आफ्नो हैसियत बढाएर परमेश्वर जत्तिकै हुने आदम र हब्वाको कौतुहलता भनौँ वा महत्वकांक्षाले आखिरमा मानिस जीवनमा पतन ल्यायो, मृत्यू भित्रियो ।
अहिले पनि हामी संसारमा मानिसहरुलाई देख्न सक्छौँ कि प्रशंसा पाउनलाई तँछाडमछाँड गरिरहेका छन् । आफू उचालिनलाई अरुलाई होच्याएका छन् । अरुको निन्दा गरेकाछन् । अरुको बदख्वाई गरेका छन् । विग्रेका हरेक कामको दोष अरुमाथि थुपारिदिएकाछन् । ताकि आफू चाँहि अरुभन्दा बाठो, बुद्धिमान, सक्षम, योग्य ठहरिन सकेको होस् अर्थात् भनौँ अरुभन्दा आफू माथि पाउन सकोस् ।
आफूसँग भएको कुरामा घमण्ड गर्नु बेकार छ । बाइबलमा लेखिएको छः ‘सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ’ (हितोपदेश १६ः१८)। आज हाम्रो हृदयमा घमण्डको स्तर कुन लेभलमा छ ? यो एकदमै आत्ममुल्याङ्कन गर्नुपर्ने विषय हो । हामी बाहिरी कुराहरुमा होइन तर परमेश्वरको नजरमा ठीक ठहरिनुपर्छ । उहाँले हृदय हेरेर काम गर्नुहुन्छ । हामीले मानिसहरुबाट प्रशंसा पाएर के काम यदि परमेश्वरले हामी र हाम्रो चरित्रलाई इन्कार गर्नुभएको छ भने ?
एउटा दृष्टान्तलाई हेरौँः एकजना विद्वान मानिस र माझी डुङ्गामा बसेर समुन्द्र पार गर्दै थिए । जाँदै गर्दा विद्वान मानिसले माझीलाई प्रश्नहरु सोध्न थाल्योः ‘के तिमीलाई थाहा छ, समुन्द्रमा छालहरु आउनुको कारण के हो ?’ माझीले एकछिन् सोच्यो र भन्योः ‘अहँ मलाई थाहा छैन, कसरी आउँछ । तर बेलाबेला आँधी चाँहि आउँछ ।’ फेरि विद्वानले प्रश्न ग¥योः ‘यो डुङ्गा कसरी पानीमा तैरिरहेको छ ? के यसको वैज्ञानिक कारण तिमी जान्दछौ ?’ माझीले यसको पनि उत्तर दिन सकेन । यस्तै अरु पनि थुप्रै प्रश्न ग¥यो विद्वानले माझीलाई तर माझी असमर्थ भयो उत्तर दिनलाई । माझी एकप्रकारले लज्जित भयो विद्वानको अगाडि तर पनि डुङ्गा खियाइरहेको थियो । विद्वान चाँहि गजक्क प¥यो आफू धेरैकुरा जान्ने हुन पाएकोमा ।
जाँदै गर्दा अचानक समुन्द्रमा आँधी आयो । माझीले धेरैबेर संघर्ष ग¥यो पार हुनलाई तर डुङ्गालाई बचाउन नसकिने अवस्था देखेपछि माझी पानीमा हाम फाल्यो र जसोतसो गर्दै बल्ल–बल्ल वारी किनारमा फक्र्यो । त्यस्तो विद्वान मानिसलाई पौडिन नआउने कुरा माझीलाई कुनै हेक्का नै रहेन । उसले त सोच्दै थियो कि विद्वान मानिस ऊ भन्दा पनि अघि नै किनारा पुगिसक्यो होला । तर विचरा विद्वान बिचैमा पानीका छालहरु बीचमा अलपत्र भएर उसको मृत्यु भयो ।
यो दृष्टान्तबाट हामीले पक्कै पनि धेरै कुरा बुझिसक्यौँ होला ।
मानिस आफ्नै नजरमा बुद्धिमान बन्नु शर्मको कुरा हो । बरु परमेश्वरको नजरमा धन्यको ठहरिनु हाम्रो उत्तम लक्ष्य हुनुपर्छ । ‘मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्ला, तर हृदय जाँच्नुहुने परमप्रभु नै हुनुहुन्छ’ (हितो. २१ः२) । हामीले यो कुरालाई कहिल्यै भुल्नुहुँदैन । अन्त्यमा अझ बाइबलबाट एउटा खण्ड हेरौँः ‘प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरुलाई उच्च पार्नुहुनेछ’ (याकुब ४ः१०)।
यसैले म यस्तो छु, उस्तो छु, मसँग यो छ, त्यो छ, तिम्रो के छ? मसँग यति छ, उति छ, तिमीसँग कति छ ? भन्न छोडेर नम्रताको वस्त्र धारण गरौँ । हामीलाई उचाल्ने र उचित सम्मान दिने परमेश्वर नै हुनुहुन्छ । परमेश्वरले हामी सबैलाई आशिष दिऊन् । धन्यवाद ।