Skip to main content

जुवामा नारिएको गोरु



गोरु किसानहरुका लागि प्यारो हुन्छ । पहाडतिर प्रायः खेतबारी जोत्नलाई गोरु नै प्रयोग गरिन्छ । गोरु हिँड्न नै नमिल्ने गराहरुमा मात्र मानिस आफैँले खन्नुपर्छ । खेतबारी जोतिसकेपछि बल्ल हामी बीऊ छर्ने काम गर्छौँ; आखिर जुनसुकै बीऊ किन नहोस् । तिनै खेतबारीबाट उब्जाऊ भएको अन्नले वर्षदिनसम्म खानेकुराको जोहो गर्ने हरेक किसानको चेष्टा हुन्छ । यसर्थ, जोत्ने गोरुको देन अति महान् छ, कृषिप्रधान देश नेपालका पहाडी कृषकहरुका लागि । गोरुको बारेमा बाइबलमा पनि यस्तो पद छः ‘जहाँ गोरुहरु हुँदैनन् त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरुहरुको बलले नै प्रशस्त अन्न उब्जिन्छ’ (हितोपदेश १४ः४) ।
  बहर गोरुलाई दाउन त्यति सजिलो छैन । सरासर मेलोमा जाने बनाउनु किसानलाई ठूलो समस्या हुन्छ । गोरु आपैmँपनि मालिकको इच्छा अनुसारको बनिन धेरै पीडा सहनुपर्ने हुन्छ । यदि गोरु बोल्न सक्ने भए; उसको सुरुवाती दिनमा जुरोमा जुवाले दिने पीडाको वर्णन अति मार्मिक अवश्य हुनेथियो । दाउने बेलामा उल्टो–पुल्टो हिँड्दा थुप्रै चुटाई भेट्छ गोरुले । कहिलेकाँही हिँड्न नसकेर बसिदिँदा र लौरोले चुट्दा पनि नउठेपछि बहर गोरुको नाकमा आगोले पोलिदिनेसम्मको हर्कत मैले देखेको छु, ताकि गोरु उठेर हिँडिदेओस् ।

यस्तो कठोर तालिमपछि गोरु बल्ल जोत्नको लागि योग्य हुन्छ । अनि मालिकको प्रिय बन्छ । मालिकसँगै लेक–बेँसी धाउँछ । उसको स्वास्थ्यको सबै जिम्मा उसको मालिकले लिन्छ । उचित समयमा घाँस खान पाउँछ, खोले खान पाउँछ । मानिसको लागि एउटा कामलाग्ने अनि नभइहुने जनावर हुनु गोरुको लागि कति महिमाको कुरा हो वा भनौँ परमेश्वरले ठह¥याइदिनुभएको उसको आनन्दको भाग यहि नै होला । यस्तो गोरुको मृत्युमा मालिक भावविह्वल हुन्छन् । गाड्नु वा गिद्धको अगाडि फाल्नु अगाडि मालिकले त्यो गोरुको बडो राम्रो तारिफ गर्छन् ।

अब अर्को त्यसै छाडिएको साँढे गोरुको कुरा पनि गरौँ । स्वतन्त्र गोरु । जुवा नभएको गोरु । मालिक पनि छैन । वास्ता गर्ने पनि छैन । गर्नुपर्ने काम पनि केहि छैन । जता मन लाग्यो, त्यतै गयो । पाउँदा घाँस खायो, नपाउँदा भोकै वा प्लाष्टिक खाँदै हिँड्यो । डुल्दै जाँदा कहिलेकाँही अर्काको बारीको बाली खान पुग्छ । फेला परेन त ठिकै छ, फेला प¥यो कि त लौरोको चुटाई दह्रो भेट्छ साँढेले । घाऊचोट लाग्यो भने स्याहारसुसारको केहि सुविधा हँुदैन यस्तो गोरुलाई । देशको द्वन्द्वकालको समयमा कति यस्ता गोरुहरु त हाम्रा दाजूभाइहरुले तरकारीको रुपमा प्रयोग गरे रे भन्ने पनि सुनियो । खास कुरो आफ्नै ठाऊँमा छ ।

हाम्रा पाष्टर बुबाले सुनाउनुभएको एउटा साँढे गोरुको छोटो कथा यहाँ प्रस्तुत गर्न चाहन्छु । कुनै समय पथरी (मोरङ्ग) तिर एउटा साँढे गोरु थियो । हेर्दा बलियो अनि डरलाग्दो । मान्छे नजिन पुग्नै नहुने, झम्टेर हान्न जाने । त्यो गोरुलाई कसैले मन पराउँदैनथ्यो । सबैको आँखाको कसिङ्गर बनेको थियो त्यो साँढे गोरु । उपद्रो केटाहरुले टाढाबाट मौका पर्दा त्यो गोरुलाई ढुङ्गाले हान्ने गर्थे । हुँदाहुँदै एकदिन कसैले ढुङ्गाले हानेर उक्त गोरुको एकपट्टीको आँखा फुटाइदियो । कानो भएको साँढे गोरुको स्वभाव त उस्तै थियो तर दिनप्रतिदिन कमजोर हुँदैगयो । बजारहरुहुँदो गोरुलाई गरिने दुव्र्यवहार बढेर गयो । आँखा फुटेको साइडबाट जोकोही गोरुकै छेऊ पुग्दापनि गोरुले केही पत्तो पाउँदैनथ्यो । मानिसहरुले झन् ‘मलाई तर्साउने, हान्ने गोरु तैँ होइनस्’ भन्दै हिर्काउने, ढुङ्गाले हान्ने गरे ।

पछि अचानक कसैले त्यस गोरुको अर्कोपट्टीको आँखा पनि फुटाइदियो । त्यसपछि गोरुको दयनीय दिनहरुको सुरुवात भयो । केही खान–पिउन पनि सकेन । भौकै–तिर्खै, हड्डी र छाला मात्र भएर गोरु केही दिन यताउता डुल्यो । अन्त्यमा उक्त साँढे गोरुको बडो कारुणिक तवरले मृत्यु भयो । गल्लीका कुकुरहरुले उसको मासु लुछे ।

अब एकछिनलाई मानौँ कि हामी पनि गोरु नै हौँ रे ! अब कुन गोरुको जीवन उत्तम होला ? एउटाको मालिक छ । मालिकको खटनमा अनुशासित छ र प्रायः जुवामा नारिएर खेतबारी जोत्नुपर्छ । अर्को चाँहि साँढे गोरु; जसलाई बाटोमा छोडिएको छ । मालिक पनि छैन र जुवा पनि छैन ।

अब बाइबलबाट केही कुरा हेरौँ । प्रभु येशू भन्नुहुन्छ– ‘मेरो जुवा आफूमाथि लेओ, मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरुको आत्मामा विश्राम पाउनेछौ । किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ’ (मत्ती ११ः२९–३०)। प्रभु येशूको जुवा लिनुको एउटा अर्थ चाँहि यो हो कि हामी उहाँको आज्ञामा रहेर अनुशासित जीवन जिउनु र उहाँसगै जिउनु । उदेश्य यहि हो कि हामीमा प्रभु येशूको स्वरुपको वृद्धि भईनैरहेको होस् । ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ भनेजस्तै उहाँको प्रेम चाखिसकेकाहरुलाई उहाँको जुवा साँच्चै नै हलुको लाग्नेछ, सजिलो लाग्नेछ ।

आज हामी जवान साथीभाईहरुले विचार गर्नुपर्ने कुरा यो छ कि के हामी प्रभु येशूको जुवामा नारिएका छौँ ? प्रभु भन्नुहुन्छ ‘मसँग सिक’ । के हामी तयार छौँ उहाँसँग सिक्नलाई ? हो, हुनसक्छ हामी नयाँ बहर गोरुझैँ पाको नहुन सक्छौँ । तर हाम्रो जुवाको अर्कोपट्टी पाको प्रभु येशू हामीसँगै हिँड्दैहुनुहुन्छ ।

यसैले पनि हामीमा केहि विनम्रताको विकास गर्ने प्रयास स्वयम्ले पनि गर्नैपर्छ यद्यपि सबैकुराको श्रोत प्रभु येशू नै हुनुहुन्छ । साधारण मानिसहरुजस्तै हामी पनि रिस, डाह, निन्दा, क्रोध र इष्र्यामा जिउँदैछौँ भने कसरी आफू येशूको जुवामा नारिएको छु भनेर भन्नसक्छौँ र ? कतिपय अवस्थाहरुमा मण्डलीका अगुवाहरुले नयाँ पिढीका युवाहरुको नयाँ विचारहरुलाई सम्बोधन गर्ननसकेको र भावनाहरुलाई नबुझिदिएको पक्कै हुनसक्दछ । तर यसको अर्थ आफ्नो जुवाबाट तर्किजाने बहाना बनाउनु पटक्कै होइन । बरु बाइबलले त अझ यसो भन्छः ‘चुपचापसँग परमप्रभुको बाटो हेर्नु असल हुन्छ । आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ । परमप्रभुले यो त्यसमाथि राख्नुभएकोले त्यो एक्लै शान्त बसोस् । त्यसको मुखले भूइँ छोओस्, यसरी अझै आशा होस्’ (विलाप ३ः२५–२९) ।

जवान मित्रहरुको जीन्दगीको योजना अवश्य धेरै होलान् । धेरै पढ्ने, पैसा कमाउने, संसार घुम्ने, रमाइलो गर्ने, प्रख्यात हुने आदि–इत्यादि । तर ‘बैंसको बेलामा, होश बिनाको जोशमा’ प्रभु येशूसँगको जुवा एकातिर हुत्याएर साँढे भई कतै फेला नपर्नुहोला । देखा पनि नपर्नुहोला । म पनि त्यसो गर्दिन । तपाईहरु पनि त्यसो नगर्नुस् । आजलाई यति, धन्यवाद ।




Leave Your Comments Here!


Popular Posts

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि,  कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।

गाऊँ घरतिरको एकहप्ते बसाइ (संस्मरण)

धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् । घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ । भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।

सुन्दरताको बारेमा केहि कुरा...

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।