कविता:
बतास चलिरहेछ
हावाको एक झोँक्का कानमा आएर ठोकिन्छ
भयभित हुन्छु,
त्यो धुनलाई सुनेर
बन्दुकको आवाज
अनि मानिसहरुको चित्कार !
बतास चलिरहेछ
धुँवाले भरिएको छ देश
त्यो धुँवामा
जलिरहेका झुपडीहरु
अनि जलिरहेका मानिसहरुको गन्ध छ ।
हामी,
जे आफ्नो होइन
त्यो मेरो भनिरहेंछौँ
जे हाम्रो होइन
त्यो हाम्रो भनिरहेछौँ ।
हामीलाई यो धर्तीमा
सँधै बाँचिरहनेछौँ भन्ने भ्रम परेको छ ।
‘यो जमिन मेरो’ भनिरहँदा
हामी भूलिरहेछौँ–
‘म एक परदेशी हुँ ।’
यो माटोलाई
हामी किन यति विघ्न प्रेम गरिहेछौँ ?
किनकी,
हामी आफैँ पनि माटोका डल्लाहरु हौँ ।
यसैले,
एक मुठी माटोको लागि लड्नु हाम्रो हक छ ।
‘हाम्रो अस्तित्व यहि माटो हो’
भन्ने भ्रम हामीलाई परेको छ ।
लोभले हामीलाई अन्धो पारेको छ
एक मुठी माटोको लोभमा
हामी आफैँलाई बेमूल्यका ठान्छौँ ।
के कति प्रयास ग¥यौँ ?
पृथ्वीमा गरिब भई बाँच्न ।
स्वर्गमा धनी भई हाँस्न ।
जहाँ हाम्रो धन
त्यहीँ हाम्रो मन ।
हाम्रो धन स्वर्गमा हुँदो हो त
हामी माथिका कुरामा मन लगाउँथ्यौँ ।
तर हामी,
हाम्रो धनको पोको यहीँ कतै लुकाएका छौँ ।
यसैले लड्नैपर्छ–
एक मुठी माटोको लागि
एक टुक्रा जमिनको लागि ।
ज्यानको बलि दिनैपर्छ,
अरुलाई मार्नैपर्छ,
रगतको खोलो बगाउनैपर्छ ।
बतास चलिरहेछ
हावाको एक झोँक्का कानमा आएर ठोकिन्छ
भयभित हुन्छु,
त्यो धुनलाई सुनेर
बन्दुकको आवाज
अनि मानिसहरुको चित्कार !
बतास चलिरहेछ
धुँवाले भरिएको छ देश
त्यो धुँवामा
जलिरहेका झुपडीहरु
अनि जलिरहेका मानिसहरुको गन्ध छ ।
हामी,
जे आफ्नो होइन
त्यो मेरो भनिरहेंछौँ
जे हाम्रो होइन
त्यो हाम्रो भनिरहेछौँ ।
हामीलाई यो धर्तीमा
सँधै बाँचिरहनेछौँ भन्ने भ्रम परेको छ ।
‘यो जमिन मेरो’ भनिरहँदा
हामी भूलिरहेछौँ–
‘म एक परदेशी हुँ ।’
यो माटोलाई
हामी किन यति विघ्न प्रेम गरिहेछौँ ?
किनकी,
हामी आफैँ पनि माटोका डल्लाहरु हौँ ।
यसैले,
एक मुठी माटोको लागि लड्नु हाम्रो हक छ ।
‘हाम्रो अस्तित्व यहि माटो हो’
भन्ने भ्रम हामीलाई परेको छ ।
लोभले हामीलाई अन्धो पारेको छ
एक मुठी माटोको लोभमा
हामी आफैँलाई बेमूल्यका ठान्छौँ ।
के कति प्रयास ग¥यौँ ?
पृथ्वीमा गरिब भई बाँच्न ।
स्वर्गमा धनी भई हाँस्न ।
जहाँ हाम्रो धन
त्यहीँ हाम्रो मन ।
हाम्रो धन स्वर्गमा हुँदो हो त
हामी माथिका कुरामा मन लगाउँथ्यौँ ।
तर हामी,
हाम्रो धनको पोको यहीँ कतै लुकाएका छौँ ।
यसैले लड्नैपर्छ–
एक मुठी माटोको लागि
एक टुक्रा जमिनको लागि ।
ज्यानको बलि दिनैपर्छ,
अरुलाई मार्नैपर्छ,
रगतको खोलो बगाउनैपर्छ ।