पैसा कसरी फेला प¥यो ?
भाइलाई भेट्न पोखरा जाँदैथिएँ । जब मुग्लिङ्गबाट गाडी चेन्ज गरेर पोखरातिर हान्निएँ; आबुखैरेनी पुगेपछि एकजना दिदी ओर्लिइन् र आफ्नो सामान झार्न अनुरोध गरिन् । तर उहाँको सामान गाडीमा थिएन । हामी पनि आ–आफ्नो सिटबाट उठेर खोज्न सहयोग ग¥यौँ । पछि थाहा भयो, गाडीका कर्मचारीहरुको लापार्बाहीले उहाँको सामान अर्कै गाडीमा छुटेछ । उक्त सामानको भर्पाइस्वरुप दिदीले रु. ३५०० –। त्यहीँ नै प्राप्त गरिन् । हामी पुनः आ–आफ्नो सिटमा बस्दै गर्दा सिटमा छोडिएको रु. १० फेला पारेँ । उक्त रकम त्यो ओर्लिजाने दिदीको पनि थिएन किनकी उनी अघिल्लो सिटमा बसेकी थिइन् ।
मैलै सबैलाई सोधेँ कसैको पैसा हो कि भनेर । माइक्रोबस भएको कारण सबैलाई सोध्न सहज नै थियो । त्यो पैसा कसैको नभएपछि ‘यो पैसा जसको हो, उही आएर फेरि लगोस्’ भनेर भेटिएकै सिटमा फालिदिएँ । तर, अर्का यात्रीले ‘तपाइँले भटेको पैसा तपाईँले नै लानुहोस्’ भन्दै फेरि मेरै हातमा थमाइदिए । अर्को सिटमा बस्नै एकजना टिका लाउने बज्यैले पनि ‘आफूले भेटेको पैसा लानुपर्छ रे नानी !’ भनिन् । उहिले गाउँघरतिर यसरी पैसा भेटिनु त ग्रहदशा फेला परेको पनि भन्थे ।
मैले चुपचाप त्यो पैसा गोजीमा हालेँ, अब उक्त रकम के गनुपर्छ भनेर मनमा मैले निश्चय गरिसकेको थिएँ ।
के गरेँ त्यो पैसा ?
मैले कुनै परिश्रम नगरेर कमाएको पैसा मेरो आफ्नै कहिल्यै हुन सक्दैनथ्यो । त्यसैकारणले उक्त रकमले चटपटे वा पानीपुरी खाएर सिध्याउनु कहाँ मिल्थ्यो र ! चकलेट किनेर मुख मिठ्याउन सक्थेँ, चुइगम चपाउन सक्थेँ । तर, त्यसो गरिँन ।
गत शनिबारको आराधना सेवामा उक्त रकम परमेश्वरलाई चढाइने भेटीसँगै भेटीको टोकरीमा हालिदिँए । ठीक अगाडि उक्त रकम कसरी फेला पारेँ भन्ने बारेमा पनि सबैलाई भनिसकेको थिएँ । हुन त त्यो पैसा कसै न कसैले अवश्य झारेर गएको हो । तर अनायसै भेटिएको उक्त रकमको जिम्मा कसैले नलिएपछि उक्त रकम अब सारा ब्राम्हाण्डको मालिक परमेश्वरको हो भन्ने सम्झेँ ।
कहाँबाट सिकेँ यो कुरा ?
केही महिना अघि साइरेनी चर्च ओख्रे, धनकुटामा एनबिसिबिएसको ‘एस.एम.टी.सी’ तालिम स्थानीय सिविएसको आयोजनामा भएको थियो । रहरले नै म त्यहाँ भाग लिन पुगेको थिएँ । एक हप्ताको तालिममा अन्तिम दिनतिर शिक्षक पी.ए थोमस ज्यूले ‘शुद्ध विवेक’को शीर्षकमा सिकाउँदै हुनुहुन्थ्यो । त्यतिखेर एउटा प्रश्न सोध्नुभयो–‘यदि तपाईहरुले बाटोमा रु. ५०० को नोट भेट्नुभयो र उक्त रकमको रकमधनी फेला परेन भने तपाईहरु के गर्नुहुन्छ ?’ अब सोधीखोजी गर्दा पनि रकमधनी फेला परेन भने त्यो पैसा चुपचाप आफ्नो गोजीमा हाल्न सकिने वा व्यक्तिगत खर्चमा खर्च गर्न सकिने तर्कमा धेरैको सहमति थियो । तर, थोमस सरले उक्त तर्कलाई गलत भनेपछि मैले भनेँ–‘त्यसोभए उक्त रकम जहाँ भेटियो त्यहीँ नै छोड्नुपर्छ ।’ उहाँले भन्नुभयो– ‘यो त झन गैह्रजिम्मेवार काम र तरिका हो ।’ यहीँ मेरो ‘एटिच्यूड’को कारणले मैले भेटेको रु. १० पनि झण्डै भेटिएकै सिटमा छाडेको ।
अनि बाँकी कुरा उक्त सेसनबाट जे सिकेँ, उक्त सिकाइलाई व्यवहारिक रुपमा प्रयोग गर्ने मौका परमेश्वरले मलाई दिनुभयो । त्यहीँ सिकाइको कारणले उक्त रकम रु. १०, चर्चको भेटीको टोकरीसम्म पुगेको हो ।
यदि रु. १० को साटोमा रु. ५००० –।, रु. १०,००० वा अरु बढी भेटेको भए म के गर्थेँ होला ? निस्सन्देहः उक्त रकम रु. १० माथि जे–जस्तो व्यवहार गरेँ, त्योभन्दा बढी वा घटी केही हुनेवाला थिएन । अन्त्यमा, स्मरण रहोस् दशांश बाहेकको हाम्रो गोजीको पैसा पनि परमेश्वरको हो; यसैले पैसाको सदुपयोग गरौँ । थोरै कुरामा पनि इमान्दार बनौँ, ठूलो कुराको जिम्मा पाउनको लागि । धन्यवाद ।