म पुरिएको छु
यी सडकहरुका धुलो र हिलोले
म निसास्सिएको छु
याी गाडीहरुका धुँवाले ।
चौतारीमा बहने सिरसिरे हावा
त्यत्तिकै कत्ति खेर जाँदो हो ।
तिर्खाएको छु म, मुडुली मृग झैँ,
भौंतारिन्छु म जताततै ।
यो पानी जति पिए पनि
मेटिन्न प्यास.......... ।
यो आँतले खोजिरहन्छ,
त्यो गाऊँको पँधेराको मूलको रस ।
जति टाढा जान्छु म,
मलाई खेदिरहेछन् ती गारेटोहरुले,
पछ्याईरहेछन् ती खोलानालाले,
झक्झक्याईरहेछन् ती डाँडापाखाले ।
बाध्य हुन्छु म
फर्केर हेर्न फेरि, आफ्नै गाऊँ–आफ्नौ ठाऊँ ।
अनि चिच्याउँछु म अनायसै
‘धन्य, सिद्धिचरण !
कहाँ भनेका रहेछौ र त्यसै....
मेरो प्यारो ओखल्ढुङ्गा ।’
के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?
Comments
Post a Comment