बरु सकिन्छ जीवन, टुङ्गिदैनन् विवादहरु,
उर्लंदो खोला सुक्छ बरु, भरिंदैनन् समुन्द्रहरु ।
उर्लंदो खोला सुक्छ बरु, भरिंदैनन् समुन्द्रहरु ।
सुन्दा–सुन्दै बरु फुट्ला कानको जाली नै,
तर अन्त्य हुँदैन बज्न संगीतको धुनहरु ।
देख्दा–देख्दै धमिलिन्छ होला आँखाको सिसा,
तर कहिले थाकिन्छ होला हेरेर यी दृश्यहरु ?
जति खाए नि, जति पिए नि तृप्त नहुने,
हन्तकाली यी मानिसका भोक अनि प्यासहरु ।
कुकुर बान्तामा फर्किन्छ, सुँगुर फेरि हिलोमै जान्छ,
हाय ! सम्झाएर नसम्झिने समझ नभएकाहरु ।
बरु गुणलाई बिर्सिने, चोटलाई कहिल्यै माफ नगर्ने,
यस्तो अन्यायी पो छ त ! तपाई हाम्रो मनहरु ।
Comments
Post a Comment