बिहानीको सिरेटो मलाई साह्रै प्यारो लाग्छ ।
जब पूर्वतिर फर्कन्छु,
आशा डाँडामाथि झुल्किन्छ,
अनि धर्तीको छातीमा छताछुल्ल वर्षिन्छ ।
रश्मिहरु पहाडको खोँच भएर बग्छन् ।
रश्मिहरु गरा–गरा भई
पहाडको कापबाट तल उपत्यकालाई चियाउँछन् ।
आहा ! कति सुन्दर सृष्टि !
केही पल भएपनि
म दुःखलाई भुलिरहेछु ।
रश्मिहरु गरा–गरा भई
पहाडको कापबाट तल उपत्यकालाई चियाउँछन् ।
आहा ! कति सुन्दर सृष्टि !
केही पल भएपनि
म दुःखलाई भुलिरहेछु ।
बहिनी घर बढार्न थाल्छिन् ।
पिँढीको गमलामुनि कुचो हल्लाउँछिन् ।
चुँडिएका, ओइलिएर झरेका फूलहरु
रद्धीको टोकरीमा हाल्छिन् ।
त्यतिखेर म –
ती ओइली झरेका फूलहरुमा,
आफ्नै जीवन देख्छु ।
धेरै चोटी लडेको मान्छे म ।
धेरै चोटी हारेको मान्छे म ।
के यी फूलहरु फेरि फूल्न सक्छन् ?
मगमगाउँदो बासना फेरि छर्न सक्छन् ?
पिँढीको गमलामुनि कुचो हल्लाउँछिन् ।
चुँडिएका, ओइलिएर झरेका फूलहरु
रद्धीको टोकरीमा हाल्छिन् ।
त्यतिखेर म –
ती ओइली झरेका फूलहरुमा,
आफ्नै जीवन देख्छु ।
धेरै चोटी लडेको मान्छे म ।
धेरै चोटी हारेको मान्छे म ।
के यी फूलहरु फेरि फूल्न सक्छन् ?
मगमगाउँदो बासना फेरि छर्न सक्छन् ?
ओइली झरेको फूललाई
फेरि,
येशूले मात्र फूलाउन सक्नुहुन्छ ।
जिउँदो लाशहरु,
उहाँमा मात्रै अर्थपूर्ण जीवन भेट्छन् ।
फेरि,
येशूले मात्र फूलाउन सक्नुहुन्छ ।
जिउँदो लाशहरु,
उहाँमा मात्रै अर्थपूर्ण जीवन भेट्छन् ।
Comments
Post a Comment