Skip to main content

‘खेलौना’ र ‘स्मिता थापा’




(२०६९ साल, माघ २९ गतेको ‘पूर्वसन्दश दैनिक’मा प्रकाशित)

 राजेन्द्र थापाद्वारा लिखित उपन्यास ‘खेलौना’ पढियो । हाम्रो समाजले ‘सेक्स’प्रति राखेको संकुचित विचारको पर्दा च्यात्ने साहस गरेकै हुन् लेखकले । पढ्दै जाँदा प्रकाशनमा धेरै हतार गरिएको आभाष भयो, यद्यपि पुस्तकको अन्त्य राम्ररी भएको छ । ३० दिनमा लेखिएको रहेछ, कतै लेखकले एकरातमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्ने महाकविसँग आफूलाई तुलना गर्न खोजेका हुन् कि ! अहिले यो पुस्तक अधिक विक्री हुनुमा कारण यो पनि छ कि यो पुस्तक लेखिँदै गर्दा नै विभिन्न तरिकाबाट विज्ञापन गरिएको हो । जब कि प्रायः पुस्तकहरु प्रकाशनपछि मात्र बाहिर प्रकाशमा आउँछन् । 

साहित्यको गज्जब पक्ष यो छ कि कुनै पनि सत्य–तथ्य घटनाहरुलाई पनि कथा वा उपन्यास भनिएपछि पात्र लेखक सबै दुधले पखालिन्छन् । तर यस उपन्यासका पात्र ‘स्मिता’ कथामा मात्र होइन, रियलमा पनि तिनी ‘स्मिता थापा’ हुन्, जो पुरुषहरुलाई ‘खेलौना’को रुपमा प्रयोग गर्छे, या ने कि ‘युज एण्ड थ्रो’ ।धेरै पुरुषहरुले एकभन्दा बढी स्त्रीहरुलाई मात्र सेक्सको स्वार्थपुर्तिका लागि ‘खेलौना’को रुपमा प्रयोग गरेका छन्, जसलाई म नामर्दपन भन्दछु । त्यस्ता पुरुषहरुले आफूमा पुरुषत्व हुनुको आदर्शलाई माटोमा मिलाएका छन् । जोहरु असल पति कहिल्यै भएनन्, जसरी असल पिता कहिल्यै छैनन् । उनीहरु आत्मसम्मानबाट चुक्नु र जीवनभर आत्मग्लानिले भरिनु नै तिनीहरुको अन्तिम सजाय हो ।

 हाम्रो समाजलाई पुरुषवादी समाज भनेर भनिएको छ । तर, वर्तमान परिप्रेक्ष्यमा यो कुरा होला कि नहोला, दोधारमा पर्छु म । किनकी, ‘स्मिता थापा’ जस्ता स्त्रीहरु हाम्रो समाजमा बग्रेल्ती भेटिन्छन् । जसले गर्दा धेरै पुरुषहरुको कान्तिबिजोग तपाई हामीले देख्दै–सुन्दै आएका छौं । कारण यो छ कि तिनीहरु सबै ‘स्मिता थापा’ जस्तो धनाढ्य छैनन्, जसले समस्याको झरी पर्दा आफ्ना पुरुष पार्टनरलाई पैसाको छाता ओढाउन सकुन्, र अर्को कुरा तिनीहरुमा ‘स्मिता थापा’ जस्तो अर्काको परिवार भाँड्नुहुँदैन भन्ने खालको मानवीय चेतना पनि छैन । तिनीहरु प्रायः यसरी देखापरेका छन् कि आफ्नो नौटंकी र नखराद्वारा पुरुषहरुलाई ‘खेलौना’ बनाउने मात्र हैन सारा सम्पत्ति (पैसा) धुतेर कंगाल बनाएर छोडेका छन् । त्यसैले ‘स्मिता थापा’ भन्दा पनि अझ चतुुर र धुर्त स्त्रीहरुको बसोबास र चलखेल हाम्रो समाजमा छ भन्न सकिन्छ  यस्ता घटनाहरुलाई हेर्ने हो भने तुलनात्मक रुपमा ‘स्मिता थापा’ धेरै भावुक, मायालु र ज्ञानी देखापर्छिन् । ‘स्मिता थापा’को यस्तो चर्तिकला हेर्दा यस्तो लाग्छ, उसको जीवनशैली महिलाहरुमाथि भएको शोषण र दमनले ठूलो प्रभाव पारेको छ, भलै अरुलाई ‘खेलौना’ बनाउने क्रममा आफैं पनि ‘खेलौना’ बनेकी किन नहोउन् । कतिपय पुरुषहरुको दानवीय व्यवहारले ठूलो समूहमा हाम्रो समाजका नारीहरुले पुरषहरुप्रति भयंकर घृणा र तिक्तता हृदयभरि बोकेका छन् । परिणामतः पुरुषहरुले स्त्रीहरुलाई ‘खेलौना’को रुपमा प्रयोग गर्छन् भने स्त्रीहरु पनि के कम ? भन्ने खालको प्रतिशोधको भावना पाइन्छ ‘स्मिता थापा’मा ।

  प्राचिनकालदेखि नै पुरुषहरु पनि स्त्रीहरुको ‘खेलौना’को शिकार पटक्कै नभएका भने होइनन् । बाइबलमा एउटा घतलाग्दो कथा छ । शिमशोन, जो एक वीर थिए । यसरी समय बित्दै जाँदा शत्रुपक्षको एक दलीला नामकी स्त्रीले आफ्नो झुटो प्रेममा फसाइन् र शिमशोनको शक्तिको बारेमा गोप्य कुरा भन्न लगाइन् । फलस्वरुप शत्रुहरुले शिमशोनलाई पराजय गरि उसको आँखा निकालिदिए । यसरी शिमशोन मृत्युसम्मै शत्रुहरुको दासत्वमा कठोर जीवन बाँच्नुप¥यो । (न्यायकर्ता १६ः४–३०)।मोनिका लेवेन्स्की, जो एक अत्यन्तै सुन्दरी थिइन्, तिनले विल क्लिन्टनलाई सजिलै आफ्नो यौनको एक ‘खेलौना’ बनाइन् ।

अमेरिकी राष्ट्रपति हुनुजस्तो महिममय आदर्शलाई यौनकै कारणले पातालसम्म झार्न सफल भइन् । तर, यसरी एक अर्कालाई खेलौना बनाउने युद्ध कहिलेसम्म ? यस्तो युद्धमा कसैको कहिल्यै जित हुनेछैन, केवल हार बाहेक । यस्तो विषम परिस्थितिमा एउटा सुन्दर परिवारको कल्पना कसरी गर्न सक्छौं ? जब कि या बिना हाम्रो जीवन अधुरो छ । हामी हाम्रो हृदयलाई जाँच्न सक्छौं । के हाम्रा जुत्ता सबै मानिसहरुले पालै–पालो प्रयोग गरेको हामी चाहन्छौं ? कदापी चाहँदैनौं ।  यस्तो बेलाको मुटुको दुखाइलाई हामी सबैले महशुस गरेका अवश्य छौं  । त्यसो भए आफ्नै जुत्ता टल्काउन छोडेर अरुको जुत्ताको लोभ–लालच किन गर्छाैं ? यो एकखालको अदृश्य अपराध हो, जसलाई ‘इष्र्या वा डाह’ पनि भनिन्छ । यसैले परस्त्रीगमन र स्त्रीहरुले पनि धेरै पुरुषहरुसँग संसर्ग गर्नु  कुनै पनि हालतमा अनैतिक कार्य हो । एकअर्कालाई ‘खेलौना’ बनाउने प्रवृत्तिले कहिल्यै राम्रो परिणाम ल्याउँदैन । सभ्य समाजको परिकल्पना पटक्कै गर्न  सकिँदैन । विदेशी संस्कृतिबाट प्रभावित भएर यस्तो खालको अनैतिकताहरुको सिको गर्नुहुँदैन, भलै तिनीहरु अशान्ति, निराशा र हृदयको चोटको शिकार पक्कै छन् । बनावटी हांसो र खुशीको जति नै अभिनय गरेपनि अनैतिकताबाट हृदयमा पुगेको चोट आजन्म रहन्छ भन्ने कुरा विगतदेखि वर्तमानसम्मका  घटनाहरुबाट स्पष्ट हुुन्छौं ।

प्राचीन मिश्रकी सुन्दरी क्लियोपेट्राकै उदाहरण लिऊँ । तिनले आफ्नो सुन्दरता र चतु¥याँइका कारणले धेरै लक्का जवानदेखि ठूला शासकहरु समेत आफ्नो यौनको ‘खेलौना’ बनाइन् । तर, अन्त्यमा, आफूलाई सर्पले टोकाएर आत्महत्या गर्नुप¥यो । यसो हुनुमा तिनको अनैतिकताको ठूलो भूमिका देखिन्छ । अझ अर्को कुरा पनि भन्न मन लाग्यो । हाम्रा एकजना कलाकारले नायिका ‘जेसिका खडका’लाई एउटा ‘खेलौना’ भन्दा माथि कहिल्यै सम्झेनन् । जुन ‘सेक्स’ काण्डले ‘जेसिका’को आत्मसम्मानमा ठूलो चोट पुग्यो । आत्मसम्मान भनेको जीवनको एउटा श्रोतबिन्दु हो, जसले आफू बाँच्नुपर्ने आवश्यकताले मानिसलाई झकझक्याइरहन्छ र मानिसहरुमाझ शिर ठाडो पार्ने साहस दिँदछ । यसरी, आफू बाँच्नुको आशा गुमाउँदै गएपछि तिनले आत्महत्या नै रोजिन् । ती पुरुष नेपाली कलाकारको नाममा एक कलंक हुन् । उनले यो चोलामा मनको शान्ति र पारिवारीक सुख, अमन–चैनको महशुस गर्नेछन् भन्ने कुरा म जीवनभर इन्कार गर्छु, सायद तपाईले पनि । मेरो क्रिश्चियन समाजले मलाई एउटा नैतिकता सिकाएको छ, त्यो हो ‘‘पहिले प्रेम, त्यसपछि विवाह, अनि सेक्स’’  र, विश्वास गर्छु म यो शिक्षाप्रति, जसले जीवनभर ‘सेक्स’को मामिलामा नैतिकवान हुन पर्याप्त छ, यद्यपि म एक अविवाहित लक्का जवान हुँ । मैले बुझेको ‘सेक्स’ यही हो कि यो विवाहपछाडी जीवनसंगिनीसँग गरिने आनन्दको एक प्रेमालापको हो न कि एकअर्कालाई ‘खेलौना’ बनाउने स्वार्थको खेल । श्रीमान–श्रीमतिबिचमात्र यौन सम्बन्ध हुनु एकअर्कालाई गरिने पवित्र प्रेमको उच्च सम्मान हो । यसरी हाम्रो समाजका विभिन्न समाजलाई सभ्य बनाउने नैतिक अनुशासनका कुराहरु एक–अर्कामा सिक्ने–सिकाउने हुनु अति आवश्यक छ ।मैले यसो भन्दै गर्दा म एक अति मुर्ख झैं ठहरिन सक्छु तर, खुशीको कुरा यो छ कि अन्तरात्माबाट जुन निर्णय मैले लिएको छु, त्यो म बाट कसैले खोस्नेछैन । के यस्तै निर्णय गर्न तपाईलाई केहीले रोकिराखेको छ ?

मानिसहरुले आजभोली ‘सेक्स’लाई भोजन जत्तिकै अत्यावश्यक छ, भनेर गलत रुपमा अथ्र्याएका छन् । जुन कुरा यौनपिपासुहरुका लागि मात्र केही रुपमा सही छ । चाहे पुरुष होस् वा स्त्री, म यस्तो धारणाको घोर विरोध गर्न चाहन्छु, किनकी आजसम्म भोकले मरे जस्तै ‘सेक्स’ गर्न नपाउनुको पीडाले छटपटाएर मरेको छैन । बरु ‘सेक्स’ जीवनभर नचाहिने जत्तिकै गरि सास रहुन्जेलसम्मका लागि ब्रह्मचारी भएर बाँचेका छन् ।  बालकहरुमा ‘सेक्स’को कुनै भावना नै हुँदैन । उमेर र शरीरको विकाससँगै यो देखिन्छ, जुन प्राकृतिक नियम पनि हो । तर, प्राकृतिक नियमलाई अनैतिकमा डुब्ने–डुबाउने अवसरको रुपमा लिनुहँुदैन । त्यसैले हाम्रा अंगहरु र जवानीपन नै केही रुपमा दोषी छन् । यसरी आफ्नै शरीरको अंगले गर्ने हानीप्रति बाइबलले गतिलो व्यंग्य गरेको छ, कि आफूलाई हानी गर्ने अंगलाई काटेर मिल्काइदिनु भनेर । (मत्ती ५ः२९–३०) । यसैले, अमूल्य मानवजीवनलाई ‘खेलौना’ बनाई अवमूल्यन गर्ने संस्कार बन्द हुनुपर्छ ।  




Leave Your Comments Here!



Popular Posts

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि,  कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।

गाऊँ घरतिरको एकहप्ते बसाइ (संस्मरण)

धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् । घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ । भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।

सुन्दरताको बारेमा केहि कुरा...

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।