Skip to main content

नामजस्तै काम

दयावीर सिंह कंसाकार, अर्थात 'दया'का 'वीर'। उनको नाम जस्तै काम । सन् १९४४ मा वीर अस्पतालमा एक सख्त बिरामीलाई रगत दान गरेर नेपालकै पहिलो रक्तदान गर्ने दाता भएका उनी पछि 'परोपकार संस्था' सन् १९४७ मा सुरु गरेका थिए । सन् १९५९ मा सुरु गरिएको 'प्रसुती गृह अस्पताल' नेपालकै पहिलो सुरक्षित मातृत्व प्रदान गर्ने अस्पताल थियो, जसका संस्थापक दयावीर नै हुन् । भनौं,  उनी 'दया'का 'वीर' भए । कतिपय सुनिन्छ, नाम अनुसारको काम हुने भएकोले बच्चाको नाम राख्दा विशेष होसियार हुनुपर्छ । फेरि संयोग र सत्यता आफ्नै ठाऊँमा छ । समाजसेवी कै कुरा गर्दा साना देशका ठूला समाजसेवी भनेर कुनैबेला स्कूल लेभलमा 'तुलसीमेहर श्रेष्ठ'को बारेमा पनि पढिएको थियो ।

अहिले एउटा मान्छेको नामले दिमाग तताईराखेको छ, त्यो नाम हो 'बोको हराम' । हालैमा नाइजेरियाका ३०० भन्दा बढी स्कूले (बाल) बालिकाहरुको अपहरण गरेका उनी दानवीय कार्यको एक पर्याय बने भन्दा फरक नपर्ला । रोमाञ्चक कुरा यो छ, उनी र आफ्नो समूह नाइजेरियन सरकार भन्दा पनि बढी सुसज्जित छन्, शक्तिशाली छन् । उनको नामको अर्थ उनकै भाषामा के हुन्छ, त्यो त उनैले जान्दा हुन्, तर नेपालीमा भने एउटा संयोग नै परेको छ । सायद मायाले भन्दा 'बोको' हुन्छ कि ! सिधै भन्ने हो भने 'बोका' । अर्को उनको नामको टुक्रा को 'हराम' । बुझ्नेगरि सिधै भन्ने हो भने 'हरामी' । 'बोका'को मासु भुटेर प्लेटमा राख्दा यसको सुन्दरता पक्कै अर्कैै हुन्छ । तरैपनि 'खसी'को भन्दा अलिक अर्कै गन्हाउँछ भनेर यसको मासु खानेहरुको तर्क छ ।  कोही मान्छेलाई 'बोका' उपनामले इंगित गर्दा पक्कै पनि सकारात्मक सुनिँदैन, बुझिँदैन । ''यो मान्छे त कस्तो बोका जस्तो !'' भनिदियो भने उसप्रति 'दाल मे कुछ काला हे' भन्ने खालको शंकास्पद धारणा सबैको मनमा आइदिन्छ ।

'हरामी' शब्द पनि त्यस्तो आशिषित शब्द होइन । 'हरामी मान्छेह'रु घातक हुन्छन् । अरुको क्रन्दनमा उनीहरुको हाँसोको फोहरा छुट्ने हुन्छन्, विश्वासघाती हुन्छन् । हामीलाई अति नीच लाग्ने काम गर्नु उनीहरुको जीवनको बाटो हो । यहिक्रममा नाइजेरिया ती आतंकवादी पनि 'बोको' मात्र भएनन्, 'हरामी' पनि भइदिए । मान्छेलाई गाली गर्दा दिइने उपमा 'निमकहराम' जस्तै तिनी पनि हुन् 'बोको हराम' । नाम पनि उस्तै काम पनि उस्तै । संयोगवश उसलाई समयले यस्तै बनाईदियो ।

म आशा गर्छु, तपाई–हामी कोही पनि यस्तो हराम वा हरामी बन्न चाहँदैनौं । हामी त केवल इश्वरको मुहार हँसिलो बनाउन प्रयासरत रहने संगी पो हौं, मलाई त यस्तै लाग्छ । अनि अर्को कुरा आफ्नो त नामै पनि प¥यो 'सुमन' । यस्तो होइँदैन भन्नेमा विश्वस्त छु, तपाईँहरुको के छ नि ?

Comments

Popular Posts

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि,  कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।

गाऊँ घरतिरको एकहप्ते बसाइ (संस्मरण)

धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् । घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ । भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।

सुन्दरताको बारेमा केहि कुरा...

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।