जीन्दगीको व्यस्ततामा झुल्दाझुल्दै
कति दिनहरु थाहै नपाई बितेछन्,
मिठो सपनाको संसार देखाई
त्यसै–त्यसै रातहरु काटिएछन् ।
रोज्नु छ कुनै बाटो, हिँड्नु छ एउटा बाटो
देख्छु अहो ! कति धेरै बाटोहरु ,
जति खोजेपनि भेट्नै नसकिने परिभाषा
थरी–थरी यो जीन्दगीका मोडहरु ।
आँसु नै आँसु भनौं त जीन्दगी
त्यहाँ अति मिठो जीन्दगी पनि छ ,
दुःखै–दुख उराठ छ भने पनि
संघर्षपछिको अपार खुशी पनि छ ।
कहिले बित्छ समय रोई–रोई
कहिलेकाँही हरपल रमाई,
बुझ्नै सक्दिन म त जीन्दगी के हो
तिमी के भन्छौ, जीन्दगी के हो ए भाई ?
जब हिँड्छन् यी पाइलाहरु
संघर्षको उकाली ओराली,
सुस्तरी–सुस्तरी ती उकालीहरुमा
तीता–मिठा क्षणहरु अँगाली ।
चाहो गुज्रोस् जीन्दगी यो
सुख्खा उजाड मरुभूमिमा,
घाँटी सुकोस–पटपट फुटोस यो गला
मृगतृष्णा बढोस यहीँ प्राणमा ।
आँसु नै हो यदि जीन्दगी भने
सागर यो सँधै आँसुमा डुबिरहोस्,
पर्खाइ नै प्राप्तिको एउटा अर्थ हो भने
केही आशामा सँधै कुरिरहोस् ।
उराठलाग्दो जीन्दगीको प्यासमा
तिम्रो वचन जिउँदो पानी बनोस्,
चाहे भोकै–तिर्खै यो प्राण ढलेपनि
तिम्रो वचन मेरो दिनहुँको रोटी बनोस ।
संसारको कुनै कुना जहाँ पुगे पनि
साथ मेरो सँधै हुनेछ केवल,
हिमाल, पहाड, तराई, जहाँ गए पनि
यही सबको साझा पवित्र बाइबल ।
तिम्रो एक झल्को प्रेमिलो हेराईले
सारा पीडाहरु खुशीमा बद्लिन्छन्,
तिमीलाई छोडेर कहाँ जाऊँ हे प्रभु !
तिमीसित नै अनन्त जीवनका वचन छन् ।
[रचना मितिः २०६४ मंसिर २७ गते]
यी भावनाहरु व्यक्तिगत रुपमा बाइबल दोश्रोपटक पूरा पढिसकेको दिन लेखिएको हो । मेरो आफ्नो पूरानो डायरीबाट मैले यो साभार गरेको हुँ । यो कविताले उतिखेरको मेरो व्यक्तिगत किशोरावस्था अनि समयसँगको संघर्षको एउटा चित्र यसले प्रतिविम्बित गर्दछ । केही थपघट, सम्पादन नगरी यहाँ जस्ताको तस्तै राखेको छु ।
कति दिनहरु थाहै नपाई बितेछन्,
मिठो सपनाको संसार देखाई
त्यसै–त्यसै रातहरु काटिएछन् ।
रोज्नु छ कुनै बाटो, हिँड्नु छ एउटा बाटो
देख्छु अहो ! कति धेरै बाटोहरु ,
जति खोजेपनि भेट्नै नसकिने परिभाषा
थरी–थरी यो जीन्दगीका मोडहरु ।
आँसु नै आँसु भनौं त जीन्दगी
त्यहाँ अति मिठो जीन्दगी पनि छ ,
दुःखै–दुख उराठ छ भने पनि
संघर्षपछिको अपार खुशी पनि छ ।
कहिले बित्छ समय रोई–रोई
कहिलेकाँही हरपल रमाई,
बुझ्नै सक्दिन म त जीन्दगी के हो
तिमी के भन्छौ, जीन्दगी के हो ए भाई ?
जब हिँड्छन् यी पाइलाहरु
संघर्षको उकाली ओराली,
सुस्तरी–सुस्तरी ती उकालीहरुमा
तीता–मिठा क्षणहरु अँगाली ।
चाहो गुज्रोस् जीन्दगी यो
सुख्खा उजाड मरुभूमिमा,
घाँटी सुकोस–पटपट फुटोस यो गला
मृगतृष्णा बढोस यहीँ प्राणमा ।
आँसु नै हो यदि जीन्दगी भने
सागर यो सँधै आँसुमा डुबिरहोस्,
पर्खाइ नै प्राप्तिको एउटा अर्थ हो भने
केही आशामा सँधै कुरिरहोस् ।
उराठलाग्दो जीन्दगीको प्यासमा
तिम्रो वचन जिउँदो पानी बनोस्,
चाहे भोकै–तिर्खै यो प्राण ढलेपनि
तिम्रो वचन मेरो दिनहुँको रोटी बनोस ।
संसारको कुनै कुना जहाँ पुगे पनि
साथ मेरो सँधै हुनेछ केवल,
हिमाल, पहाड, तराई, जहाँ गए पनि
यही सबको साझा पवित्र बाइबल ।
तिम्रो एक झल्को प्रेमिलो हेराईले
सारा पीडाहरु खुशीमा बद्लिन्छन्,
तिमीलाई छोडेर कहाँ जाऊँ हे प्रभु !
तिमीसित नै अनन्त जीवनका वचन छन् ।
[रचना मितिः २०६४ मंसिर २७ गते]
यी भावनाहरु व्यक्तिगत रुपमा बाइबल दोश्रोपटक पूरा पढिसकेको दिन लेखिएको हो । मेरो आफ्नो पूरानो डायरीबाट मैले यो साभार गरेको हुँ । यो कविताले उतिखेरको मेरो व्यक्तिगत किशोरावस्था अनि समयसँगको संघर्षको एउटा चित्र यसले प्रतिविम्बित गर्दछ । केही थपघट, सम्पादन नगरी यहाँ जस्ताको तस्तै राखेको छु ।
Comments
Post a Comment