Skip to main content

Posts

हामी भेटी कसरी चढाउछौँ ? प्रशस्तताबाट कि दरिद्रताबाट ?

हामी भेटी कसरी चढाउछौँ ? प्रशस्तताबाट कि दरिद्रताबाट ? धर्मकर्मको लागि, नामको लागि, पूण्य कमाउनको लागि वा भनौँ पापहरणको लागि हाम्रा थुप्रै दाजुभाईहरुले मठ–मन्दिरमा भेटी (पैसा) चढाउनुभएको छ । हुनसक्छ; कुनै–कुनैले त ‘म कति धनी रहेछु’ भन्ने रवाफ देखाउनको लागि पनि लाखौँ भेटी अर्पण गर्नुभएको छ । यो कुरा मण्डलीमा पनि लागु भएको हुनसक्छ । हामी मण्डली निर्माणको लागि, प्रचारकहरुको लागि, असहायमा परेकाहरुको लागि साथै अन्य विभिन्न वहानामा चर्चमा भेटी उठाउछौँ; भेटी दिन्छौँ । यसरी जम्मा   भएको भेटी वा अनुदान पनि भनौँ; धेरै रकम दिनेहरुको सम्मान र हौसला स्वरुप पुरस्कारको व्यवस्था गरिएको हुन्छ । उनीहरुलाई प्रमाण–पत्र दिइन्छ; ताम्रपत्र दिइन्छ; भवन निर्माण भएका ठाऊँहरुको शिलालेखमा उनीहरुको नाम कोपिन्छ ।

इसाई दिदीबहिनीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

नारीहरुको सुन्दरताभन्दा पनि प्रभुमा इमान्दारिता र उच्च चरित्र महत्वपूर्ण

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

व्यर्थ बलिदान

कविता: बतास चलिरहेछ हावाको एक झोँक्का कानमा आएर ठोकिन्छ भयभित हुन्छु, त्यो धुनलाई सुनेर बन्दुकको आवाज अनि मानिसहरुको चित्कार ! बतास चलिरहेछ धुँवाले भरिएको छ देश त्यो धुँवामा जलिरहेका झुपडीहरु अनि जलिरहेका मानिसहरुको गन्ध छ ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।

मेरो डायरीः जीन्दगीका पाना–४

३१–जेठ, आइतबार, २०७२ स्थानः दर्बेशा–९, रन्जनी–मोरङ्ग आज यो डायरी बिल्कुल नयाँ ठाऊँबाट लेख्दैछु । म कामको सिलसिलामा मोरङ्ग जिल्लाको देर्वेशा गा.वि.समा आईपुगेको छु  । अफिस बवियाविर्ता गा.वि.स लक्ष्मीपुरमा छ । सँस्थाको नाम ‘लुथरन सामुदायिक कल्याण्कारी समाज’ हो । यहाँ म एःभ्म् अफिसरको रुपमा नियुक्त भएको छु । यहाँसम्म आउनको लागि हरेक दिन एउटा बस विराटनगरबाट दिउँसो २ बजे इटहरी हुँदै यहाँ आइपुग्दो रहेछ । म पनि त्यहीँ गाडीमा आज आइपुगेँ ।  जागिरमा छनोटः करिब एक महिना अघि फेसबुकमा विमल सरसँग कुरा हुँदा उहाँले ‘आजभोली तपाईँ फ्री नै हो ?’ भनेर सोध्नुभयो । म फ्री नै थिएँ । किनकी वल्र्ड भिजनमा इन्टर्नशिपबाट बिदा भएको पनि गत सेप्टेम्बरमा हो । अब अरु एक वर्ष बित्न आँटिसक्यो । यो बिचमा अरु केही एनजीओ र आईएनजीओ  मा एप्लाई नगरेको होइन, तर म छनोटमा परिँन । म तत्कार विदेश जाने सोचमा त थिइँन तर कामहरु भनेजस्तो नमिल्दा अब चाँडै पासपोर्ट बनाउनुपर्ने हो कि ! भनेर सोच्न थालेको थिएँ ।

सम्झनामा के.पी. देवकोटा

Rev. KP Devkota, Coordinator: IFES Past: General Secretory of  NBCBS ...कारणवश उक्त शनिबारको दिन म इटहरी शालोम एजी चर्चको आराधना सँगतिमा बस्ने मौका जुरेको थियो । वचनको समय अघि वक्ताको बारेमा पाष्टर मुकुन्द रिजालले केही शब्द भन्नुभयोः ‘आज हाम्रा माझमा के.पी. दाजु आउनुभा’छ; उहाँ ख्रीष्टियान विद्यार्थीहरुका लागि यो उमेरमा पनि नेपालको हिमाल, पहाड, मधेश गर्दैहुनुहुन्छ । आउनुस, उहाँलाई स्वागत गरौँ ।’ पहिलोपटक मैले उहाँलाई त्यहिँ देखेको थिएँ । साँच्चै एनविसिविएसको लागि उहाँले गनुभएको मेहनत र दिनुभएको समयको तारिफ गर्नेहरु आज हाम्रो माझ प्रभुका जनहरु प्रशस्तै छन् । उनै केपी देवकोटा अब हाम्रो माझ हुनुहुन्न; उहाँ प्रभुमा सुत्नुभएको छ ।