Skip to main content

मेरो डायरीः जीन्दगीका पाना–४


३१–जेठ, आइतबार, २०७२
स्थानः दर्बेशा–९, रन्जनी–मोरङ्ग

आज यो डायरी बिल्कुल नयाँ ठाऊँबाट लेख्दैछु । म कामको सिलसिलामा मोरङ्ग जिल्लाको देर्वेशा गा.वि.समा आईपुगेको छु  । अफिस बवियाविर्ता गा.वि.स लक्ष्मीपुरमा छ । सँस्थाको नाम ‘लुथरन सामुदायिक कल्याण्कारी समाज’ हो । यहाँ म एःभ्म् अफिसरको रुपमा नियुक्त भएको छु । यहाँसम्म आउनको लागि हरेक दिन एउटा बस विराटनगरबाट दिउँसो २ बजे इटहरी हुँदै यहाँ आइपुग्दो रहेछ । म पनि त्यहीँ गाडीमा आज आइपुगेँ । 

जागिरमा छनोटः
करिब एक महिना अघि फेसबुकमा विमल सरसँग कुरा हुँदा उहाँले ‘आजभोली तपाईँ फ्री नै हो ?’ भनेर सोध्नुभयो । म फ्री नै थिएँ । किनकी वल्र्ड भिजनमा इन्टर्नशिपबाट बिदा भएको पनि गत सेप्टेम्बरमा हो । अब अरु एक वर्ष बित्न आँटिसक्यो । यो बिचमा अरु केही एनजीओ र आईएनजीओ  मा एप्लाई नगरेको होइन, तर म छनोटमा परिँन । म तत्कार विदेश जाने सोचमा त थिइँन तर कामहरु भनेजस्तो नमिल्दा अब चाँडै पासपोर्ट बनाउनुपर्ने हो कि ! भनेर सोच्न थालेको थिएँ ।

कुराकानीको क्रममा विमल सरले भन्नुभयोः ‘एउटा एनजीओ मा एडमिन को पदमा ‘भ्याकेन्सी’ आउँदैछ रे, तपाई इच्छुक हो भने विराटनगरको पाष्टर मोहन सुब्बालाई फोन गर्नुहोला ।’ मैले नम्बर मागेर फोन गरेँ । उहाँले भन्नभयोः ‘तपाई इच्छुक हुनुहुन्छ भने सँस्थासँग सम्बन्धित मान्छे जोसेफ सोरेनलाई फोन गर्नुस् ।’ फेरि नम्बर मागेर फोन गरेँ । जासेफ सरले एक अफिसियल इमेल आईडी दिँदै ‘यसमा तपाईको सीभी पठाउँदै गर्नुस् साथै केही दिनमा हाम्रो विज्ञापन ‘ब्लाष्ट’मा निस्किन्छ, त्यो पनि हेर्दै गनुहोला ।

उक्त इमेलमा मैले सीभी पठाएँ । मैले जिम हल जान थालेको करिब एक महिना हुँदैथियो । हरेक बिहान ब्लाष्ट पत्रिका किन्न थालेँ । नभन्दै तेश्रो दिनमा विज्ञापन निकालिएको रहेछ । विज्ञापनको बारेमा जोसेफ सरलाई फोन गरेँ; उहाँले एप्लाई गर्न अफिस आउनु भन्नुभयो । भोलिपल्ट पत्रिकामा उल्लेख भएको अफिसको ठेगाना बोकेर हिँडे ।  भाउन्नेबाट दक्षिणतिर जानुपर्दो रहेछ तर गाडी आफ्नो समयमा मात्र हिँड्ने, त्यो पनि तोकिएको ठाऊँ हुँदै होइन । मलाई खुब तनाब प¥यो । साथी सोनामसँग सहयोग मागेको थिएँ तर उसले सहयोग गर्न नसक्ने अवस्था देखाएपछि म गाडी नै रिजर्भ गरेर भएपनि जानलाई तयारी गर्दै थिएँ । तर, अन्त्यमा सोनामको अवस्थाले अर्को मोड लियो, ऊ तयार भयो मलाई सहयोग गर्न, हामी बाइकबाट अफिससम्म पुग्यौँ ।

सोचेको भन्दा धेरै टाढो रै’छ अफिस । झन हामी उल्टो–पुल्टो बाटो पछ्याउँदा खुब दुःख पायौँ । बल्ल अफिस पुग्यौँ । ठाऊँ विकट भएपनि अफिस राम्रै रै’छ । एप्लाई गरेँ । जोएल सोरेनसँग परिचय भयो, साथै पत्रुस सरसँग पनि ।

हप्तादिन बित्यो । शर्ट लिस्ट हुने दिन गइसकेको थियो, मैले सोचेँ– म छनोटमा परिँन । कलेजको विशेष कामले साथीहरुसँग दमकमा रुमलिँदै थिएँ । जोएल सरको कल आयोः ‘तपाई शर्ट लिस्टमा पर्नुभएको छ, लिखित परीक्षा र अन्तर्वार्ता दिन आउनुहोला ।’

उक्त दिनको लागि पा. चन्द्र शालोमलाई गुहारेँ । उहाँले आफ्नो बाइकबाट त्यहाँसम्म जानलाई सहायता गर्नुभयो । लिखित परीक्षा र अन्तर्वाता सकियो । शर्ट लिस्टमा हामी ५ जना परेका रहेछौँ, केवल ४ जना मात्र उपस्थित थियौँ । अनि हामी फर्कियौँ ।

फेरि हप्तादिन बित्यो । फोन आएन । अनि सोचेँः फेरि म सेलेक्ट भइँन । म चर्चमा कोयर समूहले गर्ने प्राक्टिसबाट फर्किँदै थिएँ । बुढी खोलाको पुलमाथि हिँड्दै गर्दा जोयल सरको फोन आयो,'Agreement गर्न अनि केहि सर–सल्लाहको लागि एकपटक अफिस आउनु’ भन्नुभयो । यसपटक मैले गौरव सरलाई भनेँ । उहाँसँग त्यहाँ बाइकमा पुग्यौँ । मिटिङ्ग पछि हामी फर्कियौँ ।

कोठाको खोजीः
तीनदिनपछि केही आफ्ना सामानहरु बोकेरे लोकल बसबाट घुम्दै–फिर्दै अफिस पुगेँ । दुईदिन अफिसकै गेष्ट रुममा बसेँ । अफिसमै काम गर्ने एकजना सहयोगीसँग मिलेर रन्जनी आसपास कोठा खोज्न सुरु ग¥यौँ । भनेजस्तो कोठा कतै पाइएन । भुकम्पको जोखिमको कारणले घर सकेसम्म पक्की होस् भन्ने मेरो सोचाई थियो । केही पक्की घर बन्दै थिए तर निर्माण कार्य पूरा भएको थिएन । बल्ल–बल्ल एकजना खड्का दाईकोमा कोठा पायौँ । अहिले म त्यहीँ कोठामा छु ।

एनबिसिबिएस सम्बन्धमाः
गौरव सर (एनबिसिबिएस स्टाफ, पूर्वाञ्चल),जसले आउने जुलाईदेखि आफ्नो काम छोड्दैछन् । उनीपछि उनको पदमा काम गर्नको लागि मेरो नाम सिफारिस गरिएको थियो । तर केन्द्रीय स्तरमा यस विषयमा केही छिनोफाने भएको थिएन । अनि मैले गौरव सरलाई भनेको थिएँ–‘बैशाखभरिमा केही ग्रीन सिग्नल दिनुहोला ।’ तर परिस्थिती बदलियो, १२ गते आएको भुकम्पले सबैको होस्हवास उडायो ।

बैशाख बित्यो । एनबिसिबिएसको साथीहरु सबै चुपचाप । सबै राहत वितरणमा व्यस्त । आफैँ कुरा झिकिरहन पनि अप्ठ्यारो लाग्यो, ‘यहाँ देशको छ चिन्ता, तिमी खै के के भन्छौ’ भने जस्तै..... ।

पछि खसखस थाम्न नसकेर कुरा कोट्याएँ । नियमहरु बदलिएका रहेछन् । जुलाईमा एनबिसिबिएसको तर्फबाट केहि छानिएका मानिसहरु कम्तिमा ३ महिनाको लागि भारतमा तालिमको लागि जानुपर्ने रै’छ । यो चाहिँ हल्का प्रतिस्पर्धात्मक तरिकाबाट अगाडि बढ्नुपर्ने रहेछ भन्ने सम्झेँ । यो चाँहि मेरो लागि अलिक अधैर्यको विषय बन्यो । जुलाई महिना अझै दुई–तीन महिना बाँकी थियो । फेरि ३ महिनापछि फर्केर पनि के कसो हुने हो भन्ने कुरा सबै प्रभुकै हातमा थियो । अनि चाँहि आउने जाने मौकाहरुमा ट्राई मार्दै गर्नुपर्छ भन्ने सोचले ट्राई मार्दै गर्दा आजको काम हात परेको हो ।

वास्तवमा एनबिसिबिएससँग काम गर्न अत्यन्तै इच्छुक थिएँ । उत्साहित थिएँ । पछिल्लो समय एनबिसिबिएसका कार्यक्रमहरुमा प्रतिनिधिको रुपमा सक्रिय हुन थालेको थिएँ । अझ स्टाफको रुपमा पुर्वाञ्चल नेपालका विभिन्न मण्डलीका ख्रीष्टियान विद्यार्थीहरुसँग सँगति गर्न पाउनु मेरो लागि साँच्चै एक हृदय अनुसारको काम थियो । प्रभुको इच्छा भनुँ वा केही मेरो अधैर्यता भनुँ; यो मौका मेरो लागि गुमेको छ । तर पनि बेला मौकामा भोलन्टियरको रुपमा एनबिसिबिएसको काममा देखापर्नु मेरो लागि अचम्मको कुरा हुनेछैन ।

अन्त्यमा......
म चिनजानका मानिसहरुदेखि धेरै टाढा छु । अब नयाँ मानिसहरुसँग घुलमिल हुँदै जानेछु । कम्तिमा महिनामा एकपटक इटहरी फर्किन्छु होला । यी सबै कामहरुको लागि म परमेश्वर पितालाई धन्यावाद दिन चाहन्छु, जसले मेरा हरेक खाँचोहरु पूरा गरिदिनुहुन्छ अनि मलाई आफ्नो अभिप्राय अनुसार चलाउनुहुन्छ ।

यो नौलो ठाउँमा घरि–घरि मलाई उराठ लागेर आउँछ, ‘मलाई यो जीन्दगीले कहाँ पु¥यायो..........?’ भन्ने गीत जस्तै ।

अब यहाँ म दत्तचित्तसाथ काम गर्नेछु । मेरो स्नातकोत्तर लेभलको पढाई पनि यहीँबाटै तमाम गर्नेछु प्रभुमा बाँचियो भने । हरेक परिस्थितिमा सन्तुष्ट रहन सिक्नुपर्छ भन्ने मान्यता राखेको छु जीन्दगीमा, पावलले जस्तै । पछिल्लो समय मलाई सहयोग गर्नुहुने सबैजनालाई हृदयबाट नै धन्यवाद भन्न चाहन्छु ।










Leave Your Comments Here!


Popular Posts

इसाई दिदीबहिनीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि,  कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।

गाऊँ घरतिरको एकहप्ते बसाइ (संस्मरण)

धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् । घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ । भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।

नारीहरुको सुन्दरताभन्दा पनि प्रभुमा इमान्दारिता र उच्च चरित्र महत्वपूर्ण

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।