Skip to main content

Posts

गाऊँघरको रिपोर्ट

Tweet स्थानः ऊँबू गा.वि.स (ओखल्ढुङ्गा) आसपास बगले डांडाबाट देखिएको सुर्योदयको दृश्य !  करिब तीन वर्षपछि गाऊँ फर्केँ । गाऊँबाट म धेरै टाढा परदेश पुगेको त पक्कै थिइँन; तरैपनि देशभित्रै बसेर पनि आफ्नो गाऊँ फर्किन यत्रो समय लाग्यो । अरुको नजरमा जतिसुकै कुरुप किन नहोस्, आफुलाई जन्म दिने आमा सँधै प्यारो अनि आदरणीय हुन्छिन् आफ्ना सन्ततिहरुका लागि । त्यस्तै जस्तोसुकै गरिबी वा असुविधाले किन नझेलिएको होस्; आफू जन्मेको–हुर्केको गाऊँ आफूलाई सँधै प्यारो नै हुँदोरहेछ । आफू त झन् त्यसै पनि भावुक मान्छे; आँखाको डिलमा आँसु बोकेको मान्छे; बेला–बेला गाऊँ सम्झेर गहभरि आँसु नपार्ने कुरै भएन । यसपटकको गाउँ–घरतिरको यात्राको व्यक्तिगत रिपोर्ट यसरी यहाँहरुमाझ राख्दैछुः

मैले आज सुनेको वचन

Tweet With David Pradhan #Dicon, Isai Pravuko Mandali, Itahari मितिः २०७१।०९।२४ शनिबार, इसाई प्रभुको मण्डली, इटहरी । हाम्रो चर्चमा एकजना डिकन हुनुहुन्छ, उहाँको नाम दाऊद प्रधान हो । पेशाले उहाँ रिक्सा चलाउनुहुन्छ । झट्ट हेर्दा सबैलाई अपत्यारिलो हुनसक्छ कि उहाँ कति धेरै परमेश्वरको ज्ञानले भरिएको मान्छे भनेर । उहाँको आँखा हाम्रो भन्दा धेरै कमजोर छ तापनि बडो मेहनतसाथ खुब बाइबल अध्ययन गर्नुहुन्छ भन्ने कुरा उहाँको प्रवचनहरुबाट प्रष्टै बुझिन्छ । उहाँ प्रायः मण्डलीमा ख्रीष्टियान जीवनमा हुनुपर्ने असल चरित्र र अनुशासनको बारेमा बोल्नुहुन्छ । उहाँद्वारा भएर परमेश्वर बोल्नुहुँदा म हरेक पल्ट केही न केही मेरो जीवनमा केही मूल्य थपिएको महशुस गर्छु । यसपटक उहाँले दिनुभएको प्रवचनको सारसंक्षेप सम्पादन गरेर मैले यसरी यहाँहरुमाझ राख्दैछु :

उनु आचु ?

Tweet मध्यरात ल्वाः पनेरल्वा म्वार्च्वा ब्अीच्वा उनु आचु ? ब्अीर्म्वा आङ्ग स्वान्ढ्वाम् पासै राति मुइ ब्आफु हाल्च्वा उनु आचु ? उनु आचुई न्वाः आड्अुइनु ईः बिबस्ता क्वाचाल ईः जासिवा–बाक्सिवा हिप्चाल मुयो स्याँः याः आपुइनु ।

जुवामा नारिएको गोरु

Tweet गोरु किसानहरुका लागि प्यारो हुन्छ । पहाडतिर प्रायः खेतबारी जोत्नलाई गोरु नै प्रयोग गरिन्छ । गोरु हिँड्न नै नमिल्ने गराहरुमा मात्र मानिस आफैँले खन्नुपर्छ । खेतबारी जोतिसकेपछि बल्ल हामी बीऊ छर्ने काम गर्छौँ; आखिर जुनसुकै बीऊ किन नहोस् । तिनै खेतबारीबाट उब्जाऊ भएको अन्नले वर्षदिनसम्म खानेकुराको जोहो गर्ने हरेक किसानको चेष्टा हुन्छ । यसर्थ, जोत्ने गोरुको देन अति महान् छ, कृषिप्रधान देश नेपालका पहाडी कृषकहरुका लागि । गोरुको बारेमा बाइबलमा पनि यस्तो पद छः ‘जहाँ गोरुहरु हुँदैनन् त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरुहरुको बलले नै प्रशस्त अन्न उब्जिन्छ’ (हितोपदेश १४ः४) ।

राजालाई बोकेर हिँड्दा

Tweet त्यहीँ त्यो एक पुरानो ठाऊँमा मेरो मालिकले मलाई बाँधिराखेको, कस्तो–कस्तो अनौठो मौसममा मेरो अगाडिको पराल पनि सिद्धिराखेको म हुन्थेँ त्यहीँ, ऋतुहरु बदलिन्थे कहिले हुन्थ्यो गर्मी, कहिले जाडो, मेरी आमासँगै लुटपुटिँदै हुर्केको पुल्पुलिएको चञ्चले म एक बछेडो ।

परमेश्वरबाट आएको प्रेम–पत्र

Tweet मेरो प्यारो छोरा–छोरी, तिमी मलाई चिन्दैनौ तर म तिम्रो बारेमा सब जान्दछु (भजन १३९ः१)। म तिम्रोे बसाई र उठाई जान्दछु (भजन १९३ः२)। म तिम्रो हरेक बाटो जान्दछु (भजन १३९ः४)। तिम्रो शिरको कपाल गन्ती गरिएको छ (मत्ती १०ः२९)। किनभने तिमी मेरो स्वरुपमा बनाइएको थियौ (उत्पत्ति १ः२७)। तिमी ममा जिउँछौ र चहलपहल गर्छौ, ममा तिमीहरुको अस्तित्व छ (प्रेरित १७ः२८)। तिमी निश्चय मेरो सन्तान हौ (प्रेरित १७ः२८)। मैले तिमीलाई गर्भमा रच्नुभन्दा अघि नै चिनिसकेको थिंए (यर्मिया १ः४५)। जब मैले सृष्टिको योजना बनाएं त्यस समय तिम्रो चुनाउ गरेँ (एफिसी १ः११,१२)।

इमान्दार जनावरहरु

Tweet के हामी घरमा पशुहरु पालेका छौँ वा तिनीहरुको इमान्दारीतालाई जाँचेका छौँ ? हामी मानिसहरुलाई उसको बेहीसीपनमा फेला पार्दा पशुको उपनाम दिन्छौँ । ‘तँ त कस्तो कुकुरजस्तो रै’छस्’ भनेर गाली गर्छौँ । तर, स्वीकार गर्नुपर्ने कुरा यो छ कि, कतिपय हामी कुनै पशु वा कुकुर जति पनि विश्वासनीय र भरपर्दा पटक्कै छैनौँ । गाउँतिर उहिले मेरो फूपाजुको एक हल गोरु थियो । तर जोत्दा साह्रै खुट्टा चलाउने; बेइमानी हल गोरुजस्तो लाग्थ्यो ।