Skip to main content

Posts

उपत्यका

Tweet धरहराबाट धुलो र धुँवाको तुँवालोले छोपिएको सहरलाई हेरें । अनि सोचें– के यो सिमेन्टको घारीमा फूल फुल्न सक्छ ? के कतै फूल रोप्ने फूलबारी होलान् ? यो उपत्यका डाँकु र हत्याराको शरणास्थान भएको छ । चोरहरु यो सहरमा छिरेपछि लामो सास फेर्छन् । भीडहरुमाझ हिँड्दै जाँदा कति पल, ठोक्किएका छौं तिनीहरुसँग । तर कसले भन्न सक्छ– कि तिनीहरु हत्यारा थिए ? कसको निधारमा डाँकुको मोहोर लगाइएको छ र ? रक्तपातपूर्ण हात लिएर, अन्तरे दाई यही कतै विलिन भएकाछन् । उनले खुकुरीले छप्काएकाहरुको आत्मा खोलाहरु हुँदो अझै भड्किराख्दो हो । भेटियो भने, उसको दौराको फेरबाट, रगतको टाटा र गन्ध अझै हराएको छैन होला । हाय उपत्यका ! तिमी विष गर्भधारण गरिरहेछ्यौ । हुर्किरहेछन् साँप तिम्रो गर्भमा । तिम्रो घोर अन्धकार छत्रछाँयामा महिषासुर र गोल्यत खित्का छाडी हाँसिरहेछन् । (समाप्त) Leave your comments here!

मेरो पहिलो प्रेम

Tweet हरेक दिन मसँग रमाउने एउटा कारण छ सम्झन्छु तिम्रो अगापे प्रेम, मन मेरो रमाउँछ ।  मैले प्रेम गर्न अघि मलाई प्रेम गर्ने मेरो पहिलो प्रेमी येशू, बाटो हराएको म यात्रीलाई खोजी भेट्टाउने मेरो पहिलो प्रेमी येशू । मरुभूमीमा काँडाहरुले विझाउँदै आफैँलाई प्रेमको छहारी पाउने आशामा डुलिहिँडेछु, क्षणिक संसारको हराइजाने अभिलाषासँगै बनावटी हाँसोमा रमाउने कस्तो गल्ती गरेछु . विगतलाई भूलेर आज म आनन्दित छु, खुशी छु ख्रीष्टको असीम न्यानो प्रेमको अंगालोमा छुँदैनन् आज मलाई कुनै चोटले, दुःख–पीडाले विश्राम पाउँछु म, निको हुन्छु म क्रुसको फेदीमा । -----------------0---------------- Leave your comments here!

मेरो देशमा फूल फुलोस्

Tweet मेरो देश सदोम र गमोरा जस्तै  स्वर्गबाट आगो वर्षिएर भष्म पारिन योग्यको देश । जहाँ, खरानीको बादल सँधै मास्तिर गइरहन्छ । यहाँ,  फूल फुल्न गाह्रो छ । कोपिला फक्रिन नपाउँदै आफ्नो कुमारित्व गुमाउन बाध्य पारिन्छन् । यहाँ, सत्य सगरमाथाबाट डुल्दै–डुल्दै मधेशी फाँटमा आइपुग्दा पनि खुट्टा राख्ने ठाऊँ नपाएर फेरि आफ्नै ठाऊँमा फर्किन्छ । यहाँ, रुख ढालिन्छन् तर विरुवा रोपिँदैनन् । भित्ता र छानो भत्काइन्छन्, र फेरि जग बसालिँदैनन् । यहाँ, बग्ने पसिना विश्वभरिमा नै सबभन्दा सस्तो छ । हामीलाई हाम्रो आयु लामो र कठीन लाग्छ, किनकी, हाम्रो समय सस्तो छ । यहाँ, घाइते मान्छे छटपटाएको हेर्न हजारौं मानिस एकैछिनमा भेला हुन्छन्,  तर, घाइतेलाई उठाउने कोही हुँदैनन् । यहीँ नै हो मेरा देश जहाँ, ट्रकलाई ब्याक गरेर मान्छे मारिन्छ । यहाँ, बालबालिकाहरुको आशा टुटाइन्छ । वृद्ध–वृद्धाको लठ्ठी भँचाइन्छ । उनीहरुको वेदनाको करुण रुवाई कसै–कसैलाई मधुमासमा बज्ने प्रेमगीत जत्तिकै प्यारो छ । यहाँ, सुँगु...

फेसबुकको सदुपयोग गरौं

Tweet                   मार्क जुकरबर्गद्वारा सञ्चालित सामाजिक सञ्जाल फेसबुक अब मानिसहरुकालागि अनिवार्य जस्तै हुन थालेको छ । किशोर किशोरीदेखि लिएर वयस्क–वृद्धवस्था सम्मका मानिसहरुले फेसबुक चलाउँछन् । टाढा रहेका परिवार, साथी–भाई तथा आफन्तसँग नजिक रहन सक्ने एउटा राम्रो माध्यम फेसबुक बनेको छ । कम्प्यूटर, ल्यापटप वा मोबाइल पक्रेर कोठाको एउटा कुनामा बसेर विश्वको कुनै कुनामा फेसबुक चलाइराखेका मित्रहरुसँग एकैपटक भलाकुसारी गर्न पाउनु आफैंमा अत्यन्तै रोचक छ । प्रविधिको यस्तो विकासले गर्दा मानवजीवनकालागि सञ्चार सहज भएको छ, यस्तो ज्ञान दिनुहुने परमेश्वरलाई सदैव महिमा होस् ।                 फेसबुककै माध्यमबाट हामी आफ्ना साथीहरुको वा कुनै व्यक्तिको बारेमा अझ बढी जानकारी हासिल गर्न सक्छौँ, उनीहरुले अपलोड गरेका तस्बीरहरुबाट, भिडियोहरुबाट, स्ट्याटस्बाट अनि नोटहरुबाट । एउटा अर्थमा यसो पनि भन्न सक्छौं कि फेसबुकले गर्दा अब कोही पनि साधारण मानिस र...

आखिरी युद्ध

Tweet दुश्मनले धावा बोल्यो युद्धको । अनि दुश्मनहरुले आफ्नो तरवार उध्याउन थाले, भाला चम्काउन लागे । आधुनिक देखि आणविक सम्मको हातहतियार भिरे । उनीहरुले हाम्रो नाम समेत सुन्न चाहँदैन थिए । हामीलाई मेटाउन चाहन्थे सदाको लागि । किनकी, उनीहरुलाई महिषासुर र रावणको हाँसो प्यारो थियो । उनीहरु हिटलरका साझेदार थिए । ठूलै रकम खर्चेर गोल्यतलाई आफ्नो पक्षमा पारे । उनीहरु अन्धकारमै रहन उचित ठाने । ज्योतिमा आउँदा– उनीहरुको नग्नता भंग हुने डर थियो । निर्दोषहरुको रक्तपात गरेको पोल खुल्न सक्थ्यो । उनीहरुलाई– हत्यारा, बलात्कारी, शोषकी भनेर टाढैबाट सबैले औँल्याउन सक्थे । यसैले– उनीहरुले हामीलाई घृणा गरे, र हामीलाई निभाउन चाहे । ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकी उनीहरुका काम दुष्ट थिए । यता हामी भने– प्रार्थनामा लागिरह्यौँ । आफ्नो कम्मर सत्यले कस्यौँ । धार्मिकताको छातीपाता भि¥यौँ । सु–समाचारको जुत्ता लायौँ । विश्वासको ढाल उठायौँ । मुक्तिको टोप लगायौँ । पवित्र आत्माको तरवार भि¥यौँ । रणभूमीमा हामीलाई रित्तै देखेर दुश्मनहरुको ...

येशूको-सवाल-जवाफ

Tweet         बाइबलले प्रष्ट बताउंछ कि येशू किशोर अवस्थादेखि नैै वाकपटुतामा प्रखर ठहरिनुभएको थियो (लूका २:४६) । वर्तमान समयमा विश्वासीहरु माझ टड्कारो देखिएको आवस्यकता यो पनि हो कि हरेक प्रश्नको सवाल जवाफ उचित तरिकाले दिन सक्नु । जसका लागि सयौं ठाउंमा आयोजना गरिने विभिन्न लिडरशीपको तालिम तथा क्याम्पहरुमा सहभागी भएर मात्र पर्याप्त हुंदैन, सही खुराक त येशूबाटै लिनुपर्छ ।         चालिस दिने उजाडस्थानको उपवासको भोकले विक्षिप्त बनेका येशूलाई सजिलै आफ्नो आज्ञामा झुकाउन सकिने ठहर शैतानले गर्यो । अझ परमेश्वरको वचनलाई नै प्रयोग गरेर येशूलाई परीक्षामा पार्ने रणनीति उसले लियो । शैतानले प्रस्तुत गरेको तीनवटा प्रश्नहरु मामूली चुनौतीपूर्ण थिएनन् । पहिलो, शैतानले येशूलाई भन्यो – ’यदि तपाई परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरुलाई रोटी बन्ने आज्ञा दिनुहोस् ।’ अब यो आज्ञा नमानेमा वा गर्न नसकेमा येशू परमेश्वरको पुत्र नहुन सक्ने खतरा स्पष्ट थियो ।...

एकदिनको दैनिकी: ‘हाम्रो यहाँ रहिरहने शहर छैन’

Tweet असार ३, २०७१ । एकाविहानै बाटोमा एउटा महिला रिक्सामा आफ्नो नानीसँग रुँदै मेडिकलतिर दौडिइन् । बच्चालाई के भएको हो थाहा भएन । तरै पनि बच्चा बेहोस थियो । आमा भने–‘छोरा तँलाई के भयो ? तँलाई केही नहोस् है !’ भन्दै रुँदै, बर्बराउँदै थिइन् । केही प रसम्मबाट पनि त्यो करुण क्रन्दन सुन्न सकेँ । अर्को घुम्तीमा मोडिएर ओझेल नभएसम्म मैले त्यो रिक्सा हेरिँरहेँ । एकप्रकारले भनौँ ती आमाको वेदनामिश्रित स्वरले मेरो हृदय तोडियो । अफिसमा पुगेर इमेल चेक गर्दा इनबक्समा दुःखद खबर आइसकेछ । खोलेर हेर्नैपर्यो, हेरेँ । सँस्थाकै एकजना चिरपरिचित स्टाफले झण्डै मेरो आफ्नै उमेरको कल्कलाउँदो छोरालाई दुर्घटनामा गुमाउनुभएछ । यो सोच्न पनि नसिकने एउटा भयावह अवस्था थियो । उहाँहरुको शोकित परिवारको सान्त्वनाको लागि प्रार्थनाको आह्वान भएको रहेछ । दिउँसोको समय ढल्किनै लाग्दा म आफ्नो सुपरभाइजर सरसँग सुनसरीको झुम्कातिर हान्निएँ । सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासी–हुकुमबासी सबैको उठिबास लाउँदै रै’छ सरकारले । रमितेहरुको ठूलो भीड थियो, हामी प...