Skip to main content

Posts

छानबिन गरौँ

Tweet बाइबलमा झट्ट हेर्दा त्रुटी जस्तै देखिने दुई सवालहरु यहाँ प्रस्तुत गर्दैछु; तपाईंहरुबाट सकरात्मक प्रतिकृयाको अपेक्षा छ । पहिलोः यहुदा इस्करियोतले येशू प्रभूलाई धोका दिएपछि आफैँलाई दोषी महशुस गरे । फलस्वरुप उसले लिएको चाँदीको तीस टुक्रा मन्दिरमा फ्याँकेर गयो र झुण्डिएर आत्महत्या ग¥यो । अनि मुख्य पूजाहारीहरुले उक्त रकम ढुकुटीमा राख्न अनुचित ठाने र आपसमा सल्लाह गरेर परेदशीहरुलाई दफन गर्न एक कुमालेको जमिन किने । यो घटना मत्ती २७ः३–८ मा उल्लेख छ । यही घटनाको भविष्यवाणी लगभग इसापूर्व ५०० तिर जकरिया अगमवक्ताले गरेका थिए (–जकरिया ११ः१२, १३) । तर मत्ती २७ः९ पदमा यो भविष्यवाणी यर्मियाले गरेका थिए भनेर लेखिएको छ; उनी इसापूर्व ६२६ तिरका एक अगमवक्ता थिए । यो एउटा शाब्दिक त्रुटि हुनसक्छ । मलाई जहाँसम्म लाग्छ; यर्मियाले यहुदा इस्करियोतको बारेमा केहि पनि बोलेका छैनन् । यद्यपि रिफरेन्समा जकरिया ११ः१२, १३ नै देखाइएको छ ।

लौ आयो क्रिसमस !

Tweet विगतका वर्षहरुमा झैं फेरि क्रिसमस फर्केर आएको छ । क्रिसमसको वहारले पृथ्वीको पल्लो कुना देखि अर्को कुनासम्म विश्वासीहरु लगायत अन्य मानिसहरुमा नयां उमङ्ग र उत्साह फैलिएको छ, जोहरु क्रिसमस संग परिचित छन् । तर,केही वर्षदेखि यता क्रिसमस सम्बन्धी नकरात्मक धारणाहरु र भ्रमहरुले पनि मानिसहरुलाई उत्तिकै भ्रमित पार्दै र बहकाउंदै लगेको छ । कतिपय ठाउंहरुमा क्रिसमसको नाममा अनावश्यक मोजमज्जा, अनैतिकता र उच्छृङखलताका खवरहररुले पनि उत्तिकै प्रश्रय पाइरहेका छन् । तीन वर्ष अघि एकजना मेरो नवपरिचित साथीले क्रिसमस मनाउन नहुने विचारहरु ममा व्यक्त गरेपछि क्रिसमस सम्बन्धी मेरो धारणामा ठूलो क्रान्ति आयो । तर जब क्रिसमस कार्यक्रमहरुमा सहभागी भएर म आफैंलाई प्रभुको महिमा गरिरहेको पाउंछु, क्रिसमस मनाएकोमा प्रभुले मलाई कहिल्यै दोषी नठह¥याउनुहुने कुरामा म ढुक्क हुन्छु । नत्रता म प्रभुका जनहरुसंग परमेश्वरको आराधना गर्दा गर्दै पनि म नर्कमा जानेछु ।

क्रिसमससँग जोडिएको हाम्रो कर्तव्य

Tweet हाम्रा गाउँ सहरहरु क्रिसमसको रौनकताले तातिएका छन् । घर–घरमा बत्तीहरु साँझमा चम्किरहेकाछन् । बाँस गाडेर टुप्पोमा झुण्ड्याइएको स्टारले येशू कतै यही नै पो जन्मिनुभएको हो कि भनेर झस्काइदिनसक्छ । क्रिसमस–ट्री सजाउने बेला पनि यतिखेर नै हो । साथीहरुलाई गिफ्ट र क्रिसमस कार्ड किन्दा–किन्दै हाम्रो खल्ती चिसो हुनसक्छ । चर्चहरुमा विशेषगरि युवाहरु बढी व्यस्त छन् । उनीहरुलाई चर्च झकिझकाऊ बनाउन र विभिन्न प्रतिभाहरुको प्रस्तुतीको तयारी गर्न ठूलो जिम्मेवारी छ । अगुवाहरुलाई पनि विभिन्न सुसमाचारीय कार्यक्रमको आयोजना गर्न अनि प्रचार गर्न भ्याईनभ्याई छ । क्रिसमसको अवसरमा आयोजना गरिने कार्यक्रहरु अनि ¥यालीहरुको नेतृत्व गर्नु सोचेजस्तो सजिलो पटक्कै छैन ।

क्यारोलका ती दिनहरु.....

Tweet क्रिसमस र मेरो ख्रीष्टियान जीवनबीच एक गहिरो अन्तर्सम्बन्ध छ । कुरा आज भन्दा एककम दश वर्ष अघिको हो । हाम्रो परिवार भर्खरै विश्वासी परिवार भएको थियो । म एकप्रकारले संगीतको साह्रै सौखिन थिएँ सानैदेखि । अरुले गिटार बजाउँदा र गिटार देख्दा मात्रै पनि मन हुरुक्क भएर आउँथ्यो । प्रभूलाई ग्रहण गरि जब म चर्च जान थालेको थिएँ, त्यति बेला क्रिसमस नजिकिँदै थियो । अगुवाहरु क्यारोल खेल्ने तालिका र कुन दिन, कुन ठाऊँमा खेल्ने जस्ता सूचनाहरु बाँड्न थाल्नुभएको थियो ।

प्रभुसँग–सँगै

Tweet हे प्रभु म के सोच्छु ? तपाईं के सोच्नुहुन्छ ? प्रभु म के गर्छु ? तपाईं के गर्नुहुन्छ ? म केही सोच्छु, म केही गर्छु । तपाईं धेरै सोच्नुहुन्छ, तपाईं धेरै गर्नुहुन्छ । म धेरै सोच्छु, म धेरै गर्न खोज्छु । तपाई केही सोच्नुहुन्छ, अनि थोरै गर्नुहुन्छ । यसैले, मता तपाईंमै भर पर्छु; अन्तिम साससम्मै । Leave Your Comments Here!

वाम्बूले भाषाको भेऊ– भागः १ (चिकाब आख््रवाम्सिचो योर)

Tweet १. म्वाल कुर्चामः क्वाटखेप ‘रिबे कान्छी’न्वा मुई चौताराल भ्mयाम्मै रवाम्सिम्; उङ्गुई चेल पाऊम्ः ‘ड्वाम्वा ड्वाम्वा रिबे, आचुङ्ग म्वाल कुर्नुम्याङ् ?’ रिबे ख्रिःख्रि ¥याण्डा ¥यासै ‘राम्पाठेपल्वाम् साइँलाङ्ग म्वाल कुरुम्याँसे’ वाँआप । ‘ए ! लु क्वाट्छिन् नाइँनुक वाखा ल्वास्ता है रिबे’ वाअुमाक आः ल्आम् ख्वाअुम् । आम् योरल्वा आमाई आरान्चे योर थिएन, आस्याङ्गभने ‘रिबे’ म्वाल भारीन्वा चौतारालो नाइसिमेङ् थियो । मकै फुच्चाम समय थियो । आः ट्वाम्–ट्वाम्ल्वा आमः चै निकै काजु ‘रिबे’ रै वायुँम् । तर, ६ महिना नउठाँ सप्पै द्याल बुम्माक कछरिक बाम्मे । खाचिल ‘रिबे’ निक्बिमाक् चेलपाब्बेः ‘लु द्याम् सोट, आचुङ्ग म्वाल कुर्नुम्याँङ उनुखो ?’ सिस्कोको ‘रिबे’ ख्राम्सै सोऊः ‘आचुइँ आँ आत्तिसे; ह्योयाम् राम्पाठेपल्वाम साइँलाङ् ।’ आम योरल्वा चैँ निकै आपत् थियो......... आस्याङ्गभने ‘रिबे’ आँ म्वाल निकै उटु पिमेङ्ग रै’छाना । ६ महिनाम गर्भ रै म्वालःलो ।

टुटेको हृदय लिएर....

Tweet टुटेको हृदय लिएर म क्रुसको फेदीमा आउँछु भीडभित्रको शुन्यतामा म साथ येशूको पाउँछु । जानेँ कि मैले तिमी नै रै’छौ साँचो गोठाला पोखेर जान्छ भरिएर अनि; खुशीको यो प्याला । अनुग्रहको झरी वर्षाइदेऊ प्रभु यो रुखो भूमिमा तपाईंलाई प्रेम गरुँ; सारा हृदयले यो मेरो जीवनमा । Leave Your Comments Here!